Advertisement

पुर्चौडीको मल्लादेही सडक वर्षौंदेखि अलपत्र, ‘भ्रष्टाचार होइन विकासमा ध्यान देऊ’ स्थानीयवासीको माग

Advertisement

बैतडी- बैतडीको पुर्चौडी नगरपालिका-८ मल्लादेहीका स्थानीयवासीले वर्षौंदेखि अलपत्र अवस्थामा रहेको सडक तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन्। ढोल्यामोड-कोटिला-मल्लादेही हुँदै हाटसम्म जोड्ने सडक निर्माणको काम सम्पन्न भए पनि नियमित यातायात सञ्चालन हुन नसकेको भन्दै स्थानीयले नगरपालिकासहित सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।
वि.सं. २०७३ सालमा स्थानीयवासीको श्रम, लगानी र सक्रिय सहभागितामा ढोल्यामोड-कोटिला-मल्लादेही हुँदै हाटसम्म सडक निर्माणको अभियान सुरु गरिएको थियो। सडकको प्रारम्भिक कटिङको कामसमेत स्थानीयवासीको सहभागितामै सम्पन्न भएको थियो। सडक मल्लादेही हुँदै लैजाने वा छोटो मार्गबाट लैजाने विषयमा विवाद भए पनि गाउँको दीर्घकालीन हित, सहज यातायात र विकासलाई प्राथमिकतामा राख्दै स्थानीयले मल्लादेही हुँदै सडक निर्माण अघि बढाएका थिए।
सडक निर्माण अभियानमा मल्लादेहीका स्वर्गीय राजेन्द्र लुहारको महत्वपूर्ण योगदान रहेको स्थानीयवासी बताउँछन्। शिक्षक तथा समाजसेवी लुहारले स्थानीयलाई एकताबद्ध गर्दै सडक निर्माणका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेको उनीहरूको भनाइ छ। उनको योगदानलाई स्थानीयले अहिले पनि सम्मानका साथ स्मरण गर्दै आएका छन्।
तर सडकको कटिङ सम्पन्न भए पनि विभिन्न कारणले लामो समयसम्म सवारी साधन सञ्चालन हुन सकेन। प्रभावकारी व्यवस्थापन, नियमित मर्मत तथा सम्बन्धित निकायको पर्याप्त ध्यान नपुग्दा करिब पाँच वर्षसम्म स्थानीयवासीले सहज यातायातको सुविधा पाउन नसकेको गुनासो गरेका छन्।
वि.सं. २०७८ मंसिर १ गते सुदूरपश्चिम यातायातको बस ढोल्यामोड–हाट सडकअन्तर्गत मल्लादेही रुट हुँदै सञ्चालनमा आएपछि स्थानीयवासीमा सडक नियमित सञ्चालन हुने आशा जागेको थियो। तर उक्त बस सेवा दुई दिनमै बन्द भएपछि पुनः यातायात सेवा ठप्प भएको स्थानीयवासीको भनाइ छ।
सडक सञ्चालन नहुँदा स्थानीयलाई शिक्षा, स्वास्थ्य, कृषि, व्यापार तथा दैनिक आवतजावतमा समस्या हुँदै आएको छ। सडकको अवस्था सुधार गरी नियमित यातायात सञ्चालन गर्न पटक–पटक नगरपालिका तथा सम्बन्धित निकायसँग माग गरे पनि अपेक्षित सुनुवाइ नभएको स्थानीयको गुनासो छ।
स्थानीयवासीले मल्लादेही सडकलाई तत्काल सञ्चालनमा ल्याउनुपर्ने, सडकको स्तरोन्नति तथा नियमित मर्मत गर्नुपर्ने र आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने माग गरेका छन्।
त्यस्तै, पुर्चौडी क्षेत्रका सडकमा विनियोजन हुने विकास बजेट पारदर्शी रूपमा जनताको आवश्यकता र प्राथमिकताका आधारमा खर्च गर्नुपर्ने उनीहरूको माग छ। पुर्चौडीका सबै सडकलाई दीर्घकालीन रूपमा सञ्चालनयोग्य बनाउने गरी योजना बनाउनुपर्ने स्थानीयको भनाइ छ।
‘हामीलाई आश्वासन होइन, सञ्चालनमा रहेको सडक चाहिएको छ। भाषण होइन, विकास चाहिएको छ,’ स्थानीयवासीले भनेका छन्।
स्थानीयले आफ्नो माग कुनै व्यक्ति वा राजनीतिक दलविरुद्ध नभई गाउँको विकास, जनताको अधिकार र समृद्धिका लागि गरिएको न्यायोचित तथा शान्तिपूर्ण अपिल भएको बताएका छन्।
उनीहरूले पुर्चौडी नगरपालिकाको नेतृत्वलाई जनताको आधारभूत आवश्यकता र विकास निर्माणमा केन्द्रित हुन आग्रह गरेका छन्। ‘पुर्चौडी सरकारको ध्यान भ्रष्टाचारतर्फ होइन, विकासतर्फ जाओस्,’ स्थानीयवासीको माग छ।
सडक सञ्चालनमा आएमा मल्लादेहीसहित पुर्चौडीका विभिन्न क्षेत्रका नागरिकलाई आवतजावतमा सहजता हुनुका साथै कृषि उत्पादनको बजारीकरण, शिक्षा, स्वास्थ्य र स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने स्थानीयको अपेक्षा छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज