Advertisement

पुर्चौडीको मल्लादेही सडक वर्षौंदेखि अलपत्र, ‘भ्रष्टाचार होइन विकासमा ध्यान देऊ’ स्थानीयवासीको माग

Advertisement

बैतडी- बैतडीको पुर्चौडी नगरपालिका-८ मल्लादेहीका स्थानीयवासीले वर्षौंदेखि अलपत्र अवस्थामा रहेको सडक तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन्। ढोल्यामोड-कोटिला-मल्लादेही हुँदै हाटसम्म जोड्ने सडक निर्माणको काम सम्पन्न भए पनि नियमित यातायात सञ्चालन हुन नसकेको भन्दै स्थानीयले नगरपालिकासहित सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।
वि.सं. २०७३ सालमा स्थानीयवासीको श्रम, लगानी र सक्रिय सहभागितामा ढोल्यामोड-कोटिला-मल्लादेही हुँदै हाटसम्म सडक निर्माणको अभियान सुरु गरिएको थियो। सडकको प्रारम्भिक कटिङको कामसमेत स्थानीयवासीको सहभागितामै सम्पन्न भएको थियो। सडक मल्लादेही हुँदै लैजाने वा छोटो मार्गबाट लैजाने विषयमा विवाद भए पनि गाउँको दीर्घकालीन हित, सहज यातायात र विकासलाई प्राथमिकतामा राख्दै स्थानीयले मल्लादेही हुँदै सडक निर्माण अघि बढाएका थिए।
सडक निर्माण अभियानमा मल्लादेहीका स्वर्गीय राजेन्द्र लुहारको महत्वपूर्ण योगदान रहेको स्थानीयवासी बताउँछन्। शिक्षक तथा समाजसेवी लुहारले स्थानीयलाई एकताबद्ध गर्दै सडक निर्माणका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेको उनीहरूको भनाइ छ। उनको योगदानलाई स्थानीयले अहिले पनि सम्मानका साथ स्मरण गर्दै आएका छन्।
तर सडकको कटिङ सम्पन्न भए पनि विभिन्न कारणले लामो समयसम्म सवारी साधन सञ्चालन हुन सकेन। प्रभावकारी व्यवस्थापन, नियमित मर्मत तथा सम्बन्धित निकायको पर्याप्त ध्यान नपुग्दा करिब पाँच वर्षसम्म स्थानीयवासीले सहज यातायातको सुविधा पाउन नसकेको गुनासो गरेका छन्।
वि.सं. २०७८ मंसिर १ गते सुदूरपश्चिम यातायातको बस ढोल्यामोड–हाट सडकअन्तर्गत मल्लादेही रुट हुँदै सञ्चालनमा आएपछि स्थानीयवासीमा सडक नियमित सञ्चालन हुने आशा जागेको थियो। तर उक्त बस सेवा दुई दिनमै बन्द भएपछि पुनः यातायात सेवा ठप्प भएको स्थानीयवासीको भनाइ छ।
सडक सञ्चालन नहुँदा स्थानीयलाई शिक्षा, स्वास्थ्य, कृषि, व्यापार तथा दैनिक आवतजावतमा समस्या हुँदै आएको छ। सडकको अवस्था सुधार गरी नियमित यातायात सञ्चालन गर्न पटक–पटक नगरपालिका तथा सम्बन्धित निकायसँग माग गरे पनि अपेक्षित सुनुवाइ नभएको स्थानीयको गुनासो छ।
स्थानीयवासीले मल्लादेही सडकलाई तत्काल सञ्चालनमा ल्याउनुपर्ने, सडकको स्तरोन्नति तथा नियमित मर्मत गर्नुपर्ने र आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने माग गरेका छन्।
त्यस्तै, पुर्चौडी क्षेत्रका सडकमा विनियोजन हुने विकास बजेट पारदर्शी रूपमा जनताको आवश्यकता र प्राथमिकताका आधारमा खर्च गर्नुपर्ने उनीहरूको माग छ। पुर्चौडीका सबै सडकलाई दीर्घकालीन रूपमा सञ्चालनयोग्य बनाउने गरी योजना बनाउनुपर्ने स्थानीयको भनाइ छ।
‘हामीलाई आश्वासन होइन, सञ्चालनमा रहेको सडक चाहिएको छ। भाषण होइन, विकास चाहिएको छ,’ स्थानीयवासीले भनेका छन्।
स्थानीयले आफ्नो माग कुनै व्यक्ति वा राजनीतिक दलविरुद्ध नभई गाउँको विकास, जनताको अधिकार र समृद्धिका लागि गरिएको न्यायोचित तथा शान्तिपूर्ण अपिल भएको बताएका छन्।
उनीहरूले पुर्चौडी नगरपालिकाको नेतृत्वलाई जनताको आधारभूत आवश्यकता र विकास निर्माणमा केन्द्रित हुन आग्रह गरेका छन्। ‘पुर्चौडी सरकारको ध्यान भ्रष्टाचारतर्फ होइन, विकासतर्फ जाओस्,’ स्थानीयवासीको माग छ।
सडक सञ्चालनमा आएमा मल्लादेहीसहित पुर्चौडीका विभिन्न क्षेत्रका नागरिकलाई आवतजावतमा सहजता हुनुका साथै कृषि उत्पादनको बजारीकरण, शिक्षा, स्वास्थ्य र स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने स्थानीयको अपेक्षा छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज