Advertisement

कैलाली

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार
धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय गरेका छन्। भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा तथा बूढीगण्डकी नदीमा आएको बाढीले गोरखा र आसपासका क्षेत्रमा पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले दसैँ नमनाउने निर्णय गरेको बताएका छन्। बाढीका कारण धेरै परिवार घरबारविहीन हुनुका साथै कतिपयले आफ्ना आफन्त र प्रियजन गुमाउनुपरेको उल्लेख गर्दै साउदले देशका नागरिक विपत्तिमा परेका बेला आफूले उत्सव मनाउन उचित नठानेको बताएका छन्। ‘जब देशको एउटा ठूलो हिस्सा पीडामा छ र हजारौँ परिवार आँसुमा डुबिरहेका छन्, तब मेरो मनले कसरी खुसी मनाउन सक्छ?’ उनले आफ्नो भनाइमा उल्लेख गरेका छन्। दसैँ खुसी र उमङ्गको पर्व भए पनि विपत्तिमा परेका नागरिकको दुःखलाई आत्मसात् गर्दै व्यक्तिगत रूपमा यस वर्ष दसैँ नमनाउने न...
२५ वर्षकी गुमाको शंकास्पद मृत्यु : श्रीमान सहित अन्य प्रहरी नियन्त्रणमा

२५ वर्षकी गुमाको शंकास्पद मृत्यु : श्रीमान सहित अन्य प्रहरी नियन्त्रणमा

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी : धनगढी उपमहानगरपालिका–१९ की २५ वर्षीया गुमादेवी जोशीको शंकास्पद मृत्यु भएको भन्दै माइती पक्षले निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। माइती पक्षले गुमादेवीलाई कुटपिट गरी हत्या गरिएको आशंका गरेको छ। मृतकका दाजु टीकाराम जोशीका अनुसार असोज ८ गते राति उनका श्रीमान् तेजराज जोशी, सासुसहित घरका सदस्यले गुमादेवीलाई निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। टीकारामका अनुसार गुमादेवी र उनका श्रीमान्बीच लामो समयदेखि विवाद हुँदै आएको थियो। असोज ८ गते दिउँसो माइती जान्छु भनेपछि उनलाई रोकिएको र राति कुटपिट गरेर गम्भीर घाइते बनाएपछि उपचारका लागि कैलाली अस्पताल लगिएको उनले बताए। ‘श्रीमान्–श्रीमतीबीच लामो समयदेखि झगडा भइरहेको हामीले जानकारी पाएका थियौं,’ टीकारामले भने, ‘असोज ८ गते दिउँसो माइत जान्छु भन्दा बहिनीलाई रोकेछन्। राति कुटपिट गरेर गम्भीर घाइते बनाएपछि उपचारका लागि अस...
रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार
रमित ओली, कैलारी - कैलाली कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक दल परित्याग गरी ७६ जना कार्यकर्ता नागरिक उन्मुक्ति पार्टी नेपालमा प्रवेश गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका कैलाली जिल्ला संगठन विभाग उपप्रमुख श्रवण चौधरीलगायत विभिन्न दलमा आबद्ध नेता तथा कार्यकर्ता उन्मुक्तिमा प्रवेश गरेका हुन् । नागरिक उन्मुक्ति पार्टी नेपाल, कैलारी गाउँपालिकाका कार्यवाहक अध्यक्ष भीष्मराज चौधरीको सभापतित्वमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीहरू पार्टीमा आबद्ध भएका जनाइएको छ । कार्यक्रममा पार्टीका संरक्षक रेशमलाल चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यस्तै, पार्टी अध्यक्ष कबिर सोप र पूर्वसांसद कृष्ण चौधरी विशिष्ट अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमको सञ्चालन चन्द्र चौधरीले गरेका थिए। पार्टी प्रवेश कार्यक्रममा नागरिक उन्मुक्...
एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
रमित ओली, कैलारी - रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका कैलारी गाउँपालिकाका दुई जनाका परिवारलाई कैलारी गाउँपालिका–५ पवेरामा रहेको बोन्ड स्कुल बोर्डिङ स्कुलले आर्थिक सहयोग गरेको छ। विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थीले एक दिनको खाजा खर्च कटाएर संकलन गरेको रकमबाट दुवै परिवारलाई जनही १७ हजार ५ सय रुपैयाँका दरले आर्थिक सहयोग गरिएको हो। कैलारी गाउँपालिका–३ बड्का मुडाका विश्वराज चौधरी र वडा नं. ६ सुर्मीका रोयल चौधरी रसुवामा आएको बाढीपहिरोपछि सम्पर्कविहीन भएका थिए। उनीहरूका परिवारलाई राहतस्वरूप उक्त रकम हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ। विद्यालयका संस्थापक तथा प्रधानाध्यापक तिलक बोहराले रोयल चौधरीका बुवा–आमालाई उनीहरूकै घरमा पुगेर १७ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेका छन्। त्यसैगरी, बाढीपहिरोमा बेपत्ता भएका विश्वराज चौधरीकी श्रीमतीलाई पनि नगद १७ हजार ५ सय रुपैयाँ सहय...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष) पदमा उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि कांग्रेसको संगठन निर्माणमा सक्रिय बम पार्टीभित्र अनुभवी नेता तथा समाजसेवीका रूपमा परिचित छन्। उनले नेपाल विद्यार्थी संघ कैलाली जिल्ला सदस्यबाट राजनीतिक यात्रा सुरु गरेका थिए। त्यसपछि नेपाल तरुण दल जिल्ला सदस्य, नेपाली कांग्रेस क्षेत्रीय सदस्य, जिल्ला पार्टी सदस्य हुँदै महाधिवेशन प्रतिनिधिसम्मको जिम्मेवारी सम्हालिसकेका छन्। राजनीतिसँगै सामाजिक तथा सहकारी अभियानमा समेत सक्रिय बमले राष्ट्रिय सहकारी महासंघमा तीन कार्यकाल नेतृत्व गर्दै सहकारी क्षेत्रको विकासमा योगदान पुर्‍याएका छन्। हाल नेपाली कांग्रेसबाट निर्वाचित गौरीगंगा नगरपालिकाका उपप्रमुख रहेका बम विभिन्न सामाजिक गतिविधिमा समेत सक्रिय छन्। उम्मेदवारी घोषणा गर्दै...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

Breaking News 1, कैलाली, मुख्य समाचार
धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४० वर्षीया श्रीमती पार्वती साउद रहेकी छन्। प्रहरीका अनुसार पार्वती घाँस काट्नका लागि स्थानीय बारबन सामुदायिक वनमा गएकी थिइन्। साँझसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा उनी रुखबाट लडेर मृत अवस्थामा फेला परेकी थिइन्। उनी मृत अवस्थामा फेला परेको जानकारी गौरीगंगा नगरपालिका–६ का वडाध्यक्षले इलाका प्रहरी कार्यालय चौमालालाई गराएका थिए। घटनास्थल इलाका प्रहरी कार्यालय चौमालाबाट करिब ८ किलोमिटर पश्चिममा पर्छ। घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय चौमाला र इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेकी छन्। लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रिजाल केसीले पार्टी संगठनलाई थप मजबुत बनाउने, महिलाको सहभागिता र नेतृत्वदायी भूमिका बढाउने तथा कार्यकर्ताका आवाजलाई पार्टीको नीति निर्माण तहसम्म पुर्‍याउने उद्देश्यले उम्मेदवारी दिएको बताएकी छन्। उनले पार्टीको संगठन सुदृढीकरणसँगै महिला तथा युवा सहभागितालाई प्राथमिकता दिँदै पार्टीलाई थप सक्रिय र जनमुखी बनाउन आफ्नो भूमिका केन्द्रित गर्ने बताएकी छन्। महाधिवेशन प्रतिनिधि पदका लागि उम्मेदवारी घोषणा गर्दै रिजाल केसीले पार्टीभित्रको लोकतान्त्रिक अभ्यास, संगठनप्रतिको प्रतिबद्धता र कार्यकर्तासँगको निरन्तर सहकार्यलाई आफ्नो प्राथमिकतामा राख्ने उल्लेख गरेकी छन्।...
जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीकाे गौरीगंगा नगरपालिका-६ का समाजसेवी युवा नेता बहादुर खड्काले आफ्नो जन्मोत्सवको अवसरमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्। जन्मोत्सवमा फजुल खर्च गर्नुभन्दा समाजसेवा तथा मानव धर्मलाई प्राथमिकता दिँदै खड्काले वडाका तीन वटा विद्यालयमा अध्ययनरत ४२ जना विद्यार्थीलाई कापी र कलमलगायत शैक्षिक सामग्री प्रदान गरेका हुन्। खड्काले गौरीगंगा नगरपालिका–६ स्थित अमर माध्यमिक विद्यालय बनबेहडा, भैरव आधारभूत विद्यालय मोया र आनन्द आधारभूत विद्यालय दैदुवारीमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको जानकारी दिए। जन्मोत्सवलाई सामाजिक सेवासँग जोड्दै विद्यार्थीको अध्ययनमा सहयोग पु¥याउने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको खड्काले बताए।...
भौतिक पूर्वाधार राज्यमन्त्री कुँवरद्वारा नमस्ते अत्तरिया यातायात प्रालिको उद्घाटन

भौतिक पूर्वाधार राज्यमन्त्री कुँवरद्वारा नमस्ते अत्तरिया यातायात प्रालिको उद्घाटन

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री माननीय जानकी कुवँरले नमस्ते अत्तरिया यातायात प्रालिको उद्घाटन गर्नुभएको छ। आज एक कार्यक्रमका बीच मन्त्री कुँवरले नमस्ते अत्तरिया यातायात प्रालिको उद्घाटन गर्नुभएको हो । यातायात क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यसहित सञ्चालनमा आएको नमस्ते अत्तरिया यातायात प्रालिले आम नागरिकलाई सहज, सुरक्षित, सुविधाजनक तथा भरपर्दो यातायात सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरिएको छ। उद्घाटन कार्यक्रममा राज्यमन्त्री कुँवरसहित यातायात व्यवसायी, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो। नयाँ यातायात कम्पनीको सञ्चालनसँगै यात्रुहरूले थप गुणस्तरीय सेवा पाउने तथा सुदूरपश्चिमको यातायात क्षेत्रलाई व्यवस्थित र सेवामुखी बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।...
कैलालीको जोशिपुरमा १५ घण्टादेखि विद्युत सेवा अवरुद्ध, स्थानीय रातभर अन्धकारमा बस्न बाध्य

कैलालीको जोशिपुरमा १५ घण्टादेखि विद्युत सेवा अवरुद्ध, स्थानीय रातभर अन्धकारमा बस्न बाध्य

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
पदम बोहरा, ​जोशीपुर- नेपाल विद्युत प्राधिकरणको जोशीपुर विद्युत प्राविधिक नो लाइट' सेवाको गम्भीर लापरबाहीका कारण कैलालीको जोशीपुर गाउँपालिकाका विभिन्न वडा तथा गाउँहरू रातभर अन्धकारमय बनेका छन्। हिजो अपराह्न ४ बजेदेखि अवरुद्ध भएको विद्युत सेवा आज बिहान समाचार तयार पार्दासम्म (बिहान ८:१५ बजे) पनि सञ्चालनमा आउन सकेको छैन। ​प्राविधिक समस्याका कारण एउटा फेसमा बत्ती आउने र अर्को फेसमा पूर्ण रूपमा बत्ती नहुँदा धैरेनी, मैनपोखरी, मनकापुर, लगायतका गाउँका सर्वसाधारणले रातभर सास्ती खेप्नु परेको छ। ​कर्मचारीको आलटाल र गैरजिम्मेवारपन ​विद्युत सेवा अवरुद्ध भएपछि समस्या समाधानका लागि स्थानीयवासीले 'लाइट नो लाइट' शाखामा पटक-पटक सम्पर्क गर्दा कर्मचारीहरूले गैरजिम्मेवारपूर्ण जवाफ दिएर पन्छिने गरेको पाइएको छ। ​जोशीपुर ७ धेरेनीकी स्थानीय पार्वती बोहरा का अनुसार हिजो साँझ करिब ४ बजे नै विद्युत प्रावि...
गौरीगंगामा इजरायली प्रविधिमा आधारित एकीकृत कृषि फार्म सञ्चालनमा

गौरीगंगामा इजरायली प्रविधिमा आधारित एकीकृत कृषि फार्म सञ्चालनमा

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको गौरीगंगा नगरपालिकामा श्लोमो नेजर फिसरी, लाइभस्टक एन्ड इन्टिग्रेटेड एग्रिकल्चर फार्म सञ्चालनमा आएको छ। फार्मको औपचारिक उद्घाटन नेपालका लागि इजरायलका राजदूत शमुलिक एरी बासले गरेका छन्। एक विशेष समारोहबीच भएको उद्घाटन कार्यक्रममा गौरीगंगा नगरपालिकाका नगर प्रमुख देवीदत्त कँडेल, उपप्रमुख भोजबहादुर बम, वडा नं. १ का अध्यक्ष डबल दियाकोटी, चौमाला बहुमुखी क्याम्पसका अध्यक्ष दिनेशराज जोशी, युवा व्यवसायी चक्र रावल, जनक मल्ल, नरेन्द्र स्मृति प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रताप सिंह, उमेश जोशी लगायतको उपस्थिति थियो। फार्ममा माछापालन, बाख्रापालन, कुखुरापालनसँगै विभिन्न कृषि उत्पादनसम्बन्धी गतिविधि सञ्चालन गरिने सञ्चालक किरण मल्लले जानकारी दिए। कृषि, पशुपालन र मत्स्यपालनलाई एउटै प्रणालीमा जोडेर उपलब्ध स्रोतको अधिकतम उपयोग गर्ने अवधारणासहित फार्म स्थापना गरिएको मल्लले बताए। उनका अनु...
कैलालीको शान्नीकोट सामुदायिक वन उपभोक्ता समुहद्वारा उपभोक्तालाई ब्युटिपार्लर तालिम प्रदान

कैलालीको शान्नीकोट सामुदायिक वन उपभोक्ता समुहद्वारा उपभोक्तालाई ब्युटिपार्लर तालिम प्रदान

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली- कैलालीमा गौरीगंगा नगरपालिकामा सञ्चालन गरिएको ब्युटिपार्लर तालिम सम्पन्न भएको छ। गौरीगंगा नगरपालिकामा ६, कठौतियामा रहेको शान्निकोट सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको एकमहिने सो तालिम सम्पन्न भएको हो । समुहमा आवद्ध उपभोक्ताहरूलाई आयआर्जनसँग जोड्न साउन ६ गतेदेखि भदौ १० गतेसम्म ३० जनालाई ब्युटिपार्लर तालिम प्रदान गरिएको जनाइएको छ । तालिममा सहभागीहरूले ब्युटिपार्लर सम्बन्धी सीप तथा व्यावहारिक ज्ञान हासिल गरेका थिए। वन समुहले तालिममा सहभागीहरूलाई सीप सिकेको प्रमाणपत्रसमेत प्रदान गरेको छ। सीपमूलक तालिममार्फत स्थानीय महिलाहरू तथा युवाहरूलाई स्वरोजगार र आयआर्जनसँग जोड्न तालिमको आयोजना गरिएको आयोजक धारणा छ । यस्ता तालिमले स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्नुका साथै परम्परागत सीपलाई व्यवसायिक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको वनका अध्यक्ष बहादुर खड्काले बताए । वन उपभोक्त...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज