Advertisement

भविष्य बनाउने शिक्षककै भविष्य अन्योलमा

Advertisement

कैलाली : नेपाल सरकारका स्थायी शिक्षक भुपेन्द्र रावलले आफ्नो स्थायी शिक्षक सेवाको १२ वर्ष पूरा भएको अवसरमा खुसीसँगै पेशागत पीडा पनि व्यक्त गरेका छन् ।

२०७१ साल भदौ १ गते शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी नेपाल सरकारको स्थायी शिक्षकका रूपमा सेवा प्रवेश गरेका रावलले १२ वर्षको शिक्षण यात्रामा हजारौँ विद्यार्थीको भविष्य निर्माणमा योगदान गर्ने अवसर पाएको बताएका छन् ।

आफ्नो नियुक्तिको दिन नागपञ्चमी तथा सुदूरपश्चिमको मौलिक पर्व ‘ओल्के (गाबे त्यार)’ परेको स्मरण गर्दै उनले यही दिनबाट सुरु भएको आफ्नो शिक्षण यात्रा १२ वर्ष पूरा भएको उल्लेख गरेका छन् ।

१२ वर्षको सेवा अवधिमा विद्यार्थीको सफलता र असफलतासँग जोडिँदै विद्यालयका समस्यालाई आफ्नै समस्या ठानेर जिम्मेवारी निर्वाह गरेको रावलको भनाइ छ तर, लामो सेवा अवधिमा समेत एक तह पनि बढुवा हुन नसकेको विषयले आफूलाई गहिरो पीडा दिएको उनले बताएका छन् ।

‘शिक्षकलाई राष्ट्रको भविष्य निर्माता भनिन्छ । विद्यार्थीको भविष्य बनाउने जिम्मेवारी शिक्षकको काँधमा राखिन्छ तर त्यही शिक्षकको आफ्नै पेशागत भविष्य भने १२ वर्षसम्म अन्योलमै रहनु विडम्बनापूर्ण कुरा हो,’ रावलले लेखेका छन् ।

उनले आफ्नो गुनासो तलब वा पदको लोभ नभई शिक्षकको पेशागत सम्मान, आत्मसम्मान र भविष्यसँग जोडिएको विषय भएको बताएका छन् । राज्यले शिक्षकबाट गुणस्तरीय शिक्षा, उत्कृष्ट नतिजा, अतिरिक्त जिम्मेवारी र समर्पणको अपेक्षा गर्ने हो भने शिक्षकको वृत्ति विकास, पदोन्नति र पेशागत सम्मानलाई पनि प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

‘विद्यार्थीको भविष्य निर्माण गर्ने हातको आफ्नै भविष्य किन यति अनिश्चित?’ भन्दै रावलले राज्यको शिक्षकप्रतिको दृष्टिकोणमाथि प्रश्नसमेत उठाएका छन् ।

यद्यपि शिक्षकको पीडा सम्बोधन हुने, पेशागत विकासको बाटो खुल्ने र शिक्षकलाई सम्मानित पेशाका रूपमा स्थापित गर्ने दिन आउनेमा आफू आशावादी रहेको उनले बताएका छन् ।

१२ वर्ष पूरा भएको अवसरमा रावलले आफ्ना ब्याजी साथीहरू तथा सम्पूर्ण शिक्षक समुदायलाई शुभकामना दिँदै शिक्षकको पेशागत सम्मान, वृत्ति विकास र उज्ज्वल भविष्यको कामना गरेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
बझाङमा ट्याक्टर दुर्घटना, चालकसहित ६ जना घाइते

बझाङमा ट्याक्टर दुर्घटना, चालकसहित ६ जना घाइते

बझाङ- जयपृथ्वी नगरपालिका–११ सिमभाडीमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। भोपुरबाट चैनपुरतर्फ आउँदै गरेको सुदू...
महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव फेला

महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव फेला

कञ्चनपुरको महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको शव पाँच दिनपछि फेला परेको छ। असोज २४ गते चुँडिएको नेप...
सुदूरपश्चिममा बजेटप्रति असन्तुष्टि, एमालेका प्रदेशसभा सदस्य थापाद्वारा राजीनामा

सुदूरपश्चिममा बजेटप्रति असन्तुष्टि, एमालेका प्रदेशसभा सदस्य थापाद्वारा राजीनामा

धनगढी - सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै नेकपा (एमाले) का प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वीरबहादु...
भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन

भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन

काठमाण्डौ- गएको भदौ १० गते रसुवा–केरुङ क्षेत्रमा आएको विनाशकारी बाढीअघि लाङटाङ लिरुङ हिमालको उत्तरी भिरमा ४० सेन्टिमिटरसम्म भू–विस...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज