Advertisement

अछाम

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर गर्दै उनले व्यक्तिगत रूपमा दसैँको उत्सवमा सहभागी नहुने निर्णय गरेका हुन्। भोटेकोशी र बूढीगण्डकी नदीमा आएको बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको घटनाले आफूलाई दुःखी बनाएको बुढाले बताएका छन्। विपत्तिमा परेका परिवारले घरबार गुमाउनुका साथै आफन्तसमेत गुमाउनुपरेको अवस्थामा सामान्य रूपमा चाडपर्व मनाउन नसक्ने उनको भनाइ छ। दसैँलाई खुसी र पारिवारिक मिलनको पर्वका रूपमा लिइए पनि यस वर्ष पीडित परिवारको अवस्थाले आफूलाई उत्सवबाट टाढा रहने निर्णयमा पुर्‍याएको उनले उल्लेख गरेका छन्। बुढाले विपत्तिबाट प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै बेपत्ता भएकाहरूको खोजी तथा उद्धार, घाइतेहरूको उपचार र पीडित परिवारको पुनःस्थापनाका लागि कामना गरेका छन्। दुःखमा परेक...
अछामका दीपक साउँद एमाले केन्द्रीय सदस्य, लिए शपथ

अछामका दीपक साउँद एमाले केन्द्रीय सदस्य, लिए शपथ

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी- नेकपा (एमाले) अछामका नेता दीपक साउँदले पार्टीको केन्द्रीय कमिटी सदस्यको शपथ लिएका छन्। एमालेको विधानको धारा ६० को उपधारा (क) अनुसार केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी पाएका साउँदले शुक्रबार शपथग्रहण गरेका हुन्। साउँदले शपथका क्रममा मार्क्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा आत्मसात गर्दै पार्टी, राष्ट्र र क्रान्तिको हितमा निरन्तर सक्रिय र समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पार्टीको सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुसरण गर्दै पार्टी विधानलाई इमानदारीपूर्वक पालना गर्ने तथा पदमा रहे वा नरहे पनि पार्टीको गोपनीयता र एकता जोगाउँदै स्वच्छ एवं नैतिक आचरणयुक्त जीवन बिताउने प्रतिबद्धता पनि जनाएका छन्। साउँद तत्कालीन नेकपा (माओवादी)का प्रभावशाली नेताका रूपमा अछाममा लामो समय सक्रिय थिए। उनी २०७० सालको संविधानसभा निर्वाचनमा अछा...
जनताको स्वास्थ्यप्रति नेता साउँद चिन्तित, भालुको आक्रमणबाट घाइते अम्बीलाई भेट्न चिकित्सकको टोलीसहित कोहलपुर

जनताको स्वास्थ्यप्रति नेता साउँद चिन्तित, भालुको आक्रमणबाट घाइते अम्बीलाई भेट्न चिकित्सकको टोलीसहित कोहलपुर

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- भालुको आक्रमणबाट गम्भीर घाइते भएकी अछामको रामारोशन गाउँपालिका-६, भाटाकाटियाकी अम्बी साउँदको स्वास्थ्य अवस्था बुझ्न नेकपा (एमाले) का नेता दिपक साउँद कोहलपुर पुगेका छन्। भदौ १८ गते गाउँ नजिकै घाँस काट्ने क्रममा भालुको आक्रमणमा परी गम्भीर घाइते भएकी साउँदको उपचार हाल कोहलपुर मेडिकल कलेजमा भइरहेको छ। नेता साउँदले मेडिकल कलेजमै पुगेर उपचारमा संलग्न चिकित्सक तथा घाइते साउँदका परिवारजनसँग भेट गरी उनको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी लिएका छन्। उनले घाइते साउँदको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्। स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेता साउँदसँगै माया मेट्रो अस्पताल धनगढीका मेडिकल निर्देशक तथा वरिष्ठ बालरोग विशेषज्ञ डा. मोहन साउँद, अस्पतालका अध्यक्ष धिरेन्द्र साउँद र वरिष्ठ सर्जन डा. विनय तिमिल्सैना लगायतको टोली पनि कोहलपुर पुगेको थियो। भालुको आक्रमणबाट गम्भीर घाइते ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकबहादुर थापाले आफ्नो जन्मदिनको अवसरमा सार्वजनिक स्थलमा प्रतीक्षालय निर्माण गरेका छन् थापाले चौरपाटी गाउँपालिका-१ स्थित गाजरी गाउँघर क्लिनिक नजिकै आम नागरिकलाई सुविधाका लागि प्रतिक्षालय निर्माण गरी क्लिनिक समितिलाई हस्तान्तरण गरेका हुन्। क्लिनिकमा उपचार तथा स्वास्थ्य सेवा लिन आउने सेवाग्राही र सर्वसाधारणलाई बस्न तथा आराम गर्न सहजताका लागि प्रतिक्षालय निर्माण गरिएको जनाइएको छ। समाजसेवी थापा नेपाली कम्युनिस्ट पार्टीका नेतासमेत हुन्। जन्मदिनको अवसरमा व्यक्तिगत खर्चलाई सामाजिक सेवामा लगानी गर्दै सार्वजनिक उपयोगको संरचना निर्माण गरी हस्तान्तरण गरेको भन्दै स्थानीयले थापाको सामाजिक कार्यको प्रशंसा गरेका छन्।...
२७ वर्षपछि पार्टीबाट अलगिए अछामका अविरल, नेपाली कम्युनिष्ट पार्टीलाई ठूलो धक्का

२७ वर्षपछि पार्टीबाट अलगिए अछामका अविरल, नेपाली कम्युनिष्ट पार्टीलाई ठूलो धक्का

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- अछामको मेल्लेख गाउँपालिकाको राजनीतिक वृत्तमा तरंग पैदा हुने गरी नेपाली कम्युनिष्ट पार्टी का पुराना नेता लोकबहादुर बोहरा ‘अविरल’ले पार्टीका सम्पूर्ण जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन्। २०५६ सालदेखि ‘मृत्यु वा मुक्ति’को नारा बोकेर जनयुद्धमा सक्रिय रहेका बोहराले २७ वर्ष लामो राजनीतिक यात्रालाई विश्राम दिने निर्णय सार्वजनिक गरेपछि अछामको राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी र प्रतिक्रियाहरू सुरु भएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै बोहराले बाँकी जीवन समाज, देश र सत्यको मार्गमा समर्पित गर्ने उल्लेख गरेका छन्। उनले पार्टी नेतृत्वप्रति कृतज्ञता व्यक्त गरे पनि पार्टीभित्र देखिएका अन्तरविरोध वा आफ्नो निर्णयका कारणबारे खुलाउन चाहेनन्। माओवादी आन्दोलनका कठिन दिनदेखि पार्टी संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका बोहराको बहिर्गमनलाई धेरैले अछामको माओवादी राजनीतिका...
पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ को प्रमुख निर्णायकमा गायिका निरुता खत्री

पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ को प्रमुख निर्णायकमा गायिका निरुता खत्री

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
चुल्ठिमा रिबनको डोरी, मुन्टा लाउन्या काटा, आउँदा जादा डिठ पणन्छे साइका सुत्न्या कोठा.. यस्तै गीतबाट हजारौँ स्रोता-दर्शकको मन जितेकी चर्चित देउडा गायिका निरुता खत्री पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ को प्रमुख निर्णायक (Chief Jury) मा चयन भएकी छन्। अछामको ढकारी गाउँपालिका–२ मा जन्मिएकी निरुता खत्रीको यात्रा सामान्य कलाकारको मात्र होइन, संघर्षलाई सफलतामा रूपान्तरण गर्ने प्रेरणादायी कथा पनि हो। विद्यालय जीवनमै उनी खेलकुदमा अब्बल थिइन्। कक्षा ६ देखि १२ सम्म राष्ट्रपतिको रनिङ शिल्ड तथा क्षेत्रीयस्तरका भलिबल प्रतियोगितामा सहभागिता जनाएकी उनले दौड, कबड्डी, सटपुट, भाला फ्याँक लगायतका विभिन्न खेलमा पनि आफ्नो क्षमता देखाएकी थिइन्। खेलप्रति गहिरो लगाव भए पनि समयसँगै उनको जीवनले नयाँ मोड लियो। एसएलसीपछि आधारभूत पत्रकारिता तालिम लिएर उनी रेडियो क्षेत्रमा प्रवेश गरिन्। रेडियो आरजेका रूपमा सोसाइटी एफ...
आमाको मृत्युपछि भाइ बोकेर विद्यालय जाने बालिका कल्पनाको परिवारलाई रु ४ लाख ५० हजार सहयोग

आमाको मृत्युपछि भाइ बोकेर विद्यालय जाने बालिका कल्पनाको परिवारलाई रु ४ लाख ५० हजार सहयोग

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- अछामको रामारोसन गाउँपालिका-५ की बालिका कल्पना बुढाको परिवारलाई संकलित रु ४ लाख ५० हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। विद्यालयमा झोला वितरण कार्यक्रमका क्रममा आमाको मृत्यु भएपछि एक वर्षका भाइलाई बोकेर विद्यालय जाने कल्पनाको मार्मिक कथा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो। सामाजिक अभियन्ता लक्ष्मी बोगटी कुँवरले तयार पारेको भिडियो व्यापक रूपमा भाइरल भएपछि देश तथा विदेशबाट सहयोग जुट्न थालेको थियो। कल्पनाको पारिवारिक अवस्था सार्वजनिक भएसँगै विभिन्न व्यक्तिहरूले मानवीय सहयोगस्वरूप आर्थिक रकम उपलब्ध गराएका थिए। अभियानमार्फत संकलित रु ४ लाख ५० हजार रकम आज एक कार्यक्रमका बीच परिवारलाई हस्तान्तरण गरिएको हो। सहयोग संकलनदेखि रकम हस्तान्तरणसम्म सक्रिय भूमिका निर्वाह गरेकी लक्ष्मी बोगटी कुँवरप्रति स्थानीयवासी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले धन्यवाद व्यक्त गरेका छन्। स्थानीयका अनु...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य संस्था पुर्‍याउन बाध्य छन्। स्थानीय ८५ वर्षीय रंगबिरे साउँद बिरामी परेपछि स्थानीयले उनलाई पिठ्युँमा बोकेर स्वास्थ्य चौकीसम्म पुर्‍याएका हुन्। स्थानीय रमित साउँदले घरमै बिरामी परेका रन्बिरेलाई बोकेर वडास्थित स्वास्थ्य चौकीमा पुर्‍याएको बताएका छन्। साउँदले गाउँ बिरामी हुँदा अस्पताल सम्म पुर्‍याउन स्टेचर समेत नभएको गुनासो गरेका छन् । गाउँमा सडक सञ्जाल र सहज यातायातको अभावका कारण आकस्मिक बिरामी तथा ज्येष्ठ नागरिकलाई समयमै उपचारका लागि अस्पताल पुर्‍याउन कठिन हुने गरेको स्थानीयको गुनासो छ। वर्षौंदेखि आधारभूत पूर्वाधारको अभाव झेल्दै आएका स्थानीयले सडक र स्वास्थ्य पहुँच सुधार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोहोरो सवारी साधन प्रयोग गरि सरकारी सम्पत्तिमाथि रजगज गरेको आरोप लागेको हो । गाउँपालिका अध्यक्षले साउँदले ४ पाङ्ग्रे सरकारी गाडी संगै सरकारी मोटरसाइकल समेत प्रयोग गर्दै आएका छन् जवकि यो नियम बिपरित हो । कानुन अनुसार गाउँपालिका अध्यक्षले दोहोरो सवारी साधनको सुविधा लिन नमिल्ने व्यवस्था छ । गाउँपालिकाको सरकारी गाडि देवता पुज्न देखी तिर्थयात्रा सम्ममा सरकारी गाडीको दुरुपयोग गर्ने गरेको आरोप लाग्दै आएको छ । गएको निर्वाचनमा पनि उनी सरकारी गाडि लिएर खुलम रुपमा प्रचारमा हिडेका थिए । त्यसताका जिल्ला प्रशासन कार्यालयमा यस बिषयमा मौखिक उजुरी परेको बताईएको छ । साउँदे परिवारका सदस्य घुमाउन ४ पाङ्ग्रे र भट्टि छिर्दा २ पाङ्ग्रे सरकारी गाडी हुईकाउने गरेको प्रतिपक्षको आरोप...
अछाम अस्पतालमा घोटाला : बिरामीलाई सिटामोल छैन, स्टोरबाट ५० लाखका औषधि गायब

अछाम अस्पतालमा घोटाला : बिरामीलाई सिटामोल छैन, स्टोरबाट ५० लाखका औषधि गायब

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
अछाम- अछाम जिल्ला अस्पतालमा लामो समयदेखि चरम बेथिति चलिरहेको खुलासा भएको छ । बेथितिको सीमा यतिसम्म छ कि १८ लाख नगद हिनामिना मात्र भएको छैन ५० लाख बराबरको औषधि समेत गायब पारिएको छ । तर बिडम्बना दुर्गम गाउँबाट घण्टौं पैदल हिँडेर आउने बिरामीले सिटामोल समेत नपाउने अवस्था छ । सरकारी फार्मेसीमा निस्शुल्क पाउनुपर्ने सिटामोल र जीवन रक्षक औषधिहरू ‘स्टक छैन’ भन्दै बिरामीलाई निजी मेडिकलतिर पठाउने गरिन्छ । यता, अस्पतालको स्टोरबाटै झन्डै ५० लाख मूल्य बराबरको औषधि र उपकरण रहस्यमय ढंगले गायब पारिएको तथ्य सार्वजनिक भएको छ । चिकित्सक र राजनीतिक संरक्षणप्राप्त कर्मचारीहरूको मिलेमतोमा अस्पतालको बेहाल पारिएको छ । घोटालामा अस्पतालका उच्चपदस्थ कर्मचारी, राजनीतिक पहुँच भएका प्रशासक र स्टोर प्रमुखको प्रत्यक्ष संलग्नता रहेको स्रोतको दाबी छ । अस्पताल स्रोतका अनुसार पछिल्लो दुई आर्थिक वर्षमा मात्रै १८ लाख ७...
अछाममा एमालेतर्फ आकर्षण : चौरपाटीमा रामबहादुर साउँदसहित डुङ्ग्री टोलनै एमालेमा प्रवेश

अछाममा एमालेतर्फ आकर्षण : चौरपाटीमा रामबहादुर साउँदसहित डुङ्ग्री टोलनै एमालेमा प्रवेश

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- अछामको चौरपाटी गाउँपालिका-३ को एक गाउँ नै नेकपा एमालेमा प्रवेश गरेको छ। पूर्व समाजवादी गाउँ कमिटी अध्यक्ष तथा निर्वाचित वडाध्यक्षसमेत रहेका रामबहादुर साउँदसहित डुङ्ग्री टोलका ठूलो संख्यामा नेता तथा कार्यकर्ता आइतबार एमालेमा समाहित भएका हुन्। आइतबार चौरपाटीमा आयोजित मतदातालाई धन्यवाद ज्ञापन कार्यक्रमका क्रममा साउँदसहित करिब पाँच सय जना एमालेमा प्रवेश गरेको एमालेका चौरपाटीले जनाएको छ। पार्टी फुटका बेला समाजवादीतर्फ लागेका साउँद अहिले आफ्ना समर्थकसहित पुनः एमालेमै फर्किएको जनाइएको छ। कार्यक्रममा डुङ्ग्री टोलका अधिकांश नेता तथा कार्यकर्ता सामूहिक रूपमा एमालेमा प्रवेश गरेका थिए। पार्टी प्रवेशका क्रममा बोल्दै साउँदले जनपक्षीय काम गर्ने पार्टी एमाले भएकाले आफूहरू आफ्नै घरमा फर्किएको बताएका थिए। “जनताको पक्षमा काम गर्ने बलियो शक्ति एमाले भएकाले हामीले पुनः यही पार्टी रोजेका हौँ,” उनले भने...
अछाम- २ मा एमालेका यज्ञबहादुर बोगटी विजयी, पुष्प शाहलाई ४७२ मतले पराजित

अछाम- २ मा एमालेका यज्ञबहादुर बोगटी विजयी, पुष्प शाहलाई ४७२ मतले पराजित

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- अछाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।  अन्तिम सार्वजनिक परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार यज्ञबहादुर बोगटी विजयी हुनुभएको हो। बोगटीले ९ हजार ५१८ मत प्राप्त गर्दै नेपाली कांग्रेसका उम्मेदवार पुष्प शाहलाई ४७२ मतान्तरले पराजित गर्नुभएको हो। शाहले ९ हजार ४६ मत प्राप्त गर्नुभएको छ। यस्तै, नेकपाका उम्मेदवार बलबहादुर कुँवरले ६ हजार ४९३ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार भूपदेव शाहले ४ हजार ५६२ मत पाउनुभएको छ। अन्य उम्मेदवारतर्फ गुलाब चिन्हले ५५८, हलोले १६७, मादलले ६०, चिमले ५३ र आँखा चिन्हले ११३ मत प्राप्त गरेका छन्। अन्तिम मत परिणामसँगै नेकपा एमालेका बोगटी अछाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज