जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण
अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकबहादुर थापाले आफ्नो जन्मदिनको अवसरमा सार्वजनिक स्थलमा प्रतीक्षालय निर्माण गरेका छन्
थापाले चौरपाटी गाउँपालिका-१ स्थित गाजरी गाउँघर क्लिनिक नजिकै आम नागरिकलाई सुविधाका लागि प्रतिक्षालय निर्माण गरी क्लिनिक समितिलाई हस्तान्तरण गरेका हुन्।
क्लिनिकमा उपचार तथा स्वास्थ्य सेवा लिन आउने सेवाग्राही र सर्वसाधारणलाई बस्न तथा आराम गर्न सहजताका लागि प्रतिक्षालय निर्माण गरिएको जनाइएको छ। समाजसेवी थापा नेपाली कम्युनिस्ट पार्टीका नेतासमेत हुन्।
जन्मदिनको अवसरमा व्यक्तिगत खर्चलाई सामाजिक सेवामा लगानी गर्दै सार्वजनिक उपयोगको संरचना निर्माण गरी हस्तान्तरण गरेको भन्दै स्थानीयले थापाको सामाजिक कार्यको प्रशंसा गरेका छन्।...












