Advertisement

मुख्य समाचार

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तरबार्ता, ताजा अपडेट, मुख्य समाचार, समाचार
  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणालीको सुदृढीकरण तथा अन्तर्राष्ट्रिय विस्तार रणनीतिलाई थप प्रभावकारी बनाउन सुश्री निशा चौधरीलाई प्रमुख कार्यकारी अधिकृत (Chief Executive Officer – CEO)को रूपमा नियुक्ति गरी नेतृत्व संरचनामा परिवर्तन गरेको छ । कम्पनीका संस्थापक तथा समूह अध्यक्ष श्री अस्मित चौधरीको नेतृत्वमा सो निर्णय गरिएको होे । कम्पनीको दैनिक सञ्चालन, रणनीतिक योजना, व्यवसाय विस्तार, कर्मचारी प्रशासन, साझेदारी, परियोजना कार्यान्वयन तथा अन्य कार्यकारी निर्णयहरूको जिम्मेवारी प्रदान गरेको छ। ए.सी.जी. ग्रुप एक होल्डिङ कम्पनीका रूपमा विभिन्न व्यवसायहरूलाई एकीकृत गर्दै नेपालबाट अन्तर्राष्ट्रिय बजारसम्म आफ्नो उपस्थिति विस्तार गर्ने दीर्घकालीन लक्ष्यमा अघि बढिरहेको कम्पनीले जनाएको छ।   समूहले...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्यक्रम आयोजना गरिएको छ। जयपृथ्वीबहादुर सिंहको जन्मजयन्तीको अवसर पारेर बझाङ्गी सेवा समाज कैलाली र सुर्मा साईपाल बचत तथा ऋण सहकारी संस्था कैलालीको आयोजनामा रक्तदान कार्यक्रम गर्न लागिएको हो। रक्तदान कार्यक्रम भदौ ७ गते बिहान १० बजे गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय तथा शिक्षण अस्पतालमा आयोजना हुने जनाइएको छ। ‘रक्तदान जीवनदान, जीवन बचाऔँ महान् कार्यमा सहभागी बनौँ’ भन्ने मुलनारा सहित आयोजना गर्न लागिएको कार्यक्रममा रक्तदान गर्न इच्छुक सबैलाई सहभागी हुन आयोजकले आह्वान गरेको छ। सहयोगी संस्थाको रुपमा कोहिनुर दोहोरी साँझ अत्तरिया कैलाली रहेको छ । राजा पृथ्वीबहादुर सिंह शिक्षा, पत्रकारिता, सामाजिक सुधार तथा मानवतावादी दर्शनका क्षेत्रमा महत्वपूर्ण ...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी दिएका छन्। मल्लले रास्वपाले हालै सञ्चालनमा ल्याएको ‘क्यान्डिडेट क्लब’ मार्फत आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। स्थानीय युवामाझ परिचित मल्लले स्थानीयको आग्रह र युवाहरूको चाहनाअनुसार आफू चुनावी मैदानमा आएको बताएका छन्। उनले वडाको विकास, जनताको अपेक्षा सम्बोधन तथा युवाको सहभागितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। स्थानीयको आग्रह, युवाको उत्साह र नयाँ नेतृत्वको अपेक्षाबीच मल्लको उम्मेदवारीलाई केदारस्युँ-९ मा चासोका साथ हेरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्न साउन अन्तिम साता 'क्यान्डिडेट क्लब' घोषणा गर्दै गाउँपालिकाका आकांक्षीहरूका लागि आवेदन खुलाएको छ। मल्लले सो क्लब मार...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकबहादुर थापाले आफ्नो जन्मदिनको अवसरमा सार्वजनिक स्थलमा प्रतीक्षालय निर्माण गरेका छन् थापाले चौरपाटी गाउँपालिका-१ स्थित गाजरी गाउँघर क्लिनिक नजिकै आम नागरिकलाई सुविधाका लागि प्रतिक्षालय निर्माण गरी क्लिनिक समितिलाई हस्तान्तरण गरेका हुन्। क्लिनिकमा उपचार तथा स्वास्थ्य सेवा लिन आउने सेवाग्राही र सर्वसाधारणलाई बस्न तथा आराम गर्न सहजताका लागि प्रतिक्षालय निर्माण गरिएको जनाइएको छ। समाजसेवी थापा नेपाली कम्युनिस्ट पार्टीका नेतासमेत हुन्। जन्मदिनको अवसरमा व्यक्तिगत खर्चलाई सामाजिक सेवामा लगानी गर्दै सार्वजनिक उपयोगको संरचना निर्माण गरी हस्तान्तरण गरेको भन्दै स्थानीयले थापाको सामाजिक कार्यको प्रशंसा गरेका छन्।...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०१२ प १६५१ नम्बरको मोटरसाइकल सडक छेउको सालको रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा भजनी नगरपालिका–१ मधुवन शिविरका करिब ३० वर्षीय मुकेश चौधरी गम्भीर घाइते भएका थिए। दुर्घटनापछि मोटरसाइकल सडकबाट करिब २० मिटर तल नालीमा पुगेको थियो। टाउकोमा गम्भीर चोट लागेका चौधरीलाई एम्बुलेन्समार्फत प्राथमिक स्वास्थ्य केन्द्र भजनी लगिएको थियो। तर, चिकित्सकले राति करिब ९ः४० बजे उनलाई मृत घोषणा गरेका थिए। उनको शव प्राथमिक स्वास्थ्य केन्द्र भजनीमै राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ। हाल पहाडी भूभागमा सामान्यतया बदली रहेको छ भने तराईका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थान तथा सुदूरपश्चिमका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका केही स्थान तथा मधेस र कोशीका तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। आज राति पनि हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। हिमाली...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिनाभन्दा लामो समयदेखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले भइरहेका वार्तामा गतिरोध देखिएपछि ट्रम्पले इरानले सम्झौतामा पुग्ने अवसर गुमाएको आरोप लगाएका हुन्। बुधबार ट्रुथ सोसलमार्फत ट्रम्पले इरानविरुद्ध अहिलेसम्मकै कठोर आर्थिक कारबाही गर्ने चेतावनी दिएका छन्। उनले इरानले सम्झौताको अवसर उपयोग गर्न असफल भएको भन्दै अब उसले कठोर आर्थिक दबाब र अन्तर्राष्ट्रिय एक्लोपन सामना गर्नुपर्ने बताएका छन्। ट्रम्पले इरानसँग व्यापार वा व्यावसायिक कारोबार गर्ने जुनसुकै देशमाथि पनि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। इरानलाई वित्तीय संस्था, व्यवसाय, विमानस्थल वा सरकारी निकायमार्फत कुनै पनि प्रकारको सहयोग उपलब्ध गराउने देशले ठूलो आर्थिक परिणाम भोग्नुपर्ने उनको भनाइ छ। उनले इरा...
आजको मौसम : देशभर वर्षाको सम्भावना

आजको मौसम : देशभर वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं-हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभर सामान्यतया बदली भएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भूभागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै, कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हुरीबतास चल्न सक्...
मुख्यमन्त्री भट्टद्वारा ग्यास आपूर्ति सहज बनाउन निर्देशन  सरोकारवालासँग छलफल

मुख्यमन्त्री भट्टद्वारा ग्यास आपूर्ति सहज बनाउन निर्देशन  सरोकारवालासँग छलफल

Breaking News 1, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेशमा ग्यासको आपूर्ति नियमित र सहज बनाउने विषयमा मुख्यमन्त्री खगराज भट्टले सरोकारवालासँग छलफल गर्नुभएको छ। प्रदेशमा पछिल्लो समय ग्यास अभाव देखिएको गुनासो बढेपछि मुख्यमन्त्री भट्टले नेपाल आयल निगम, ग्यास सप्लायर, डिलर, उद्योग वाणिज्य संघ तथा होटल व्यवसायी, उपभोगता हित संरक्षण , घरेलु तथा साना उधोग कार्यालय प्रमुख जिल्ला अधिकारी कैलाली , प्रहरी प्रमुख कैलाली , उधोग बाणिज्य संघलगायतका सरोकारवालासँग ग्यासको आपूर्ति र वितरण अवस्थाबारे जानकारी लिनुभएको हो। मुख्यमन्त्री भट्टले भने उपभोक्तालाई ग्यासका लागि लामो समय लाइन बस्नुपर्ने अवस्था आउन नदिन नियमित र सहज आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ। उहाँले आपूर्ति व्यवस्थापनमा देखिएका समस्या तत्काल समाधान गर्नुपर्नेमा जोड दिनुभयो। निगमका प्रतिनिधिहरूले सुदूरपश्चिमका लागि नियमित रूपमा ग्यासको कोटा...
लगातार १० बैठकमा अनुपस्थित भएपछि देउवा पदमुक्त

लगातार १० बैठकमा अनुपस्थित भएपछि देउवा पदमुक्त

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा पदमुक्त भएका छन्। सुदूरपश्चिम प्रदेशसभाका सचिव देवबहादुर बोगटीका अनुसार संविधान र प्रदेशसभा नियमावलीमा भएको व्यवस्थाबमोजिम लगातार १० भन्दा बढी बैठकमा बिना सूचना अनुपस्थित रहेपछि देउवाको प्रदेशसभा सदस्य पद रिक्त भएको हो। सभामुख भीमबहादुर भण्डारीले आजै देउवालाई पदमुक्त गर्ने निर्णय गरेको सचिव बोगटीले जानकारी दिए। नेपालको संविधानको धारा १८० को खण्ड (घ) मा सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित हुने प्रदेशसभा सदस्यको पद रिक्त हुने व्यवस्था छ। सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०८० ले पनि यही व्यवस्था गरेको छ। देउवा गत वर्ष भदौ २८ गते भएको जेनजी आन्दोलनपछि व्यक्तिगत कामका लागि अमेरिका गएका थिए। उनी त्यसयता नेपाल फर्किएका छैनन्। यससँगै देउवाको प्रदेशसभा सदस्य पद औपचारिक रूपमा रिक्त भएको छ।...
दुई महिनामै भासियो सडक, प्रश्न उठ्दा पत्रकारमाथि खनिए निर्माण व्यवसायी संघ बझाङका अध्यक्ष बोहरा

दुई महिनामै भासियो सडक, प्रश्न उठ्दा पत्रकारमाथि खनिए निर्माण व्यवसायी संघ बझाङका अध्यक्ष बोहरा

Breaking News 1, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ- निर्माण व्यवसायी संघ बझाङका अध्यक्षसमेत रहेका शेर बोहराले निर्माण गरेको सडक निर्माण सम्पन्न भएको दुई महिनामै भासिएपछि समाचार लेख्दा पत्रकारमाथि नै खनिएका छन्। बोहराको सुर्मा सरोवर निर्माण सेवाले निर्माण गरेको चैनपुर–ताक्लाकोट सडक भासिन थालेको समाचार प्रकाशित भएपछि बोहरा पत्रकारमाथि खनिएका हुन्। उनले आफ्नो सामाजिक सञ्जालमा ‘धन्यवाद पत्रकार ज्यु । यता बाट बुझ्नु धेरै पढेको अर्को पुत्रकाड्ले’ भन्दै पत्रकारलाई लक्षित गरेका छन्। जिम्मेवार पदमा रहेका व्यक्तिबाट पत्रकारप्रति गरिएको यस्तो टिप्पणीले उनको जिम्मेवारी र जवाफदेहितामाथि नै प्रश्न उठेको छ। साथै पत्रकार समेत लेख्न नजानेको आरोप समेत लागेको छ । निर्माण व्यवसायीलाई देश विकासको मेरुदण्डका रूपमा हेरिन्छ। तर, आफ्नै निर्माणसँग जोडिएको सडक दुई महिनामै भासिँदा त्यसको कारण र जिम्मेवारीबारे जवाफ दिनुको साटो पत्रकारमाथि आक्रोश पोखिनुले थप प्रश...
निर्माण सम्पन्न भएको दुई महिनामै भासियो चैनपुर-ताक्लाकोट सडक, ३० भन्दा बढी घर जोखिममा

निर्माण सम्पन्न भएको दुई महिनामै भासियो चैनपुर-ताक्लाकोट सडक, ३० भन्दा बढी घर जोखिममा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- निर्माण सम्पन्न भएको दुई महिना नबित्दै चैनपुर–ताक्लाकोट सडक भासिन थालेपछि बझाङमा सडक निर्माणको गुणस्तरमाथि गम्भीर प्रश्न उठेको छ। पक्की सडक भासिँदा जयपृथ्वी नगरपालिका–११ को रुइनाबगर र तलकोट गाउँपालिका–१ को सुनिकोटका ३० भन्दा बढी घर जोखिममा परेका छन्। बझाङ सदरमुकाम चैनपुरबाट करिब ५ किलोमिटर उत्तरमा रहेको सडकको रुइनाबगरमा गाउँको माथिल्लो भागतर्फ करिब ४० मिटर र सुनिकोट बजारभन्दा तल करिब ३० मिटर सडक भासिएको छ। दुवै स्थानमा सडक करिब एक मिटर तल दबिएको र भासिने क्रम अझै नरोकिएको सडक कार्यालयले जनाएको छ। सबैभन्दा गम्भीर प्रश्न भनेको—गत जेठमा मात्रै कालोपत्र सम्पन्न भएको सडक दुई महिनामै किन भासियो? करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको सडकले वर्षा थेग्न नसक्नुले निर्माणको गुणस्तर, डिजाइन र अनुगमनमाथि प्रश्न खडा गरेको छ। सेती लोकमार्ग उत्तर खण्ड (चैनपुर–ताक्लाकोट) सडक कार्यालयका प्रमुख वी...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज