चार दिनको संघर्षपछि तलकोट १ विकुल्लीमा विद्युत् बाल्ने सहमति
बझाङ- लगातार चार दिनदेखि जारी स्थानीयको संघर्षपछि तलकोट गाउँपालिकाको विकुल्ली गाउँमा विद्युत् समस्या समाधान गर्न सहमति भएको छ।
एक कार्यक्रमका बिच जिल्ला प्रशासन कार्यालय बझाङका सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशी, तलकोट गाउँपालिका अध्यक्ष कलकबहादुर रोकाया, वडा नम्बर १ का कार्यवाहक अध्यक्ष वीरबहादुर ऐडी, चर्चित पत्रकार उत्तमकुमार थापा तथा स्थानीयबीच भएको छलफलमा तलकोट गाउँपालिकाले विद्युत् नपुगेको टोलमा विद्युत् बाल्ने काम सुरु गर्ने सहमति भएको हो।
सहमति भएपछि यस अघि बन्द गरिएका वडा कार्यालय र सुनिगाड हाईड्राे पावरमा गरेको अवराेध पनि हटेको छ र अन्य सार्वजनिक निकायहरू समेत खोलिएको आन्दोलनरथ कुबेर बमले बताउनु भयाे ।
संघर्षका क्रममा सहयोग तथा समन्वय गर्नुहुने सम्पूर्ण व्यक्ति तथा कामना टेलिभिजन परिवारलाई स्थानीयले धन्यवाद व्यक्त गरेका छन्। यहीँ भदाै अन्तिम समय अर्थात असाेज...












