Advertisement

निर्माण सम्पन्न भएको दुई महिनामै भासियो चैनपुर-ताक्लाकोट सडक, ३० भन्दा बढी घर जोखिममा

Advertisement

बझाङ– निर्माण सम्पन्न भएको दुई महिना नबित्दै चैनपुर–ताक्लाकोट सडक भासिन थालेपछि बझाङमा सडक निर्माणको गुणस्तरमाथि गम्भीर प्रश्न उठेको छ। पक्की सडक भासिँदा जयपृथ्वी नगरपालिका–११ को रुइनाबगर र तलकोट गाउँपालिका–१ को सुनिकोटका ३० भन्दा बढी घर जोखिममा परेका छन्।
बझाङ सदरमुकाम चैनपुरबाट करिब ५ किलोमिटर उत्तरमा रहेको सडकको रुइनाबगरमा गाउँको माथिल्लो भागतर्फ करिब ४० मिटर र सुनिकोट बजारभन्दा तल करिब ३० मिटर सडक भासिएको छ। दुवै स्थानमा सडक करिब एक मिटर तल दबिएको र भासिने क्रम अझै नरोकिएको सडक कार्यालयले जनाएको छ।
सबैभन्दा गम्भीर प्रश्न भनेको—गत जेठमा मात्रै कालोपत्र सम्पन्न भएको सडक दुई महिनामै किन भासियो? करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको सडकले वर्षा थेग्न नसक्नुले निर्माणको गुणस्तर, डिजाइन र अनुगमनमाथि प्रश्न खडा गरेको छ।
सेती लोकमार्ग उत्तर खण्ड (चैनपुर–ताक्लाकोट) सडक कार्यालयका प्रमुख वीरेन्द्र यादवका अनुसार सडक दबिने क्रम जारी रहेकाले थप क्षति हुन सक्ने अनुमान गरिएको छ। तत्कालका लागि अस्थायी मर्मत तथा बर्खापछि भित्ता काट्ने वा भासिएको स्थानमा पिलर तथा आरसीसी संरचना निर्माण गर्ने गरी स्थायी समाधानको अध्ययन भइरहेको छ।
सडक थप भासिए जिल्लाका उत्तरी क्षेत्रमा सञ्चालन हुने यातायात सेवा पूर्णरूपमा प्रभावित हुन सक्ने जोखिम छ। तलकोट र साइपाल गाउँपालिकाका स्थानीयसँगै साइपाल क्षेत्रमा जाने पर्यटकका लागि समेत यो महत्वपूर्ण सडक हो।
निर्माण सम्पन्न भएको दुई महिनामै सडक भासिएपछि अहिले स्थानीयको प्रश्न एउटै छ—सडक बन्यो कि बजेट मात्रै सकियो? नयाँ सडकको यस्तो अवस्था देखिएपछि निर्माणमा प्रयोग भएको सामग्री, प्राविधिक डिजाइन, निर्माण कम्पनीको काम र सम्बन्धित निकायको अनुगमनमाथि तत्काल छानबिन आवश्यक देखिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज