Advertisement

खेलकुद

विश्वकप लिग–२ : नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

विश्वकप लिग–२ : नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले आज आयोजक नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। युट्रेचस्थित स्पोर्ट्सपार्क मार्सचल्करविर्ड मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ। नामिबियासँगको पहिलो खेलमा ८ विकेटले पराजित भएको नेपाल आजको खेल जित्दै प्रतियोगितामा उत्कृष्ट पुनरागमन गर्ने लक्ष्यमा छ। नेपाल हाल २८ खेलबाट २४ अंकसहित पाँचौँ स्थानमा छ। समान २४ अंक भए पनि क्यानडाले ३२ खेल खेलेकाले नेपालभन्दा पछाडि छैटौँ स्थानमा छ। ३२ खेलबाट ३२ अंक जोडेको नेदरल्यान्ड्स तालिकाको तेस्रो स्थानमा छ भने नामिबिया २४ अंकसहित सातौँ स्थानमा छ। तालिकाको शीर्ष स्थानमा रहेको अमेरिकाको ३२ खेलबाट ४३ अंक छ। दोस्रो स्थानमा स्कटल्यान्डको ३८, चौथो स्थानमा ओमानको ३१ र आठौँ तथा अन्तिम स्थानमा रहेको यूएईको २४ खेलबाट १४ अंक छ। विश्वकप ल...
विश्वकप लिग टु, नेपालले आज नामिबियासँग खेल्दै

विश्वकप लिग टु, नेपालले आज नामिबियासँग खेल्दै

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ। सिरिजमा आयोजक नेदरल्यान्ड्ससहित नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ। आठ टोली सहभागी लिग-२ को तालिकामा पाँचौँ स्थानमा रहेको नेपाललाई शीर्ष चारमा रहँदै विश्वकप ग्लोबल छनोटमा पुग्न आगामी खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने दबाब छ। नेपालले गत जेठमा घरेलु मैदान कीर्तिपुरमा भएको सिरिजमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डविरुद्ध खेलेका आठमध्ये ६ खेल जित्दै आफ्नो स्थिति सुधार गरेको थियो। घरेलु सिरिजअघि सातौँ स्थानमा रहेको नेपाल अहिले पाँचौँ स्थानमा पुगेको हो। नेपालले नेदरल्यान्ड्समा पनि घरेलु मैदानको लयलाई निरन्तरता दिने लक्ष्य राखेको छ। नेपालले सिरिजको दोस्रो खेल साउन ७ गते आयोजक नेदरल्यान्ड्ससँ...
स्पेन पूर्वविश्वविजेता फ्रान्सलाई २-० ले हराउँदै विश्वकपको फाइनलमा

स्पेन पूर्वविश्वविजेता फ्रान्सलाई २-० ले हराउँदै विश्वकपको फाइनलमा

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- उत्कृष्ट लयमा रहेको स्पेनले पूर्वविश्वविजेता फ्रान्सलाई २-० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित गरेको छ। डलास स्टेडियममा मंगलबार राति भएको सेमिफाइनलमा स्पेनले सुरुदेखि नै खेलमा नियन्त्रण कायम गर्दै प्रभावशाली जित दर्ता गरेको हो। स्पेनको जितमा मिकेल ओयार्जाबल र पेड्रो पोरोले एक-एक गोल गरेका थिए। खेलको २२औँ मिनेटमा लामिन यामालमाथि पेनाल्टी क्षेत्रभित्र फाउल भएपछि प्राप्त अवसरलाई ओयार्जाबलले गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ५८औँ मिनेटमा ड्यानी ओल्मोसँग उत्कृष्ट पास आदानप्रदानपछि पेड्रो पोरोले आकर्षक गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए। त्यसपछि फ्रान्सले खेलमा फर्किने प्रयास गरे पनि स्पेनको बलियो रक्षापंक्ति र गोलरक्षक उनाई सिमोनको उत्कृष्ट प्रदर्शनका कारण गोल फर्काउन सकेन। जितसँगै सन् २०१० को विश्वविजेता स्पेन १६ वर्षपछि वि...
बेल्जियममाथि स्पेनकाे जित, १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियममाथि स्पेनकाे जित, १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार
बेल्जियमला हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टरफाइनल खेलमा बेल्जियम २–१ गोलले पराजित भयो । स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले एक/एक गोल गरे । खेलको ३०औँ मिनेटमा रुइजको गोलबाट स्पेनले अग्रता बनाएको थियो । तर खेलको ४१औँ मिनेटमा बेल्जियमका चाल्र्स डे केटलेरले गोल गरेपछि पहिलो हाफमा १–१ को बराबरी भयो । खेलको दोस्रो हाफको ८८औँ मिनेटमा स्पेनका मेरिनोले निर्णायक गोल गर्दै टोलीलाई १६ वर्षपछि सेमिफाइनलमा पुर्याए । स्पेनले यसअघि सन् २०१० मा उपाधि जितेको थियो । त्यसपछि सन् २०१४ मा समूह चरणबाटै बाहिरिएको टोली सन् २०१८ र २०२२ मा अन्तिम–१६ मा पुगेको थियो । स्पेनले अब सेमिफाइनलमा फ्रान्ससँग खेल्नेछ । पहिलो क्वाटरफाईनल खेलमा साविक उपविजेता फ्रान्सले मोरक्कोलाई २ गोलले हराउँदै सेमिफाइनमा पुगिसकेको छ । विश्वकप ...
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा, रोनाल्डोको विश्वकप यात्रामा पूर्णविराम

पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा, रोनाल्डोको विश्वकप यात्रामा पूर्णविराम

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौें- स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । मिकेल मेरिनोको इन्जुरी समयको सनसनीपूर्ण गोलको मद्दतले स्पेनले क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । डलास रंगशालामा गएराति सम्पन्न रोमाञ्चक प्रिक्वार्टरफाइनल खेलमा स्पेनले छिमेकी प्रतिद्वन्द्वी पोर्चुगलको चुनौती समाप्त पारेको छ । लुइस डे ला फुएन्टेको टोलीले अब क्वार्टरफाइनल खेल्न लस एन्जलस रंगशालाको यात्रा गर्नेछ, जहाँ उनीहरूले अमेरिका र बेल्जियमबीचको विजेतासँग सामना गर्नेछन्। खेलको पहिलो हाफमा दुवै टोलीले आक्रामक फुटबल खेले पनि गोल गर्न भने सकेनन्। स्पेनका मिकेल ओयार्जाबालले खेलको उत्कृष्ट अवसर गुमाए; डानी ओल्मोको पासमा वान–अन–वानको स्थितिमा उनले प्रहार गरेको बल पोस्टको दिशा लिन सकेन। अर्कोतर्फ, स्पेनकै एउलेक्स बाएनाको उत्कृष्ट कर्लिङ प्रहारलाई पोर्चुगिज गोल...
बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

Breaking News 1, खेलकुद, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ - बझाङको माथिल्लो बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कप यु १९ पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका-१ ले आयोजना गरेको उक्त क्रिकेट प्रतियोगिता बुधबार सम्पन्न भएको हो । प्रतियोगिताको उपाधि बित्थडचिर गाउँपालिका-१ आयोजक टिमले हात पारेको छ । उपाधिका लागि भएको फाइनल खेलमा बुङ्गल नगरपालिका-४ लाई हराउँदै आयोजक (ए) बिजेता बनेको वडा सचिव कमल चन्दले कामना टुटेलाई जानकारी दिए । उपविजेता बुङ्गल नगरपालिका-४ भएको छ । उपाधि बिजेता आयोजकले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ,, भने उपविजेता बुङ्गल-४ ले २७ हजार ७ सय ७७ रुपैयाँ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै बेस्ट ब्याटम्यान, बेस्ट बलर लाई पनि सम्मान गरिएको थियो । त्यस्तै बाद्यबादक फागसगुन गायक टिम, अम्पायर सञ्चारकर्मी , सुरक्षाकर्मी स्थानीय मान्यजनला...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

Breaking News 1, खेलकुद, ताजा अपडेट, बझाङ, समाचार, सुदूरपश्चिम
बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँपालिका–९ को आयोजनामा सञ्चालन भएको प्रतियोगिता बुधबार सम्पन्न भएको हो। प्रतियोगिताको उपाधि आदर्श युवा क्लब छबिसपाथिभेरा गाउँपालिका-३ बान्निकोटले जितेको छ। सुनकुडा माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न फाइनल खेलमा बित्थडचिर गाउँपालिका- २ लाई पराजित गर्दै आदर्श युवा क्लबले ट्रफी जितेको पालिका प्रवक्ता तथा वडाध्यक्ष हरिश्चन्द्र जोशीले कामना टुडे लाई जानकारी दिए । उपविजेतामा बित्थडचिर गाउँपालिका-२ भएको छ। विजेता आदर्श युवा क्लबले नगद ६१ हजार १ सय ६१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ,, भने उपविजेता बित्थडचिर -२ ले नगद ३१ हजार १ सय ३१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ। साथै प्रतियोगितामा म्यान अफ दि सिरिजलाई ४ हजार, सर्वाधिक विके...
बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

Breaking News 1, खेलकुद, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आयोजनामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको हो । सामाजिक सद्भाव सहिष्णुता तथा आपसी हार्दिकता कायम राख्दै युवाहरूमा रहेको खेल प्रतिभाहरूलाई उजागर र स्थानीय प्रादेशिक तथा राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा टेवा पुर्‍याउने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागेको वडाध्यक्ष हरिश्चन्द्र जोशीले कामना टुडेलाई बताए । उनलेे वडाको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अनुसार ६ गतेदेखि दोस्रो जय नेपाल वडाध्यक्ष कप २०८३ टि-१२ खुल्ला वडा स्तरीय पुरुष क्रिकेट प्रतियोगिता सञ्चालन हुन लागेको जानकारी दिए । प्रतियोगितामा बिजेता टिमले ६१ हजार १ सय ६१ रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेता टिमले नगद ३१ हजार १ सय ३१ सहित ट्रफी मेड...
पन्जाब किङ्सको लगातार दोस्रो जित, चेन्नई ५ विकेटले पराजित

पन्जाब किङ्सको लगातार दोस्रो जित, चेन्नई ५ विकेटले पराजित

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा पन्जाब किङ्सले चेन्नई सुपर किङ्सलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ। २१० रनको लक्ष्य पछ्याएको पन्जाबले १८.४ ओभरमा ५ विकेट गुमाएर सहज जित निकालेको हो। कप्तान श्रेयस अय्यरले २९ बलमा ५० रन बनाउँदै टोलीको जितमा महत्वपूर्ण योगदान दिए। उनले ४ चौका र ३ छक्का प्रहार गरे। चेन्नईका लागि म्याट हेनरी र अन्शुल कम्बोजले समान २–२ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै २०९ रन बनाएको थियो। आयुष म्हात्रेले ४३ बलमा ७ चौका र ५ छक्कासहित ७३ रनको उत्कृष्ट पारी खेले। शिवम दुबे ४५ रनमा अविजित रहे भने सरफराज खानले ३२ र कप्तान रुतुराज गायकवाडले २८ रन जोडे। सन्जु सामसन ७ रनमै आउट भएपछि म्हात्रे र गायकवाडबीच ९६ रनको महत्वपूर्ण साझेदारी बनेको थियो। त्यसपछि सरफराज र दुबेको प्रभावक...
स्थानीय व्यवसायीद्वारा यू -17 राष्ट्रिय फुटबल खेलाडी राम बोहरालाई नगदसहित सम्मान

स्थानीय व्यवसायीद्वारा यू -17 राष्ट्रिय फुटबल खेलाडी राम बोहरालाई नगदसहित सम्मान

Breaking News 1, कैलाली, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलालीको गौरिगङ्गा नगरपालिका–०७, मसुरिया साझाबजारका स्थानीय व्यवसायीहरूले यू -17 राष्ट्रिय फुटबल खेलाडी राम बोहरालाई नगदसहित सम्मान गरेका छन्। मसुरियास्थित राधा सपिङ्ग सेन्टर तथा जनला जनरल स्टोर परिवारका सञ्चालक रुद्रबहादुर जनालाले खेलाडी बोहरालाई सम्मान प्रदान गरेका हुन्। कार्यक्रममा स्थानीय खेलप्रेमी, सरोकारवाला तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सानै उमेरदेखि राष्ट्रिय टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका बोहराले यू -17 SAFF च्याम्पियनसिप (भुटान र श्रीलंका) तथा यू-17 AFC क्वालिफायर (कतार र म्यानमार) मा सहभागी भई देशको प्रतिनिधित्व गरिसकेका छन्। उनले उमेर समूहका विभिन्न प्रतियोगिताहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। बोहराले यू-16 ‘ए’ डिभिजन लिगमा आर्मी क्लबबाट कप्तानको जिम्मेवारी सम्हालेका थिए भने यू- 18 ‘ए’ डिभिजन लिगमा TAFC बाट पनि कप्तानक...
सुदूरपश्चिम क्रिकेट टोलीको जर्सी सार्वजनिक, एसपीए कलेज मुख्य प्रायोजक

सुदूरपश्चिम क्रिकेट टोलीको जर्सी सार्वजनिक, एसपीए कलेज मुख्य प्रायोजक

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेश क्रिकेट टोलीको जर्सी सार्वजनिक गरिएको छ। शनिबार आयोजित कार्यक्रममा टोलीका मुख्य प्रायोजक एसपीए कलेजका प्रबन्ध निर्देशक सुवाश शाही, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशी र कप्तान शेर मल्लले संयुक्त रूपमा जर्सी सार्वजनिक गरेका हुन्। राष्ट्रिय टोलीका सदस्य समेत रहेका कप्तान मल्लको नेतृत्वमा रहेको सुदूरपश्चिम टोलीलाई यस सिजनदेखि धनगढीस्थित एसपीए कलेजले मुख्य प्रायोजन गरेको हो। कलेजले महिला र पुरुष दुवै टोलीलाई आगामी तीन वर्षका लागि प्रायोजन गर्ने सम्झौता गरेको जनाएको छ। कार्यक्रममा प्रबन्ध निर्देशक शाहीले टोलीलाई शुभकामना व्यक्त गर्दै प्रदेशलाई च्याम्पियन बनाउने लक्ष्यका साथ अघि बढ्न आग्रह गरे। उनले प्रदेशको क्रिकेटलाई व्यवसायिक बनाउने उद्देश्यले अन्य कर्पोरेट क्षेत्रसँग सहकार्य विस्तार ग...
अनेरास्ववियु कैलाली बहुमुखी क्याम्पस कमिटीको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

अनेरास्ववियु कैलाली बहुमुखी क्याम्पस कमिटीको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

कैलाली, खेलकुद, मनोरञ्जन, शिक्षा, समाचार, सुदूरपश्चिम
धनगढी- अनेरास्ववियु कैलाली बहुमुखी क्याम्पस कमिटीको आयोजनामा प्रजातन्त्र दिवसको अवसर पारेर सञ्चालन गरिएको हाजिरी जवाफ प्रतियोगिता भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। क्याम्पस कमिटी अध्यक्ष क. पुष्पराज राना (विप्लप) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य क. किशोर शाहको उपस्थिति रहेको थियो। कार्यक्रममा अनेरास्ववियु सुदूरपश्चिम प्रदेश सह–संयोजक क. यमराज जोशी, कैलाली जिल्ला कमिटी अध्यक्ष क. कुबेर खड्का, प्रदेश कमिटी सदस्य दिपेन भट्ट, दीपकराज जोशी, पुजा शाह, स्ववियु प्रतिनिधि तथा विभिन्न मित्र संगठनका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रतियोगितामा क्याम्पसका विभिन्न संकायबाट गरी जम्मा २४ टिमको सहभागिता रहेको थियो। प्रतिस्पर्धात्मक रूपमा सम्पन्न प्रतियोगितामा वन विज्ञान (BSc Forestry) समूह प्रथम स्थान हासिल गर्न सफल भ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज