Advertisement

राजनीति

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदारका रूपमा हेरिएका छन् । ३५ वर्षको उमेरमै विद्यार्थी राजनीतिदेखि पार्टी संगठन, जनप्रतिनिधि र जिल्ला कमिटीसम्मको अनुभव हासिल गरेका उनी राजनीतिक अनुभव, समन्वयकारी क्षमता र स्वच्छ छविका कारण चर्चामा छन् । जोशीको राजनीतिक यात्रा २०६३ सालमा चौधारी माध्यमिक विद्यालय इकाइ कमिटी अध्यक्षबाट सुरु भएको हो । सानै उमेरदेखि राजनीतिक तथा संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका उनले विभिन्न समयमा पार्टीका संगठनात्मक जिम्मेवारी सम्हाल्दै आफ्नो राजनीतिक यात्रा अघि बढाएका हुन् । २०६६ सालमा मौलाली गाउँ विकास समिति उपाध्यक्षको जिम्मेवारी सम्हालेका उनी २०६८ सालमा ७ नम्बर इलाका कमिटी सचिव बने । त्यसपछि २०७१ सालमा २ नम्बर क्षेत्रीय कमिटी सदस्यको जिम्मेवारी प्राप्त गरे । विद्यार्थी राजनी...
अछामका दीपक साउँद एमाले केन्द्रीय सदस्य, लिए शपथ

अछामका दीपक साउँद एमाले केन्द्रीय सदस्य, लिए शपथ

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी- नेकपा (एमाले) अछामका नेता दीपक साउँदले पार्टीको केन्द्रीय कमिटी सदस्यको शपथ लिएका छन्। एमालेको विधानको धारा ६० को उपधारा (क) अनुसार केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी पाएका साउँदले शुक्रबार शपथग्रहण गरेका हुन्। साउँदले शपथका क्रममा मार्क्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा आत्मसात गर्दै पार्टी, राष्ट्र र क्रान्तिको हितमा निरन्तर सक्रिय र समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पार्टीको सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुसरण गर्दै पार्टी विधानलाई इमानदारीपूर्वक पालना गर्ने तथा पदमा रहे वा नरहे पनि पार्टीको गोपनीयता र एकता जोगाउँदै स्वच्छ एवं नैतिक आचरणयुक्त जीवन बिताउने प्रतिबद्धता पनि जनाएका छन्। साउँद तत्कालीन नेकपा (माओवादी)का प्रभावशाली नेताका रूपमा अछाममा लामो समय सक्रिय थिए। उनी २०७० सालको संविधानसभा निर्वाचनमा अछा...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अधिवेशनअन्तर्गत सहमतिबाट नेतृत्व चयन हुन नसकेपछि निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन गरिएको हो। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पालिका तहका अधिवेशन असोज ७ गतेबाट सञ्चालन भएको थियो। आइतबार सम्पन्न निर्वाचनबाट मानबहादुर बोहरा ‘मन्नो’ सभापतिमा निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार बोहराले ७७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी मानबहादुर बोहराले ५७ मत प्राप्त गरेका थिए। यस्तै, उपसभापतिमा करुणाकर अवस्थी र प्रमिला अवस्थी निर्वाचित भएका छन्। सचिवमा हरिश ढाँट, सहसचिवमा विक्रम बोहरा र कोषाध्यक्षमा पदम बिष्ट निर्वाचित भएका छन्। नवनिर्वाचित कार्यसमितिले अब पार्टीको संगठन सुदृढीकरण तथा आगामी राजनीतिक गतिविधिमा नेतृत्व गर्नेछ।...
बैतडीको पुर्चौडी- ५ मा चुनावी सरगर्मी, दीपक पन्तको नाम चर्चामा, एमाले कि स्वतन्त्र?

बैतडीको पुर्चौडी- ५ मा चुनावी सरगर्मी, दीपक पन्तको नाम चर्चामा, एमाले कि स्वतन्त्र?

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बैतडी- २०७९ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल सकिन अब करिब ९ महिना बाँकी छँदैछ । तर गाउँघर समेत आगामी २०८४ सालको स्थानीय तह निर्वाचनलाई लिएर राजनीतिक चर्चा सुरु हुन थालेको छ। बैतडीको पुर्चौडी नगरपालिका- ५ मा पनि आगामी निर्वाचनलाई लक्षित गर्दै सम्भावित उम्मेदवारबारे स्थानीय राजनीतिक वृत्तमा चर्चा चुलिन थालेको छ। यही चर्चाबीच युवा नेता दीपक पन्तको नाम वडा अध्यक्ष पदका लागि सम्भावित उम्मेदवारका रूपमा अगाडि आउन थालेको छ। पन्त लामो समयदेखि नेकपा एमालेमा आबद्ध भएर सक्रिय राजनीतिमा रहँदै आएका युवा नेता हुन्। एमालेका विभिन्न राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका उनले स्थानीय विकास, सामाजिक सरोकार र युवाको राजनीतिक सहभागिताका विषयमा निरन्तर आवाज उठाउँदै आएको बताइन्छ। पार्टीभित्र रहेर काम गर्दा पनि आफूलाई चित्त नबुझेका विषयमा फरक मत राख्न सक्ने र स्थानीय ...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। सहमति अनुसार एमालेले कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने नेकपाले कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ। यस्तै, गण्डकी र मधेस प्रदेशको नेतृत्वबारे भने सहमति जुट्न बाँकी छ। लिखित सहमतिअनुसार ती प्रदेशमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिनेछ। यससँगै एमालेले तीन र नेकपाले दुई प्रदेश सरकारको नेतृत्व गर्ने गरी दुई दलबीच सहकार्यको औपचारिक आधार तय भएको छ।...
राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तह गरी ९५ जनप्रतिनिधिका पद रिक्त

राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तह गरी ९५ जनप्रतिनिधिका पद रिक्त

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ- राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तह गरी जनप्रतिनिधिका विभिन्न ९५ पद रिक्त छन् । रिक्त भएका ती पदमा उपनिर्वाचन हुने कि नहुने भन्ने अनिश्चित छ । निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभा सदस्य १, प्रदेश सभा सदस्य १९ र स्थानीय तहका ७५ पद रिक्त छन् । आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले उपनिर्वाचन हुनुपर्ने ९५ पद रिक्त रहेको जानकारी दिए । उनले स्थानीय तहमा जिल्ला समन्वय समिति प्रमुख २, नगरप्रमुख १०, नगर उपप्रमुख २, गाउँपालिका अध्यक्ष ५, गाउँपालिका उपाध्यक्ष २ र वडाध्यक्ष ५४ गरी ७५ पद रिक्त रहेको जानकारी दिए । त्यसमा काठमाडौँ महानगरपालिकाको नगर प्रमुख पदसमेत छ । गत फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनमा झापा–५ बाट उम्मेदवार बन्दै जितेर अहिले प्रधानमन्त्री बनेका बालेन्द्र शाहले काठमाडौँ महानगरपालिकाको नगर प्रमुख पदबाट राजीनामा दिएका थिए । भरतपुर महानगरपालिकाको प्रमुखबाट राजीना...
एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडाैँ- नेकपा एमालेको पार्टी पुनर्गठन कार्यदलको बिहीबारको बैठकले प्राप्त सुझावहरू समेटेर प्रतिवेदन तयार पार्न उपाध्यक्ष एवम् कार्यदल संयोजक रामबहादुर थापा (बादलु) र महासचिव शंकर पोखरेललाई जिम्मेवारी दिएको छ। उपाध्यक्ष थापा अध्यक्ष केपी ओली पक्षमा खुलेका नेता हुन्। महासचिव पोखरेल पार्टी पुनःगठन अभियानका पक्षमा उभिएका नेता हुन्। कार्यदलको बैठकमा देशभरिबाट प्राप्त सुझावहरूबारे महासचिव पोखरेलले ब्रिफिङ गरेका थिए। एमाले सचिव शेरधन राईले दिएको जानकारी अनुसार संयोजक र महासचिवले प्रतिवेदनको ड्राफ्ट तयार पारेर कार्यदलमा पेस गर्नेछन्। कार्यदलले पार्टी सचिवालयमा र सचिवालयले केन्द्रीय कमिटीमा प्रतिवेदन लैजानेछ। कार्यदलको बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै पार्टीभित्रको एकतामा जोड दिएका थिए। ओलीले पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउन, एवं पार्टी शुद्धीकरण, ...
छुट्टै खडा गरिएकाे कार्यालयमा बसेकाे कांग्रेस इतर समूहकाे बैठकले के-के गर्‍याे निर्णय

छुट्टै खडा गरिएकाे कार्यालयमा बसेकाे कांग्रेस इतर समूहकाे बैठकले के-के गर्‍याे निर्णय

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडाैँ- नेपाली कांग्रेसको संस्थापन इतर पक्षले १५औँ महाधिवेशनको तयारीका लागि काठमाडौंको महाराजगञ्जस्थित चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेको छ। १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिका सदस्यहरूको सक्रियतामा सोमवार कार्यालयको उद्घाटनसँगै औपचारिक बैठक समेत प्रारम्भ भएको हो। कार्यालयको उद्घाटन र बैठकको प्रारम्भिक सत्रमा पार्टीका निःवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन र नियमित महाधिवेशनका सन्दर्भमा देखिएका विवाद तथा पार्टीको हालसम्मका गतिविधिबारे स्पष्ट पारेका थिए। उनले पार्टीलाई विभाजनबाट जोगाउन शिर्ष नेताहरू र केन्द्रिय सदस्यहरूले निरन्तर प्रयास गरे तापनि पछिल्लो पाँच महिनामा एकताको ठोस परिणाम देखा नपरेकोमा चिन्ता व्यक्त गरेका नेता मिनबहादुर विश्वकर्माले जानकारी दिए। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता विश्वकर्माले मुलुकको वर्तमान राजनीतिक परिस्थिति...
रास्वपाको सुदूरपश्चिम प्रदेश सहमहामन्त्रीमा हेमराज जोशीलाई अघि सार्ने माग

रास्वपाको सुदूरपश्चिम प्रदेश सहमहामन्त्रीमा हेमराज जोशीलाई अघि सार्ने माग

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेश सहमहामन्त्री पदमा सामाजिक अभियन्ता हेमराज जोशीलाई नेतृत्वमा ल्याउनुपर्ने माग कार्यकर्ता तथा शुभेच्छुकहरूबीच बलियो बन्दै गएको छ। कैलालीको एक साधारण परिवारमा जन्मिएका जोशी लामो समयदेखि सामाजिक न्याय, सुशासन र नागरिक अधिकारको पक्षमा सक्रिय रूपमा आवाज उठाउँदै आएका छन्। सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएका उनी अन्याय, विभेद र भ्रष्टाचारविरुद्ध सडकदेखि सामाजिक अभियानसम्म अग्रसर हुँदै आएका व्यक्तिका रूपमा परिचित छन्। विगत एक दशकभन्दा बढी समयदेखि विभिन्न सामाजिक मुद्दामा संघर्ष गर्दै आएका जोशीले विशेषगरी कोरोना महामारीका बेला समस्यामा परेका नागरिकलाई खाद्यान्न तथा राहत सामग्री वितरणमा सक्रिय भूमिका निर्वाह गरेका थिए। विपन्न तथा असहाय नागरिकको सहयोगमा निरन्तर खटिने उनको कार्यशैलीले समाजमा सकारात्मक छवि निर्माण गरेको छ। उ...
रास्वपा सुदूरपश्चिम अधिवेशन, गणेश बहादुर बोहरा पुनः सह-महामन्त्रीमा उम्मेदवार

रास्वपा सुदूरपश्चिम अधिवेशन, गणेश बहादुर बोहरा पुनः सह-महामन्त्रीमा उम्मेदवार

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश अधिवेशनमा गणेश बहादुर बोहराले सह–महामन्त्री पदमा पुनः उम्मेदवारी घोषणा गरेका छन्। कुनै राजनीतिक पृष्ठभूमिबाट नआएका बोहरा पार्टी स्थापनाकालदेखि नै सुदूरपश्चिम प्रदेशका संस्थापक सदस्यका रूपमा सक्रिय रहँदै आएका छन्। प्रदेशका नौवटै जिल्लामा संगठन विस्तार तथा सुदृढीकरणका लागि उनले महत्वपूर्ण भूमिका खेलेको पार्टी वृत्तमा चर्चा छ। सुदूरपश्चिममा करिब ८–१० जनाबाट सुरु भएको संगठनलाई आज करिब ५० हजार सदस्य तथा समर्थकसम्म विस्तार गर्न योगदान पुर्‍याउने नेतृत्वमध्ये बोहरालाई पनि एक मानिन्छ। संगठन निर्माणमा निरन्तर खटिएका उनी कम बोल्ने, इमान्दार, जिम्मेवार र मेहनती नेताका रूपमा परिचित छन्। पेशाले कृषक तथा यातायात व्यवसायी रहेका बोहरा व्यवहारिक अनुभव, संगठनप्रतिको निष्ठा र कार्यशैलीका कारण कार्यकर्तामाझ लोकप्रिय मानिन्छन्। संगठनलाई अझ सशक्...
२७ वर्षपछि पार्टीबाट अलगिए अछामका अविरल, नेपाली कम्युनिष्ट पार्टीलाई ठूलो धक्का

२७ वर्षपछि पार्टीबाट अलगिए अछामका अविरल, नेपाली कम्युनिष्ट पार्टीलाई ठूलो धक्का

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- अछामको मेल्लेख गाउँपालिकाको राजनीतिक वृत्तमा तरंग पैदा हुने गरी नेपाली कम्युनिष्ट पार्टी का पुराना नेता लोकबहादुर बोहरा ‘अविरल’ले पार्टीका सम्पूर्ण जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन्। २०५६ सालदेखि ‘मृत्यु वा मुक्ति’को नारा बोकेर जनयुद्धमा सक्रिय रहेका बोहराले २७ वर्ष लामो राजनीतिक यात्रालाई विश्राम दिने निर्णय सार्वजनिक गरेपछि अछामको राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी र प्रतिक्रियाहरू सुरु भएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै बोहराले बाँकी जीवन समाज, देश र सत्यको मार्गमा समर्पित गर्ने उल्लेख गरेका छन्। उनले पार्टी नेतृत्वप्रति कृतज्ञता व्यक्त गरे पनि पार्टीभित्र देखिएका अन्तरविरोध वा आफ्नो निर्णयका कारणबारे खुलाउन चाहेनन्। माओवादी आन्दोलनका कठिन दिनदेखि पार्टी संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका बोहराको बहिर्गमनलाई धेरैले अछामको माओवादी राजनीतिका...
बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति
धनगढी- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादीका नेता कमल थापाले पार्टीको सदस्यता तथा सम्पूर्ण संगठनात्मक जिम्मेवारीबाट राजीनामा दिएका छन्। बिहीबार सार्वजनिक गरेको लामो राजीनामा पत्रमार्फत थापाले पार्टीको वैचारिक दिशा, कार्यनीति तथा निर्णय प्रक्रियाप्रति असहमति जनाउँदै राजीनामा दिएको जानकारी दिएका हुन्। उनले पछिल्लो समय पार्टीका केन्द्रीय समितिका बैठकबाट पारित कार्यनीति तथा निर्णयहरूमा देखिएको अस्पष्टता, वैचारिक विचलन र आत्मरतिमा आधारित निर्णय प्रक्रियाले आफूलाई गम्भीर रूपमा चिन्तित बनाएको उल्लेख गरेका छन्। थापाले पार्टीभित्र विभिन्न जिम्मेवारी निर्वाह गर्दै जिल्ला पार्टी सचिवालय सदस्य, विभिन्न मोर्चाका तीन जिल्लाको इन्चार्ज, केन्द्रीय सचिवालय सदस्य तथा अखिल (समाजवादी) राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्यसम्मको भूमिका निभाएका थिए। राजीनामा पत्रमा उनले आफू पार्टीबाट अलग भए ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज