Advertisement

हाम्रो बारेमा

कलुवापुर बजारमा निःशुल्क खानेपानी धारा जडान, पानी किनेर खानुपर्ने बाध्यता हट्यो

कलुवापुर बजारमा निःशुल्क खानेपानी धारा जडान, पानी किनेर खानुपर्ने बाध्यता हट्यो

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुर बजारमा दुई धारा जडान गरी सर्वसाधारणलाई निःशुल्क पानी उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। शुक्लाफाँटा उद्योग वाणिज्य सङ्घले अमरपुर- कलुवापुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिसँगको सहकार्यमा धारा जडान गरी सर्वसाधारणको सहजताका लागि बजार क्षेत्रमा निःशुल्क खानेपानी धारा जडान गरेको हो। बजारमा दैनिक रूपमा आउने व्यवसायी, सेवाग्राही तथा यात्रुहरूको आवश्यकतालाई ध्यानमा राख्दै खानेपानीको व्यवस्था गरिएको सङ्घका अध्यक्ष राजेश धामीले बताए। अध्यक्ष धामीले बजार क्षेत्रमा खानेपानीको अभावका कारण सर्वसाधारणले पानी किनेर खानुपर्ने अवस्थालाई ध्यानमा राख्दै निःशुल्क धारा जडान गरिएको बताए। खानेपानीका धारा सञ्चालनमा आएपछि कलुवापुर बजार क्षेत्रमा पानी किनेर खानुपर्ने बाध्यता हटेको स्थानीयवासीले बताएका छन्। बजारमा दैनिक रूपमा आउने सर्वसाधारण, सवारी चालक, यात...
कैलालीको जनप्रिय माविमा विषय रुपान्तरण विवाद चर्कियो : आफ्ना मान्छे भर्ना गर्न सेटिङको आरोप

कैलालीको जनप्रिय माविमा विषय रुपान्तरण विवाद चर्कियो : आफ्ना मान्छे भर्ना गर्न सेटिङको आरोप

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको गौरीगंगा नगरपालिका- ८ स्थित जनप्रिय माध्यमिक विद्यालयमा विषय रुपान्तरणलाई लिएर विवाद चर्किएको छ। विद्यालयमा आवश्यक नभएको विषयलाई प्राथमिकता दिँदै आफ्ना निकटका व्यक्तिलाई जागिर खुवाउन “सेटिङ” गरिएको आरोप अभिभावक तथा सरोकारवालाले लगाएका छन्। विद्यालय व्यवस्थापन समितिले दुई वर्षदेखि रिक्त रहेको समाजशास्त्र विषयको दरबन्दीलाई परिवर्तन गरी नेपाली विषय बनाउने निर्णय गरेको छ। उक्त निर्णयबाट विद्यालयमै कार्यरत एक शिक्षकलाई उच्च माध्यमिक तहमा पद व्यवस्थापन गर्ने उद्देश्य रहेको आरोप छ। सो निर्णय नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको दबाबमा नगर शिक्षा समितिबाट समेत सदर गरिएको बताइएको छ। हाल विद्यालयमा माध्यमिक तह (कक्षा ९–१२) मा नेपाली विषयका दुई जना, अंग्रेजीका दुई, विज्ञानका एक, गणितका एक, सामाजिकका एक, स्वास्थ्य तथा जनसंख्याका एक र लेखाका दुई शिक्षक कार्यरत छन्। तर अर्थशास्त्र वि...
कैलालीमा यात्रुवाहक बस दुर्घटना, पैदलयात्री जोगाउने क्रममा बस पल्टियो

कैलालीमा यात्रुवाहक बस दुर्घटना, पैदलयात्री जोगाउने क्रममा बस पल्टियो

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ। काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोडाघोडी नगरपालिका–१ सुखड नजिक दुर्घटनामा परेको हो। प्रहरीका अनुसार सडकमा हिँडिरहेका पैदलयात्रीलाई जोगाउने क्रममा बस अनियन्त्रित भई सडकबाट तल खाल्डोमा पल्टिएको थियो। दुर्घटनामा बसको ठक्करबाट स्थानीय ५५ वर्षीय भक्तबहादुर बटाला घाइते भएका छन्। घाइते बटालाको सुखडस्थित अस्पतालमा उपचार भइरहेको छ भने उहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। साथै, बसमा सवार केही यात्रुहरूलाई पनि सामान्य चोट लागेको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ। प्रत्यक्षदर्शी नन्दा खत्रीका अनुसार चालकले पैदलयात्रीलाई बचाउने प्रयास गर्दा बस विपरीत दिशातर्फ गएर दुर्घटनामा परेको थियो।...
सुदूरपश्चिम क्रिकेट टोलीको जर्सी सार्वजनिक, एसपीए कलेज मुख्य प्रायोजक

सुदूरपश्चिम क्रिकेट टोलीको जर्सी सार्वजनिक, एसपीए कलेज मुख्य प्रायोजक

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेश क्रिकेट टोलीको जर्सी सार्वजनिक गरिएको छ। शनिबार आयोजित कार्यक्रममा टोलीका मुख्य प्रायोजक एसपीए कलेजका प्रबन्ध निर्देशक सुवाश शाही, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशी र कप्तान शेर मल्लले संयुक्त रूपमा जर्सी सार्वजनिक गरेका हुन्। राष्ट्रिय टोलीका सदस्य समेत रहेका कप्तान मल्लको नेतृत्वमा रहेको सुदूरपश्चिम टोलीलाई यस सिजनदेखि धनगढीस्थित एसपीए कलेजले मुख्य प्रायोजन गरेको हो। कलेजले महिला र पुरुष दुवै टोलीलाई आगामी तीन वर्षका लागि प्रायोजन गर्ने सम्झौता गरेको जनाएको छ। कार्यक्रममा प्रबन्ध निर्देशक शाहीले टोलीलाई शुभकामना व्यक्त गर्दै प्रदेशलाई च्याम्पियन बनाउने लक्ष्यका साथ अघि बढ्न आग्रह गरे। उनले प्रदेशको क्रिकेटलाई व्यवसायिक बनाउने उद्देश्यले अन्य कर्पोरेट क्षेत्रसँग सहकार्य विस्तार ग...
प्रदेश सभा बैठक एक हप्ताभित्र नबोलाए कडा कदम चाल्ने नेकपाको चेतावनी

प्रदेश सभा बैठक एक हप्ताभित्र नबोलाए कडा कदम चाल्ने नेकपाको चेतावनी

Breaking News 1, मुख्य समाचार, सुदूरपश्चिम
धनगढी- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेश सभाको बैठक एक हप्ताभित्र आह्वान गर्न सरकारलाई अल्टिमेटम दिएको छ। संसदीय दलका नेता खगराज भट्टले बुधबार मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै सात दिनभित्र प्रदेश सभाको नियमित अधिवेशन नबोलाए कडा कदम चाल्ने चेतावनी दिएका हुन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गरिएको उक्त पत्रमा प्रदेश सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरिएको छ। पत्रमा प्रदेश सभाको छैटौँ अधिवेशन अन्त्य भएको लामो समय बितिसक्दा पनि हिउँदे अधिवेशन आह्वान नगरिएकोप्रति आपत्ति जनाइएको छ। साथै चालू आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था अत्यन्त न्यून रहेको तथा सरकारले विकास निर्माणका काममा पर्याप्त ध्यान नदिएको आरोप लगाइएको छ। त्यसैगरी प्रदेश सरकारले सुशासन कायम गर्न नसकेको, मुख्यमन्त्रीमाथि लाग...
बैतडीमा ट्रक दुर्घटना, चालकसहित चार जना घाइते

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चार जना घाइते

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीको पाटन नगरपालिका–८ स्थित झ्याउलेक मोडमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्। नेपालगञ्जबाट सिमेन्ट बोकेर बझाङतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख २८०९ नम्बरको ट्रक गएराति करिब २ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा पाटन नगरपालिका–८ का ३६ वर्षीय चालक कृष्ण विष्ट, सोही स्थानकी २५ वर्षीया निर्मला विष्ट तथा उनका ७ वर्षीय छोरा अभिषेक र ४ वर्षीय छोरा प्रयान्स घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार घाइते चारै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ। दुर्घटनाग्रस्त ट्रक सडकबाट करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।...
बझाङमा डिउटि जाने क्रममा घरकाे बार्दलि बाट लड्दा प्रहरी हवल्दार गम्भीर घाईते

बझाङमा डिउटि जाने क्रममा घरकाे बार्दलि बाट लड्दा प्रहरी हवल्दार गम्भीर घाईते

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- जिल्ला प्रहरी कार्यालय बझाङमा डिउटिका लागि जाने क्रममा  एक जना प्रहरी हवल्दार गम्भीर घाईते भएका छन् । शुक्रबार साँझ करिब ८ बजे सदरमुकाम चैनपुरमा रहेकाे आफ्नाे घर बाट जिल्ला प्रहरी कार्यालयमा डिउटिमा जाने क्रममा प्रहरी हवल्दार खडक बाेहरा आफ्नो घरकाे बार्दलिबाट लड्दा गम्भीर घाइते  भएका हुन् । उनकाे टाउकाेमा गम्भीर चाेट लागेकाे जिल्ला अस्पताल कार्यालय बझाङका कार्यालय प्रमुख डाक्टर सन्दिप ओखेडाले जानकारी दिए । हवल्दार बाेहराकाे डडेल्धुरा दरबन्दी रहेकाे र उनि जि.प्र.का.बझाङमा काजमा  कार्यरत रहेकाे जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक खगेन्द्र धमलाले बताए  । प्रहरि हवल्दार बोहराकाे घर मष्टा गा.पा.५ रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।...
बझाङमा काँग्रेसभित्र अन्तरघातको आरोप, अमर सिंह महरद्वारा छानबिन र कारबाहीको माग

बझाङमा काँग्रेसभित्र अन्तरघातको आरोप, अमर सिंह महरद्वारा छानबिन र कारबाहीको माग

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ- हालै सम्पन्न प्रतिनिधि सदस्य निर्वाचनपछि अमर सिंह महर ले आफूविरुद्ध अन्तरघातको आरोप लगाइएको भन्दै त्यसको सत्यतथ्य छानबिन गर्न माग गरेका छन्। महरले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विज्ञप्तिमा फागुन २१ गतेको निर्वाचनमा आफूले दिनरात खटेर पार्टीका उम्मेदवारलाई जिताउन कुनै कसर बाँकी नराखेको दाबी गरेका छन्। उनले इमान्दारपूर्वक पार्टीका लागि काम गरेको उल्लेख गर्दै आफूविरुद्ध लगाइएको आरोप आधारहीन भएको बताएका छन्। उनका अनुसार निर्वाचन परिणामपछि बसेको समीक्षा बैठकमा उम्मेदवार प्रकाश रसाइली ले ‘विशेष स्रोतबाट अन्तरघात भएको’ भन्दै जिल्ला कमिटीमा आफ्नो नाम जबरजस्ती समावेश गराएको आरोप लगाएका छन्। महरले वास्तविकता नबुझी आफ्नो नाम सार्वजनिक गरी चरित्र हत्या गर्ने प्रयास गरिएको बताएका छन्। यसप्रति आपत्ति जनाउँदै उनले नेपाली काँग्रेस जिल्ला कार्यसमिति बझाङलाई घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्...
कैलालीमा श्रीमतीको हत्या गर्दै श्रीमानले आफैमाथि गाेली प्रहार गरे

कैलालीमा श्रीमतीको हत्या गर्दै श्रीमानले आफैमाथि गाेली प्रहार गरे

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ट्रेन्डिङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी: कैलालीमा श्रीमतीको हत्या गरेर एक जनाले आफूमाथि समेत गाेली चलाएका छन्। गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँमा अन्दाजी ३१  वर्षीय राम बहादुर मगरले जंगलमा बाख्रा चराउन गएका बेला श्रीमती २८ वर्षीया संजिता मगरकाे हत्या गरेको प्रहरीले जनाएको छ । कैलालीका निमित्त प्रमुख प्रहरी नायब  उपरीक्षक(डीएसपी) याेगेन्द्र तिमिल्सिनाले विवादका क्रममा मगरले आफूसँग रहेको भरुवा बन्दुकबाट श्रीमतीलाई गोली हानी हत्या गरेकाे बताए । श्रीमतीकाे हत्यापछि उनले सोही बन्दुकले गोली हानेका थिए । घाइते अवस्थाका उनकाे सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनकी श्रीमतीको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान जारी छ।...
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

Breaking News 2, मुख्य समाचार, समाचार
खोटाङको कोपिलासगढी गाउँपालिका-२ बालावेसीमा डाइनेस्टी एयरको हेलिकोप्टर दुर्घटना भएको छ। कल साइन नम्बर ‘९-एनएफक्यू’ भएको हेलिकप्टर अवतरण गर्ने क्रममा असन्तुलित भएर कान्लामा ठोक्किन गएपछि दुर्घटनाग्रस्त भएको हो। चालकले भिरालो ठाउँको गरामा अवतरण गर्ने प्रयास गरेका थिए। आकाशबाट सन्तुलित रुपमा भुइँमा आइपुगेपछि असन्तुलित भएर हेलिकोप्टरको टाउको माटोमा जोतिएको थियो। हेलिकोप्टरमा चालकसहित ६ जना सवार थिए। प्रहरीका अनुसार दुर्घटनामा परी काजीबहादुर राई घाइतेका छन्। दुर्घटना हुन खोजेपछि पछि चालकले सन्तुलनमा ल्याएर अवतरण गर्ने प्रयास गरेका थिए। सो क्रममा फेरि हेलिकोप्टर गराको माथिल्लो भागमा पुगेको थियो। त्यही बेला सन्तुलनमा ल्याउन कोसिस गर्दागर्दै हेलिकोप्टर घुमेर अगाडिको कान्लामा ठोक्किन पुगेको थियो। ठोक्किएर हेलिकोप्टर उत्तानो परेर लड्यो। दुर्घटना भएको नजिक घरहरु छन्। जिल्ला प्रहरी कार्या...
बैतडीमा युवक मृत फेला

बैतडीमा युवक मृत फेला

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडीमा एक युवक मृत अवस्थामा फेला परेका छन्। जिल्लाको पाटन नगरपालिका–३ गुजरका अन्दाजी २६ वर्षीय नरेश कोली मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो। प्रहरीका अनुसार कोली पाटन नगरपालिका–३ स्थित सुरुङ क्षेत्रको बाटोबाट करिब एक सय मिटर तल खसेर सुर्नया नदी किनारमा मृत अवस्थामा फेला परेका हुन्। मंगलबार घरबाट किनमेलका लागि पाटन बजार गएका कोली अबेरसम्म घर नफर्किएपछि उनका दाइले प्रहरीमा खबर गरेका थिए। त्यसपछि खोजतलास गर्दा बुधबार बिहान करिब ८ बजे सुर्नया नदी किनारमा उनको शव फेला परेको प्रहरी निरीक्षक सिंहले बताउनुभयो।...
इनिशा बिकको न्यायका लागि धनगढीको सडकमा युवाहरू

इनिशा बिकको न्यायका लागि धनगढीको सडकमा युवाहरू

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- हालै बलात्कारपछि हत्या गरिएकी इनि सा बिकको घटनाले देशभर आक्रोश बढिरहेका बेला धनगढीमा युवाहरूले विरोध प्रदर्शन गरेका छन्। पीडितलाई न्याय दिलाउन माग गर्दै सयौं युवाहरू सडकमा उत्रिएका हुन्। प्रदर्शनकारीहरूले दोषीलाई कडा कारबाही गर्न, अनुसन्धान निष्पक्ष र छिटो सम्पन्न गर्न तथा यस्ता घटनाको पुनरावृत्ति रोक्न सरकारसँग माग गरेका छन्। “हामीलाई न्याय चाहियो” लगायतका नारा लगाउँदै उनीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका थिए। उक्त आन्दोलनका क्रममा युवाहरूले जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र (ग्यापन पत्र) समेत बुझाएका छन्। ज्ञापनपत्रमा दोषीलाई कानुनी दायरामा ल्याई कडा सजाय दिन र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गरिएको छ। स्थानीय प्रशासनले घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको जानकारी दिँदै दोषीलाई कानुनी कारबाही गरिने प्रतिबद्धता जनाएको छ। यस घ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज