Advertisement

बझाङ

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमानन्द जोशीको अध्यक्षतामा कार्यसमिति गठन गरेको हो। क्लबले स्थानीयस्तरमा युवालाई संगठित गर्दै सामाजिक सुधार तथा सकारात्मक गतिविधिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदारका रूपमा हेरिएका छन् । ३५ वर्षको उमेरमै विद्यार्थी राजनीतिदेखि पार्टी संगठन, जनप्रतिनिधि र जिल्ला कमिटीसम्मको अनुभव हासिल गरेका उनी राजनीतिक अनुभव, समन्वयकारी क्षमता र स्वच्छ छविका कारण चर्चामा छन् । जोशीको राजनीतिक यात्रा २०६३ सालमा चौधारी माध्यमिक विद्यालय इकाइ कमिटी अध्यक्षबाट सुरु भएको हो । सानै उमेरदेखि राजनीतिक तथा संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका उनले विभिन्न समयमा पार्टीका संगठनात्मक जिम्मेवारी सम्हाल्दै आफ्नो राजनीतिक यात्रा अघि बढाएका हुन् । २०६६ सालमा मौलाली गाउँ विकास समिति उपाध्यक्षको जिम्मेवारी सम्हालेका उनी २०६८ सालमा ७ नम्बर इलाका कमिटी सचिव बने । त्यसपछि २०७१ सालमा २ नम्बर क्षेत्रीय कमिटी सदस्यको जिम्मेवारी प्राप्त गरे । विद्यार्थी राजनी...
बझाङमा ट्याक्टर दुर्घटना, चालकसहित ६ जना घाइते

बझाङमा ट्याक्टर दुर्घटना, चालकसहित ६ जना घाइते

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- जयपृथ्वी नगरपालिका–११ सिमभाडीमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। भोपुरबाट चैनपुरतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४१९३ नम्बरको ट्याक्टर ब्रेक फेल हुँदा सडकबाट करिब १५० मिटर तल सेती नदीमा खसेको हो। ट्याक्टर कैलाली जिल्ला स्थायी घर भएका अन्दाजी ४१ वर्षीय राज चौधरीले चलाएको बताइएको छ। दुर्घटनाका बेला ट्याक्टरमा चालकसहित ६ जना सवार थिए। दुर्घटनामा सबै जना घाइते भएका छन्। घाइतेहरूको अवस्था र दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।...
अपाङ्गता भएकी आशिकालाई विप्लव नेता मल्लद्वारा ह्विलचेयर वितरण

अपाङ्गता भएकी आशिकालाई विप्लव नेता मल्लद्वारा ह्विलचेयर वितरण

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको थलारा गाउँपालिका–३ दिपिलकी १४ वर्षीया आशिका बिकलाई ह्विलचेयर वितरण गरिएको छ। शारीरिक अपाङ्गता भएकी आशिकालाई नेकपा विप्लवका बझाङ जिल्ला इन्चार्ज भरत मल्लले ह्विलचेयर हस्तान्तरण गरेका हुन्। आशिकालाई दैनिकी हिँडडुल गर्न सहज होस् भन्ने उद्देश्य सहित उक्त सामाग्री वितरण गरेको मल्लको भनाइ छ । पुष्पराज जोशी र जिल्ला स्वास्थ्य कार्यालयबाट सूचना पाएपछि आफूले सहयोग गर्ने अवसर पाएका उनलेे बताए । ह्विलचेयर पाएपछि आशिकालाई दैनिक आवतजावत तथा हिँडडुलमा सहज हुने अपेक्षा गरिएको छ। नेता मल्लले विगत लामोसमयदेखि असहाय, अशक्त, दु:खि पीडितलाई सहयोग गर्दै आएका छन् ।...
एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्वीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै विजय हासिल गरेर गाउँ फर्किएका ढाँटलाई समितिले स्वागत गरेको हो। उनलाई गाउँपालिका खेलकुद विकास समिति अध्यक्ष जयदेव भट्टले स्वागत गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए। त्यस्तै, आगामी फाइटको तयारीका लागि ढाँट पुनः प्रस्थान गर्ने क्रममा समितिले बिदाइ गरेको छ। बिदाइ कार्यक्रममा अध्यक्ष भट्टले आगामी प्रतिस्पर्धामा पनि सफलताको शुभकामना दिँदै उत्कृष्ट प्रदर्शनका लागि हौसला प्रदान गरेका थिए। ढाँटले पछिल्लो प्रतिस्पर्धामा हासिल गरेको सफलताले बित्थडचिरको खेलकुद क्षेत्र र स्थानीय खेलाडीहरूमा उत्साह थपिएको समितिले जनाएको छ। अध्यक्ष भट्टले खेलाडीको प्रतिभा र मेहनतलाई प्रोत्साहन गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग र हौसला प्रदान गर्ने प्रत...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अधिवेशनअन्तर्गत सहमतिबाट नेतृत्व चयन हुन नसकेपछि निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन गरिएको हो। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पालिका तहका अधिवेशन असोज ७ गतेबाट सञ्चालन भएको थियो। आइतबार सम्पन्न निर्वाचनबाट मानबहादुर बोहरा ‘मन्नो’ सभापतिमा निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार बोहराले ७७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी मानबहादुर बोहराले ५७ मत प्राप्त गरेका थिए। यस्तै, उपसभापतिमा करुणाकर अवस्थी र प्रमिला अवस्थी निर्वाचित भएका छन्। सचिवमा हरिश ढाँट, सहसचिवमा विक्रम बोहरा र कोषाध्यक्षमा पदम बिष्ट निर्वाचित भएका छन्। नवनिर्वाचित कार्यसमितिले अब पार्टीको संगठन सुदृढीकरण तथा आगामी राजनीतिक गतिविधिमा नेतृत्व गर्नेछ।...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष पदका सम्भावित उम्मेदवारका रूपमा व्यापक चर्चामा रहेका छन् । स्थानीय तहमा पार्टी संगठन विस्तार, कार्यकर्ता परिचालन र जनतासँगको निरन्तर सम्पर्कका कारण खत्रीलाई एमालेभित्र मात्र होइन, समग्र स्थानीय राजनीतिमा पनि प्रभावशाली नेताका रूपमा हेरिने गरिएको छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा खत्री गाउँपालिका अध्यक्ष पदका लागि एमालेबाट सिफारिसमा परेका थिए । तर अन्तिम समयमा पार्टीको निर्णयअनुसार उनले टिकट पाउन सकेनन् । त्यसबेला पनि धेरै कार्यकर्ताले उनलाई सक्षम उम्मेदवारका रूपमा लिएका थिए । टिकट नपाएपछि पनि उनले पार्टीप्रतिको प्रतिबद्धता कायम राख्दै संगठन निर्माण, पार्टीका कार्यक्रम र जनसम्पर्कलाई निरन्तरता दिएका थिए । आगामी निर्वाचनको चर्चा सुरु ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवकाश लिएका छन्। छबिसपाथिभेरा गाउँपालिका–४ झुतेरामा जन्मिएका रेग्मीले भदौ २० गतेदेखि औपचारिक रूपमा शिक्षण सेवाबाट अवकाश लिएका हुन्। ‘रेग्मी सर’का नामले विद्यार्थी, अभिभावक र स्थानीय समुदायमा परिचित रेग्मीले बझाङका विभिन्न विद्यालयमा रहेर हजारौँ विद्यार्थीलाई शिक्षा दिएका छन्। विशेषगरी छबिसपाथिभेरा गाउँपालिका-७ स्थित मजखोरी माध्यमिक विद्यालयमा लामो समय अध्यापन गराएका उनले त्यही विद्यालयको प्रधानाध्यापकको जिम्मेवारीसमेत सम्हाले। रेग्मीले २०६३ देखि २०६९ सालसम्म मजखोरी माध्यमिक विद्यालयको प्रधानाध्यापकका रूपमा नेतृत्व गरेका थिए। त्यसपछि पनि उनी लामो समय सोही विद्यालयमा अध्यापनरत रहे। २०७७ फागुन २२ गतेसम्म मजखोरीमा अध्यापन गरेपछि फागुन २३ गतेदेखि छबिसपाथिभेरा गाउँपालिक...
बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
रमेश केसी- प्रतिनिधिसभा सदस्य ऐन महरले बझाङको विकास र गरिबी निवारणका लागि दलगत स्वार्थभन्दा माथि उठेर साझा उद्देश्यका साथ अघि बढ्नुपर्ने बताएका छन् । उनले बिहीबार जिल्ला समन्वय समिति बझाङको १०औँ जिल्ला सभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । सभालाई सम्बोधन गर्दै उनले आगामी चार–पाँच वर्षमा जनताले प्रत्यक्ष परिवर्तन महसुस गर्ने गरी विकास निर्माणका काम गर्नुपर्ने बताए । महरले बझाङमा सडक सञ्जाल विस्तारलाई प्राथमिकता दिनुपर्ने बताउँदै अबको दुई–चार वर्षमा साइपालको घुलीसम्म सडक पुर्‍याउने लक्ष्यका साथ काम गर्नुपर्ने बताए । खुटिया–दिपायल सडकलाई दुवैतर्फबाट काम हुने गरी तीव्रता दिन आफूले पहल गरिरहेको उनले बताए । करिब १५० किलोमिटरको खुटिया–दिपायल सडक निर्माण भए हाल बझाङबाट धनगढी पुग्नुपर्ने करिब २७० किलोमिटरको दूरी घट्ने उनले बताए । उक्त सडकलाई ताक्लाकोटसम्म जोडेर सुरुङ मार्ग निर्माण गर्...
चैनपुर सहरी खानेपानीको नेतृत्वका लागि आज निर्वाचन, अध्यक्षमा तीन जनाको भिडन्त

चैनपुर सहरी खानेपानीको नेतृत्वका लागि आज निर्वाचन, अध्यक्षमा तीन जनाको भिडन्त

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- चैनपुर सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ कार्यसमिति चयनका लागि बुधबार निर्वाचन हुँदै छ । संस्थाको चौथो अधिवेशन मंगलबार उद्घाटन भएको भए पनि नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियामार्फत नयाँ कार्यसमिति छान्न लागिएको हो । अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास विफल भएपछि निर्वाचन कार्यक्रम तय गरिएको निर्वाचन अधिकृत खगेन्द्रप्रसाद जोशीले जानकारी दिए । उनका अनुसार बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानको समय तोकिएको छ । निर्वाचनमा कुल १ हजार ३ सय ३७ जना उपभोक्ता मतदाता रहेका छन् । संस्थाको मुख्य पद अध्यक्षका लागि लोकेन्द्र विष्ट, लोकेन्द्र खड्का र नरेन्द्र खड्का गरी तीन जना चुनावी मैदानमा छन् । त्यस्तै, उपाध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षका लागि कलक बोहरा, बबिनबहादुर सिंह, खडक सुनार, जुना जाग्री र देवेन्द्र खड्का प्रतिस्पर्धामा उत्...
बिर्सती मेलामा आसन ग्रहण नगराएको भन्दै रास्वपाको आपत्ति

बिर्सती मेलामा आसन ग्रहण नगराएको भन्दै रास्वपाको आपत्ति

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ – बझाङको थलिनौबिस क्षेत्रमा लाग्ने सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिर्सती मेलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोलीलाई आसन ग्रहण नगराएको भन्दै आपत्ति जनाइएको छ। छबिसपाथिभेरा र दुर्गाथलि गाउँपालिकाको बिच बिसौनमा आइतबार मेला उद्घाटन कार्यक्रममा देशको सबैभन्दा ठूलो राजनीतिक दलका रूपमा रहेको रास्वपाको टोली सहभागी भए पनि आयोजकले औपचारिक रूपमा आसन ग्रहण नगराएको भन्दै रास्वपाका प्रतिनिधिले असन्तुष्टि व्यक्त गरेका हुन्। मेलामा सहभागी रास्वपाको टोलीलाई कार्यक्रममा उचित सम्मान तथा प्रतिनिधित्व नगराइएको भन्दै रास्वपा दुर्गाथलि गाउँ कमिटी उपसभापति प्रेम बहादुर जप्रेलले आफ्नो सामाजिक सञ्जाल मार्फत आपत्ति जनाएका छन् । उनलेे आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, गजबकाे बिर्षति मेला धन्यवाद सञ्चालक ज्यु, बिराेध गर्न चाएकाे हाेईन , गम्भीर ध्यानाकर्षण गराउन चाएक...
संविधानमा अधिकार, गाउँमा अँध्यारो: सुर्माको काँडाका २ सय परिवार अझै विद्युत सेवाबाट वञ्चित

संविधानमा अधिकार, गाउँमा अँध्यारो: सुर्माको काँडाका २ सय परिवार अझै विद्युत सेवाबाट वञ्चित

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको सुर्मा गाउँपालिकाकोे काँडाका स्थानीय अझै विद्युत सेवाबाट वञ्चित छन् । सुर्मा गाउँपालिका-५ काँडा टोलका करिब २ सय परिवार विद्युत सेवाबाट वञ्चित् रहेका हुन । राज्यले हरेक नागरिकलाई आधारभूत सेवा सुविधाको पहुँचमा पु¥याउने विभिन्न प्रतिबद्धता जनाउँदै आएको छ। संविधानले समेत नागरिकका आधारभूत आवश्यकतासँग जोडिएका अधिकार सुनिश्चित गरेको छ । सरकारले नीति तथा कार्यक्रममा विद्युतको पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै आएको भए पनि काँडा टोलका नागरिक विद्युत सेवाबाट वञ्चित रहेकोे बताउँछन् । उक्त क्षेत्रको काँडा, तर्सनी, गल्थेभेरा र देउली बस्तीका स्थानीय बासिन्दा लामो समयदेखि विद्युतको पर्खाइमा छन्। जिल्लाका अधिकांश क्षेत्रमा विद्युत सेवा विस्तार भइरहँदा आफूहरू भने अझै उज्यालोको पहुँचबाट बाहिर रहेको स्थानीयको गुनासो छ। विद्युत नहुँदा दैनिक जनजीवनसँगै बालबालिकाको पढाइ, सञ्चार, सूचना प्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज