Advertisement

Author: कामना संवाददाता

कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमानन्द जोशीको अध्यक्षतामा कार्यसमिति गठन गरेको हो। क्लबले स्थानीयस्तरमा युवालाई संगठित गर्दै सामाजिक सुधार तथा सकारात्मक गतिविधिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर गर्दै उनले व्यक्तिगत रूपमा दसैँको उत्सवमा सहभागी नहुने निर्णय गरेका हुन्। भोटेकोशी र बूढीगण्डकी नदीमा आएको बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको घटनाले आफूलाई दुःखी बनाएको बुढाले बताएका छन्। विपत्तिमा परेका परिवारले घरबार गुमाउनुका साथै आफन्तसमेत गुमाउनुपरेको अवस्थामा सामान्य रूपमा चाडपर्व मनाउन नसक्ने उनको भनाइ छ। दसैँलाई खुसी र पारिवारिक मिलनको पर्वका रूपमा लिइए पनि यस वर्ष पीडित परिवारको अवस्थाले आफूलाई उत्सवबाट टाढा रहने निर्णयमा पुर्‍याएको उनले उल्लेख गरेका छन्। बुढाले विपत्तिबाट प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै बेपत्ता भएकाहरूको खोजी तथा उद्धार, घाइतेहरूको उपचार र पीडित परिवारको पुनःस्थापनाका लागि कामना गरेका छन्। दुःखमा परेक...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार
धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय गरेका छन्। भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा तथा बूढीगण्डकी नदीमा आएको बाढीले गोरखा र आसपासका क्षेत्रमा पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले दसैँ नमनाउने निर्णय गरेको बताएका छन्। बाढीका कारण धेरै परिवार घरबारविहीन हुनुका साथै कतिपयले आफ्ना आफन्त र प्रियजन गुमाउनुपरेको उल्लेख गर्दै साउदले देशका नागरिक विपत्तिमा परेका बेला आफूले उत्सव मनाउन उचित नठानेको बताएका छन्। ‘जब देशको एउटा ठूलो हिस्सा पीडामा छ र हजारौँ परिवार आँसुमा डुबिरहेका छन्, तब मेरो मनले कसरी खुसी मनाउन सक्छ?’ उनले आफ्नो भनाइमा उल्लेख गरेका छन्। दसैँ खुसी र उमङ्गको पर्व भए पनि विपत्तिमा परेका नागरिकको दुःखलाई आत्मसात् गर्दै व्यक्तिगत रूपमा यस वर्ष दसैँ नमनाउने न...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले शैक्षिक सत्र २०८३/८४ का लागि एमबीबीएस अध्ययनमा ५० सिट प्राप्त गरेको छ। चिकित्सा शिक्षा आयोगले विश्वविद्यालयमा एमबीबीएस कार्यक्रम सञ्चालनका लागि सिट निर्धारण गरेसँगै सुदूरपश्चिममै चिकित्सक उत्पादन गर्ने बाटो खुलेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले विभिन्न चिकित्सा शिक्षा कार्यक्रमका लागि सिट निर्धारण गरेको हो। आयोगका अनुसार गत वर्षको तुलनामा यस वर्ष चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा ४१८ सिट थपिएका छन्। एमबीबीएसमा मात्रै ११० सिट वृद्धि गरिएको छ। विश्वविद्यालयले एमबीबीएससँगै नर्सिङ, मेडिकल ल्याब टेक्नोलोजी र अप्टोमेट्री विषयमा पनि अध्यापनका लागि सिट माग गरेको थियो। विश्वविद्यालयका उपकुलपति डा. सुनीलकुमार ...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। बझाङको छबिसपाथिभेरा गाउँपालिका–५ थलारामा जन्मिएका डा. धामीलाई विश्वविद्यालयले खुला प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत डीनको जिम्मेवारी दिएको हो। क्लिनिकल फार्माकोलोजी तथा थेराप्युटिक्समा एमडी गरेका उनले सार्वजनिक प्रशासनमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन्। डा. धामीले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापन गरेका छन्। कर्णाली प्रतिष्ठानमा सहप्राध्यापक तथा रेक्टरका रूपमा काम गरिसकेका उनले निमित्त उपकुलपतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार्ड उपलब्ध गराउने ‘हुलाक–सिम सेवा’ सुरु गरेको छ। सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हिजो मन्त्रालयबाट उक्त सेवाको शुभारम्भ गर्नुभएको हो। नयाँ व्यवस्थाअनुसार ग्राहकले नेपाल टेलिकमको वेबसाइटमा रहेको ‘पोस्टल सिम पोर्टल’ मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। आवश्यक कागजातको जाँचपछि सिमकार्डको ९० रुपैयाँ र हुलाकमार्फत वितरण शुल्क ७० रुपैयाँ गरी कुल १६० रुपैयाँ अनलाइन भुक्तानी गर्नुपर्नेछ। भुक्तानी प्रक्रिया पूरा भएपछि नजिकको हुलाक कार्यालयका कर्मचारीले ग्राहकको घरमै सिमकार्ड पुर्‍याउनेछन्। सरकारले सहरी क्षेत्रमा दुई घण्टाभित्र र ग्रामीण क्षेत्रमा तीन दिनभित्र सिमकार्ड वितरण गर्ने लक्ष्य लिएको छ। सेवा शुभारम्भका क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले हुलाक सेवाला...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद सहायता वितरण गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)बाट प्राप्त रकम दोहोरोपना हुन नदिने गरी एकद्वार प्रणालीमार्फत वितरण गरिएको हो। सम्बन्धित पालिकासँगको समन्वयमा रसुवाका पाँच, नुवाकोटका चार र धादिङका दुई गरी ११ पालिकाका प्रभावित परिवारलाई सहायता उपलब्ध गराइएको छ। तथ्याङ्क प्रमाणीकरण हुन बाँकी रहेका करिब १ हजार ४०० परिवारलाई पनि तीन दिनभित्र रकम उपलब्ध गराउने सरकारको तयारी छ। बाढी प्रभावितको दीर्घकालीन पुनःस्थापना र व्यवस्थापनका कामसमेत अघि बढाइएको सरकारले जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढी प्रभावित परिवारलाई तीन वर्षभित्र स्थ...
बझाङमा ट्याक्टर दुर्घटना, चालकसहित ६ जना घाइते

बझाङमा ट्याक्टर दुर्घटना, चालकसहित ६ जना घाइते

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- जयपृथ्वी नगरपालिका–११ सिमभाडीमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। भोपुरबाट चैनपुरतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४१९३ नम्बरको ट्याक्टर ब्रेक फेल हुँदा सडकबाट करिब १५० मिटर तल सेती नदीमा खसेको हो। ट्याक्टर कैलाली जिल्ला स्थायी घर भएका अन्दाजी ४१ वर्षीय राज चौधरीले चलाएको बताइएको छ। दुर्घटनाका बेला ट्याक्टरमा चालकसहित ६ जना सवार थिए। दुर्घटनामा सबै जना घाइते भएका छन्। घाइतेहरूको अवस्था र दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।...
महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव फेला

महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव फेला

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुरको महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको शव पाँच दिनपछि फेला परेको छ। असोज २४ गते चुँडिएको नेपाल टेलिकमको तार तान्ने क्रममा डुङ्गा अनियन्त्रित भएपछि थारू नदीमा बेपत्ता भएका थिए। बुधवार भत्किएको झोलुङ्गे पुलको तारमा अड्किएको अवस्थामा उनको शव फेला परेको हो। नदीको बहाव कम भएपछि दुर्घटनास्थलबाट करिब ५० मिटर तल शव भेटिएको थियो। गोताखोर टोली र नेपाली सेनाले शव निकालेका हुन्। बर्दियाको ठाकुरबाबा नगरपालिका–६ का थारू बेपत्ता हुनुभन्दा एक दिनअघि मात्रै दोधाराचाँदनीस्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा हाजिर भएका थिए।...
सुदूरपश्चिममा बजेटप्रति असन्तुष्टि, एमालेका प्रदेशसभा सदस्य थापाद्वारा राजीनामा

सुदूरपश्चिममा बजेटप्रति असन्तुष्टि, एमालेका प्रदेशसभा सदस्य थापाद्वारा राजीनामा

Breaking News 1
धनगढी - सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै नेकपा (एमाले) का प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । थापाले सभामुखसमक्ष राजीनामा बुझाए पनि उनको राजीनामा अहिलेसम्म स्वीकृत भएको छैन । बजेटप्रति असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएपछि एमालेभित्रको विवादबारे चर्चा चुलिएको छ । मंगलबार प्रदेशसभामा बजेटमाथिको छलफलका क्रममा आफ्नो धारणा राख्न चाहेका थापाले एमाले संसदीय दलका नेता राजेन्द्र रावलसँग बोल्ने समय माग गरेको बताइएको छ । तर, रावलले उनलाई बोल्न समय नदिएको जनाइएको छ । थापाको राजीनामा स्वीकृत नगर्न पार्टीका केन्द्रीय नेताहरूले दबाब दिइरहेको बताइएको छ । यसैबीच, सुदूरपश्चिम प्रदेशसभाबाट मंगलबार चालु आर्थिक वर्षको बजेट पारित भएको छ ।...
भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन

भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ- गएको भदौ १० गते रसुवा–केरुङ क्षेत्रमा आएको विनाशकारी बाढीअघि लाङटाङ लिरुङ हिमालको उत्तरी भिरमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको पाइएको छ । एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (ईसीमोड) ले सार्वजनिक गरेको प्रारम्भिक वैज्ञानिक अध्ययनअनुसार सन् २०२६ जुलाई ७ देखि अगस्ट २४ सम्मको ४८ दिनको अवधिमा ‘सेन्टिनेल–१’ भू–उपग्रहबाट प्राप्त राडार तथ्याङ्कले उत्तरी क्षेत्रको सतहमा ४० सेन्टिमिटरसम्म विस्थापन भएको देखाएको हो । ईसीमोडका महानिर्देशक पेमा ग्याम्छोले राष्ट्रिय विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौँ राष्ट्रिय सम्मेलनमा ‘सन् २०२६ अगस्ट २६ को केरुङ–रसुवा विपद् बुझाइ’ शीर्षकको अध्ययन सार्वजनिक गर्नुभएको हो । अध्ययनअनुसार लाङटाङ लिरुङको उत्तरी भीरबाट अनुमानित १३ करोड २० लाख घनमिटर चट्टान र हिमनदीको बरफ खसेर लेन्दे खोलाको उपत्यकामा पुगेको थियो । त्यसले चट्टान, बरफ, प...
नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
नवरात्रको चौथो दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा देवीको पूजा गर्ने परम्परा छ। धार्मिक मान्यताअनुसार कुष्माण्डा देवीले आफ्ना भक्तजनका आध्यात्मिक, आधिभौतिक र आधिदैविक गरी तीन प्रकारका ताप तथा कष्ट निवारण गर्ने विश्वास गरिन्छ। विभिन्न धार्मिक ग्रन्थमा कुष्माण्डा देवीको महिमा वर्णन गरिएको छ। दुर्गा सप्तशतीको देवी कवचमा पनि त्रिविध तापयुक्त संसार देवी कुष्माण्डाको उदरमा रहेको उल्लेख छ। नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखेसँगै नौ दिनसम्म नवदुर्गाका विभिन्न स्वरूपको पूजा आराधना गर्ने परम्परा छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिएको थियो। आज चौथो दिन कुष्माण्डा देवीको आराधना गरिँदै छ। नवरात्रका नौ दिनस...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज