Advertisement

हाम्रो बारेमा

बझाङका वन पैदावारबाट १ करोड २२ लाख रुपैयाँभन्दा बढी राजस्व, यार्सागुम्बाबाट मात्रै ७५ लाख संकलन

बझाङका वन पैदावारबाट १ करोड २२ लाख रुपैयाँभन्दा बढी राजस्व, यार्सागुम्बाबाट मात्रै ७५ लाख संकलन

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङका वनजंगलबाट संकलन गरिएका जडीबुटी तथा अन्य वन पैदावार निकासीबाट आर्थिक वर्ष २०८२/८३ मा १ करोड २२ लाख ३ हजार ५ सय ५ रुपैयाँ राजस्व संकलन भएको छ। डिभिजन वन कार्यालय बझाङका अनुसार सबैभन्दा बढी यार्सागुम्बाबाट ७५ लाख १९ हजार ३ सय ६० रुपैयाँ राजस्व उठेको छ। ६०० किलो संकलन गर्ने लक्ष्य राखिए पनि यस वर्ष २४२ किलो मात्र यार्सागुम्बा निकासी भएको थियो। यार्सागुम्बाको निकासी दस्तुर प्रतिकिलो ३१ हजार रुपैयाँ तोकिएको छ। यस्तै, झ्याउबाट २ लाख ५० हजार, रातो च्याउबाट २ लाख १८ हजार २ सय ५०, चुर्थो (दारुहल्दी) बाट २ लाख, सल्लो आँख्लाबाट २ लाख ५० हजार, सेतकचिनीबाट २ लाख ५० हजार तथा सिलाजितबाट १ लाख २२ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ। त्यसैगरी कटुकी, जटामसी, पाषाणभेद, बनसुडो, तेजपात, टिमुर, अमला, लोक्ता, कालादाना, विषफेज, चिराइतो, अल्लो, बनलसुन, जंगली मह, सिस्नु, गुच्ची च्...
आज देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने चेतावनी

आज देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने चेतावनी

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- देशभर मनसुनी वायु सक्रिय रहँदा आज अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ, नेपालको तराई भूभाग नजिक रहेकाले वर्षा हुने क्रम जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपात पनि हुन सक्ने जनाइएको छ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह ग...
वर्षाले देशभर सडक सञ्जाल प्रभावित: पाँच राजमार्ग पूर्ण अवरुद्ध, केही सडकमा राति सवारी निषेध

वर्षाले देशभर सडक सञ्जाल प्रभावित: पाँच राजमार्ग पूर्ण अवरुद्ध, केही सडकमा राति सवारी निषेध

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- अविरल वर्षापछि देशका विभिन्न राजमार्ग तथा सडक खण्डमा पहिरो र बाढीका कारण यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार आज बिहान ६ः२० बजेसम्म सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग, मुस्ताङको बेनी जोमसोम सडक, रुकुम पश्चिमको भेरी कोरिडोर, रसुवाको त्रिशूली, मैलुङ,स्याफ्रुबेशी सडक तथा दोलखाको लामासाँगु,रमेछाप राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन्। सिन्धुपाल्चोकको चारकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि अरनिको राजमार्ग बन्द भएको हो। मुस्ताङको थासाङमा पहिरोले बेनी जोमसोम सडक अवरुद्ध बनाएको छ भने रसुवा र दोलखामा बाढीले सडक क्षति पुर्‍याउँदा सवारी आवागमन ठप्प भएको प्रहरीले जनाएको छ। जोखिम न्यूनीकरणका लागि बीपी राजमार्ग र कान्ति लोकपथमा रातिको समयमा सवारी सञ्चालनमा अस्थायी रोक लगाइएको छ। बीपी राजमार्गको खुर्कोट नेपालथोक खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म तथा...
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाइ पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाइ पक्राउ

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाइ पक्राउ परेकाे छ । उनलाई अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आइतबार मध्यरातमा पक्राउ गरेको हो। उनले आइतबार दिउँसो पत्रकार सम्मेलन आयोजना गर्दै आन्दोलन घोषणा गरेका थिए। यसअघि पनि उनले भड्काउ अभिव्यक्ति दिने गरेका थिए। उनले पत्रकार सम्मेलनमा हिन्दु राज्य र राजसंस्था पुनर्स्थापना गर्न आन्दोलनको घोषणा गरेका थिए।...
इरानको चेतावनीः फेरि आक्रमण भए निर्णायक जवाफ दिन्छौं

इरानको चेतावनीः फेरि आक्रमण भए निर्णायक जवाफ दिन्छौं

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- अमेरिकाले इरानमाथि पुनः आक्रमण गरे खाडी क्षेत्रका अन्य देशका ऊर्जा संरचनामाथि पनि जवाफी हमला गर्ने इरानले चेतावनी दिएको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले शनिबार टर्की, पाकिस्तान र साउदी अरेबियाका उच्च अधिकारीहरूसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गर्दै अमेरिकाले कुनै पनि सैन्य कदम चाले त्यसको निर्णायक जवाफ दिइने बताएका हुन्। अराघचीले पाकिस्तानका सेनाप्रमुख फिल्ड मार्शल आसिम मुनिर र टर्कीका विदेशमन्त्री हाकान फिदानसँगको वार्तामा अमेरिकाले थप आक्रमण गरे त्यसले क्षेत्रीय अस्थिरता बढाउने चेतावनी दिएका छन्। उनले कुनै पनि ‘आक्रामक गतिविधि’को इरानले कडा प्रतिकार गर्ने बताएका छन्। त्यसपछि साउदी विदेशमन्त्री प्रिन्स फैसल बिन फरहानसँगको वार्तामा पनि अराघचीले अमेरिका वा इजरायलले आक्रमण गरे वा त्यसमा क्षेत्रीय मुलुकले साथ दिए इरानले अनुपातिक जवाफ दिने बताएका छन्। यसैबीच, इरानको स...
दार्चुलाबाट एक वर्षमा ९० हजार किलोभन्दा बढी हिमाली जडीबुटी निकासी

दार्चुलाबाट एक वर्षमा ९० हजार किलोभन्दा बढी हिमाली जडीबुटी निकासी

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला-  दार्चुलाबाट  ९० हजार १२० किलोग्राम हिमाली जडीबुटी बाहिरी जिल्ला तथा विदेशमा निकासी भएको छ। जडीबुटीका लागि प्रख्यात मानिने दार्चुलाबाट गत आर्थिक वर्ष २०८२/८३ मा उक्त हिमाली बाहिरी अन्य जिल्ला तथा विदेशमा निकासी भएको हाे । जिल्लाबाट कैलाली, नेपालगन्ज, काठमाडौंलगायत स्थानमा जडीबुटी निकासी हुने गरेको छ भने यार्चागुम्बा र वनलसुनजस्ता बहुमूल्य जडीबुटी विदेशमा समेत निर्यात हुने गरेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका वार्डेन अमरसिंह धामीले जानकारी दिए। उनका अनुसार अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय र डिभिजन वन कार्यालयमार्फत जिल्लाबाट हरेक वर्ष १० देखि १२ प्रकारका जडीबुटी निकासी हुने गरेका छन्। बहुमूल्य जडीबुटी यार्चागुम्बा भने अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयमार्फत मात्रै निकासी हुने गरेको छ। डिभिजन वन कार्यालय दार्चुलाका सूचना अधिकारी दुर्गा जोशीका अनुसार गत...
थलारामा स्वास्थ्यकर्मीका लागि पोषणसम्बन्धी क्षमता अभिवृद्धि तालिम

थलारामा स्वास्थ्यकर्मीका लागि पोषणसम्बन्धी क्षमता अभिवृद्धि तालिम

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
बझाङ- जिल्लाकाे थलारा गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूको पोषणसम्बन्धी ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गर्न दुईदिने पोषणसम्बन्धी क्षमता अभिवृद्धि तालिम शुक्रबारदेखि सुरु भएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालित तालिममा पालिकाभित्रका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको छ। तालिममा गर्भवती तथा सुत्केरी महिलाको पोषण, शिशु तथा बाल पोषण, किशोर–किशोरीको पोषण, कुपोषणको पहिचान तथा व्यवस्थापन, पोषण परामर्श, सन्तुलित आहार र समुदायमा पोषण प्रवर्द्धनलगायत विषयमा सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण दिइनेछ। गाउँपालिका अध्यक्ष प्रकाश रोकायाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय बझाङका वरिष्ठ अधिकृत लालबहादुर धामी र थलारा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद जोशी विशिष्ट अतिथिका रूपमा सहभागी रहेका छन्। त...
असाममा मनसुनी बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ८० पुग्यो

असाममा मनसुनी बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ८० पुग्यो

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य समाचार, समाचार
भारतको असाममा मनसुनी बाढीपहिरोका कारण ज्यान गुमाउनेको संख्या ८० पुगेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार गएको आइतबारयता बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ८० पुगेको हो। अत्यधिक मनसुनी वर्षाका कारण ब्रह्मपुत्र नदीमा आएको बाढीले असामका सात जिल्ला प्रभावित भएका छन्। बाढीबाट झण्डै ३ लाख मानिस प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको छ। चराइदेव जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ १ लाख ३७ हजारभन्दा बढी मानिस प्रभावित भएका छन्। यस्तै, शिवसागरमा ८४ हजार र जोर्हाटमा ४९ हजारभन्दा बढी मानिस प्रभावित भएका छन्। यसैबीच, भारतको मौसम विज्ञान विभागले आज पनि असामसहित छिमेकी राज्य अरुणाचल प्रदेश र नागाल्यान्डका केही क्षेत्रमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ।...
गोली लागेर मृत्यु भएका गणेशका परिवारलाई १० लाख राहतसहित आठबुँदे सहमति

गोली लागेर मृत्यु भएका गणेशका परिवारलाई १० लाख राहतसहित आठबुँदे सहमति

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
सिरहा- सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका औरही गाउँपालिका-२ तुलसियाहीका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुधन गुरुङबीच आठबुँदे सहमति भएको छ। मृतक परिवारले अघि सारेका पाँचबुँदे मागमा सरकारका तर्फबाट थप तीन बुँदा समेट्दै सहमति गरिएको गृहमन्त्री गुरुङले जानकारी दिए। सहमति अनुसार गणेश यादवको मृत्यु घटनाको सत्यतथ्य छानबिन गरिने, उनलाई राज्यका तर्फबाट शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाइने र परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइनेछ। यस्तै, मृतकका दाइ र बहिनीलाई निःशुल्क शिक्षा तथा स्वास्थ्य सेवा, गणेशको नाममा पार्क निर्माण र उनका बुबाआमालाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिनेछ। शनिबार नै शव बुझेर दाहसंस्कार गर्ने र त्यसका लागि लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने सहमति भएको छ। गृहमन्त्री गुरुङका अ...
आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर तथा पूर्वी नेपालमा सरदर स्थान आसपास रहेकाले वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ भने अन्य क्षेत्रमा सामान्यतया बदली भएको छ। बागमती प्रदेशका केही तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रका केही तथा पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ। तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको ...
क्यान्सरसँग संघर्षरत दार्चुलाका दीपक राज विष्टलाई उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरसँग संघर्षरत दार्चुलाका दीपक राज विष्टलाई उपचारका लागि आर्थिक सहयोगको अपिल

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुलाको शैल्यशिखर नगरपालिका–६ मिलमिली निवासी दीपक राज विष्ट क्यान्सर रोगसँग संघर्ष गरिरहेका छन्। विगत एक वर्षदेखि क्यान्सरको उपचार गराइरहेका विष्टको हालसम्म तीन पटक शल्यक्रिया भइसकेको छ। चिकित्सकका अनुसार उनको थप शल्यक्रिया तथा नियमित उपचार र औषधोपचार आवश्यक रहेको परिवारले जनाएको छ। उपचारका क्रममा लाखौँ रुपैयाँ खर्च भइसकेपछि परिवारको आर्थिक अवस्था कमजोर बन्दै गएको र थप उपचारका लागि आर्थिक अभाव भएको जनाइएको छ। रोगको पीडासँगै उपचार खर्च जुटाउन कठिन भएपछि विष्टको जीवनरक्षाका लागि सहयोगको अपिल गरिएको हो। परिवारले दीपकको उपचारमा सहयोग गर्न इच्छुक व्यक्ति तथा संघसंस्थालाई आफ्नो सक्दो आर्थिक सहयोग गरिदिन आग्रह गरेको छ। सहयोगका लागि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा दीपक राज विष्टको नाममा रहेको खाता नम्बर १३००५३००००७९५५ मा रकम जम्मा गर्न सकिने जनाइएको छ। परिवारले सहयोग गर्ने सबैलाई धन्यवाद दिँ...
बझाङ विकासका लागि ऐन महरको दौडधुप

बझाङ विकासका लागि ऐन महरको दौडधुप

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
काठमाडौं: बझाङ जिल्लाका विभिन्न स्थानमा आवश्यक मोटरेबल पक्की पुल तथा झोलुङ्गे पुल निर्माणको माग गर्दै स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक अशोक कुमार साहलाई मागपत्र बुझाइएको छ । बझाङबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य ऐन महरसहितको टोलीले पुल्चोकस्थित विभागको कार्यालयमा पुगेर जिल्लामा आवश्यक रहेका पुलहरूको सूची महानिर्देशक साहलाई हस्तान्तरण गरेको हो । भेटका क्रममा महानिर्देशक साहले प्रस्तुत गरिएका मागहरूलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित योजनाहरूलाई आवश्यक प्रक्रिया अनुसार अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको सांसद महरले जानकारी दिएका छन्। बझाङका दुर्गम बस्तीमा वर्षायाममा आवागमनमा हुने कठिनाइलाई मध्यनजर गर्दै आवश्यक स्थानमा मोटरेबल पक्की पुल तथा झोलुङ्गे पुल निर्माणको माग गरिएको जनाइएको छ। यस अवसरमा सांसद महरले बझाङको समग्र विकास सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै जिल्ला...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज