धनगढी – कैलालीमा एक घरमा आगलागी भएको छ ।
जानकी गाउँपालिका–९ पूर्वी खैरीफाटाका रंग भाटको घर र गोठमा मंगलवार दिउँसो आगलागी भएको हो ।
आगलागी हुँदा घर र गोठ पूर्णरुपमा जलेर करिब ६ लाख रूपैयाँ बराबरको क्षती भएको छ ।
प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै घटनाका बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३