Advertisement

कर्मचारीको गल्तीले माइकल  बने करोडपति 

Advertisement

कैलाली – हृालै अमेरिकाको इलिनोइसमा बस्ने माइकल सोपेजस्टल नामका व्यक्ति रातारात करोडपति बने । उनी आफ्नो पौरख वा मिहिनेतबाट भएको आम्दानीले धनी बनेका होइनन् । एकजना कर्मचारीको गल्तीका कारण उनले करोडौं रुपैयाँ जित्न सफल भएका हुन् ।

माइकल आफ्नो मनपर्ने रेष्टुरेन्टमा खाना खानका लागि हरेक केही हप्तामा इण्डियानाबाट मिसिगनसम्म गाडी चलाएर आउने गर्दछन् । मिसिगन लट्रीका अनुसार उनले लक्की फर लाइफको चिट्ठा पनि काट्ने गर्दथे ।

गत सेप्टेम्बर १७ मा गोलो ग्यास स्टेशनका एक खुद्रा बिक्रेताले भुलवस एउटै लक्की ड्रका लागि १० वटा लाइनयुक्त टिकट प्रिन्ट गरेर उनलाई दिए । त्यो जान्दाजान्दै पनि उनले त्यहीँ टिकट नै खरीद गरे ।

उनले भनेका छन्, ‘मैले एउटा बिहान जब आफ्नो टिकट हेरें तब थाहा भयो कि मैले जीवन भरका लागि हरेक वर्षको २५ हजार डलर जितेछु । त्यो हेर्दा त मेरो होसहवास नै उड्यो । अर्थात् मैले ती खुद्रा बिक्रेता कर्मचारकिो एक गल्तीका कारण त्यतिठूलो पुरस्कार जितेको थिएँ ।’

उनी हालै आफुले लट्रीमा जितेको रकम दाबी गर्नका लागि लट्री खुलाएको संस्थाको मुख्यालयमा पुगेका थिए । त्यहाँ गएर उनले जिवनभर वार्षिक २५ हजार डलरको साटो एकै पटकमा तीन लाख ९० हजार डलर भुक्तानी लिने विकल्प छाने । अर्थात् उनले एकैपटकमा करिब पाँच करोड २० लाख रुपैयाँ बराबरको रकम हात पारे ।

चिट्ठामा जितेको सो रकममध्ये केही घुमफिरमा खर्च गर्ने र बाँकी बचत गर्ने उनको योजना छ ।

लक्की फर लाइफ अमेरिकाका करिब दुई दर्जन राज्यहरुसँगै वाशिंटन डिसीमा पनि खेलिन्छ । यसमा पुरस्कारको रुपमा तीन डलरदेखि जीवनभरका लागि प्रतिदिन एक हजार डलर सम्मका पुरस्कार रहेका छन् ।

एजेन्सी

प्रतिक्रिया

छुटाउनुभयो कि ?

च्याउ टिप्न गएका दुई महिलाको गोदावरी नदीमा बाढीले बगाउँदा मृत्यु

च्याउ टिप्न गएका दुई महिलाको गोदावरी नदीमा बाढीले बगाउँदा मृत्यु

धनगढी– कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीमा आएको बाढीले बगाउँदा दुई महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोदावरी नगरपालि...
२७ वर्षपछि पार्टीबाट अलगिए अछामका अविरल, नेपाली कम्युनिष्ट पार्टीलाई ठूलो धक्का

२७ वर्षपछि पार्टीबाट अलगिए अछामका अविरल, नेपाली कम्युनिष्ट पार्टीलाई ठूलो धक्का

अछाम- अछामको मेल्लेख गाउँपालिकाको राजनीतिक वृत्तमा तरंग पैदा हुने गरी नेपाली कम्युनिष्ट पार्टी का पुराना नेता लोकबहादुर बोहरा ‘अवि...
आगलागी पीडित परिवारलाई रु ३२ हजार बढी सहयोग हस्तान्तरण

आगलागी पीडित परिवारलाई रु ३२ हजार बढी सहयोग हस्तान्तरण

धनगढी- कैलालीको चुरे गाउँपालिका- २ देशना सलानीका लालबहादुर सार्कीको परिवारलाई आगलागीबाट भएको क्षतिपछि सङ्कलित सहयोग रकम हस्तान्तरण...
पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ को प्रमुख निर्णायकमा गायिका निरुता खत्री

पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ को प्रमुख निर्णायकमा गायिका निरुता खत्री

चुल्ठिमा रिबनको डोरी, मुन्टा लाउन्या काटा, आउँदा जादा डिठ पणन्छे साइका सुत्न्या कोठा.. यस्तै गीतबाट हजारौँ स्रोता-दर्शकको मन जित...
औषधिको समुचित प्रयोग र फार्मेसी क्षेत्रका चुनौतीबारे नेपालगञ्जमा अन्तरक्रिया

औषधिको समुचित प्रयोग र फार्मेसी क्षेत्रका चुनौतीबारे नेपालगञ्जमा अन्तरक्रिया

  नेपालगञ्ज, । औषधिको समुचित प्रयोग, गुणस्तरीय फार्मेसी सेवा प्रवाह तथा औषधि व्यवस्थापनका समसामयिक चुनौतीबारे सरोकारवालाबी...
आमाको मृत्युपछि भाइ बोकेर विद्यालय जाने बालिका कल्पनाको परिवारलाई रु ४ लाख ५० हजार सहयोग

आमाको मृत्युपछि भाइ बोकेर विद्यालय जाने बालिका कल्पनाको परिवारलाई रु ४ लाख ५० हजार सहयोग

धनगढी- अछामको रामारोसन गाउँपालिका-५ की बालिका कल्पना बुढाको परिवारलाई संकलित रु ४ लाख ५० हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। व...
चुरे गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

चुरे गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

  धनगढी, असार ८ – कैलालीको चुरे गाउँपालिका लाई आर्थिक वर्ष २०८२/०८३ का लागि पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गर...
समाजसेवा र राजनीतिपछि व्यवसायमा युवराज भण्डारी, धनगढीमा ‘होटल लक्ष्मी रेष्टुरेन्ट एण्ड लज’ सञ्चालन

समाजसेवा र राजनीतिपछि व्यवसायमा युवराज भण्डारी, धनगढीमा ‘होटल लक्ष्मी रेष्टुरेन्ट एण्ड लज’ सञ्चालन

धनगढी- बझाङका युवा समाजसेवी तथा राजनीतिक व्यक्तित्व युवराज भण्डारी व्यवसायिक क्षेत्रमा प्रवेश गरेका छन्। लामो समयदेखि समाजसेवा र र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज