
कैलाली – कञ्चनपुरमा घर बनाउने क्रममा सिढी खसेर मिस्त्रीको मृत्यु भएको छ ।
बेलडाँडी गाउँपालिका–३ खैरीघाटमा घरको सिढी निर्माणका क्रममा सिढी खस्दा बेलडाँडी गाउँपालिका–३ बैवाहाका ठेकेदार तथा मिस्त्रीसमेत रहेका २८ वर्षीय सन्तोष डगौराको मृत्यु भएको हो ।
बेलडाँडी गाउँपालिका–३ का वडाअध्यक्ष दुर्गाप्रसाद चौधरीका अनुसार मंगलवार मत्यु भएका सन्तोषको शव पोस्टमार्टमका लागि माहाकाली अस्पतालमा राखिएको छ ।