धनगढीमा ‘रानाथारु भाषा साहित्य सम्मेलन-२०८०’ हुँदै
धनगढी - कैलालीको धनगढीमा प्रथम ‘रानाथारु भाषा साहित्य सम्मेलन-२०८०’ हुने भएको छ ।
शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै मञ्चले मङ्सिर २३ गते धनगढीको रुबस होटेलमा सम्मेलन गरिने जनाएको हो ।
राना कला संस्कृति संरक्षण तथा विकास मञ्चको आयोजनामा उक्त सम्मेलन हुन लागेको हो ।
कार्यक्रममा नेपाल र भारतबाट रानाथारु बुद्धिजीवी, रानाथारु भाषाका ज्ञाता, लोक साहित्यकार, रानाथारू भाषासँग निकट सम्बन्ध भएका साहित्यकार, इतिहासविद्, भाषा विद्हरूलाई आमन्त्रित गरिएको आयोजकले जनाएको छ ।
विश्वव्यापकताको प्रभावले हिन्दी, नेपाली, भोजपुरी, अङ्ग्रेजी जस्ता थुप्रै भाषाको प्रभाव मौलिक भाषामा परिरहेको प्रत्यक्ष प्रभाव विश्लेषण तथा न्यूनीकरण लगायत मौलिक शब्द रक्षाको लागि समेत विभिन्न लेखोट, शिलालेख, पुस्तक प्रकाशन तथा विभिन्न अनुसन्धान, लोकगीत सङ्गीतको संरक्षण सँगै रानाथारु भाषाको मौलिकता एवम् एकर...


