धनगढी – धनगढीस्थित पार्क क्षेत्रको पर्खाल कला संस्कृतिले सुसज्जित हुन थालेको छ ।
सार्वजनिक पर्खालमा वाल पेन्टिङ गरेर धनगढी उपमहानगरपालिकाले सौन्दर्यीकरण गर्न थालेको हो ।
राजनीतिक नारा लेख्न प्रयोग भएका पर्खालमा कला, संस्कृति झल्किने र पर्यटकीय स्थल चिनाउने चित्र कोरिन थालिएको छ ।
धनगढीपार्क क्षेत्रका पर्खालमा थारू समुदायको सखिया नाच, पहाडी समुदायको भुवा नाच, रानाथारू समुदायको मौलिकता झल्काउने चित्र बनाइएको छ ।
यसै गरी सुदूरपश्चिमका पर्यटकीय क्षेत्रसहित प्रसिद्ध धार्मिक स्थलको चित्र पनि पर्खालमा उतारिएको छ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३