Advertisement

जीर्ण बन्दै बाजुराका कोटघर

Advertisement

बाजुरा – बाजुराका विभिन्न ठाउँमा रहेका तत्कालीन राजाका दरबार ९कोटघर० जीर्ण बन्दै गएका छन् ।

 बाइसे चौबिसे राजाको पालामा निर्माण गरिएका दरबार (कोटघर) मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएका हुन् ।

तत्कालीन राजा मुकुद्रबहादुर सिंहको पालादेखि निर्माण गरिएको बुढीगङ्गा नगरपालिका–१, कुडीकोट दरबार पछिल्लो पुस्ताको बेवास्ताका कारण जीर्ण बन्दै गएको स्थानीय बुद्धिजीवी जहरसिंह थापाले बताए ।

सो दरबार (कोटघर) मा एक पटक एक्कासि आगलागी हुँदा कुँडीका राजा राजेश सिंहले पुनर्निर्माण गरेका हुन् । त्यसपछि कहीँ कतैबाट मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएको जानकारी उनले दिए । 

ऐतिहासिक तथा पुरातत्व रूपमा महत्वपूर्ण मानिएका कोटघरलाई अहिले पनि उत्तिकै चासोका साथ हेरिने गरिन्छ । खप्तड छेडेदह गाउँपालिका–१, काँडाकोट दरबार र बुढीगङ्गा नगरपालिका–१ को कुँडीकोट दरबार जीर्ण अवस्थामा छन् । 

२०७५र७६ सालमा स्थानीय सरकारले दरबार मर्मत सम्भार गरेको भए पनि पुनः निर्माण नहुँदा जीर्ण बन्दै गएका हुन् । बुढीगङ्गा–४ मा रहेको बार्जुकोट दरबार पनि भग्नावशेष अवस्थामा बदलिएको छ । 

प्रदेश सरकारको आर्थिक सहयोगमा बार्जुकोट दरबार भएको स्थानमा भ्युटावर निर्माण गरेको भए पनि दरबार भने भग्नावशेष अवस्थामा नै रहेको छ । पुराना ती दरबारको स्थानीय सरकारले जीर्णोद्धार गर्न रकम विनियोजन गरेको बुढीगङ्गा–१ का वडाध्यक्ष रणबहादुर थापाले बताए ।

बार्जुकोट दरबारलाई पर्यटकीय क्षेत्र बनाएर संरक्षण गर्ने प्रयासस्वरूप सम्बन्धित पक्षसँग छलफल गरेका छौँ तर अझै सहमति हुन सकेको छैन, बुढीगङ्गा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँले बताए।  गोरखापत्रबाट

प्रतिक्रिया

छुटाउनुभयो कि ?

अछाममा एमालेतर्फ आकर्षण : चौरपाटीमा रामबहादुर साउँदसहित डुङ्ग्री टोलनै एमालेमा प्रवेश

अछाममा एमालेतर्फ आकर्षण : चौरपाटीमा रामबहादुर साउँदसहित डुङ्ग्री टोलनै एमालेमा प्रवेश

अछाम- अछामको चौरपाटी गाउँपालिका-३ को एक गाउँ नै नेकपा एमालेमा प्रवेश गरेको छ। पूर्व समाजवादी गाउँ कमिटी अध्यक्ष तथा निर्वाचित वडाध...
प्रतिनिधि सभा निर्वाचन २०८२ : प्रत्यक्षतर्फ मतगणना अन्तिम चरणमा, ४ सिटको नतिजा आउन बाँकी

प्रतिनिधि सभा निर्वाचन २०८२ : प्रत्यक्षतर्फ मतगणना अन्तिम चरणमा, ४ सिटको नतिजा आउन बाँकी

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। अब केवल चार वटा निर्वाचन क्षेत्रको नतिजा ...
अछाम- २ मा एमालेका यज्ञबहादुर बोगटी विजयी, पुष्प शाहलाई ४७२ मतले पराजित

अछाम- २ मा एमालेका यज्ञबहादुर बोगटी विजयी, पुष्प शाहलाई ४७२ मतले पराजित

अछाम- अछाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।  अन्तिम सार्वजनिक परिणाम अनुसार नेक...
पराजयपछि पनि जनतामाझ दिपक : संसद नपुगे पनि सडकबाट जनताको आवाज उठाउँछु

पराजयपछि पनि जनतामाझ दिपक : संसद नपुगे पनि सडकबाट जनताको आवाज उठाउँछु

अछाम- प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका नेकपा एमालेका उम्मेदवार दिपक साउँद मतदातालाई धन्यवाद ज्ञापन गर्न चौरपाटी गाउँपालिक...
अछाम- १ मा भरत स्वाँरलाई दिपक साउँदको पहिलो बधाई, मतदाताप्रति आभार, राजनीतिक संस्कारको उदाहरण प्रस्तुत

अछाम- १ मा भरत स्वाँरलाई दिपक साउँदको पहिलो बधाई, मतदाताप्रति आभार, राजनीतिक संस्कारको उदाहरण प्रस्तुत

अछाम - अछाम- १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली काँग्रेसका भरत कुमार स्वाँरलाई नेकपा एमालेका उम्मेदवार दिपक साउँदले बधाई ...
अछाम- १ मा कांग्रेसका भरतकुमार स्वाँर विजयी, भीम रावल पराजित

अछाम- १ मा कांग्रेसका भरतकुमार स्वाँर विजयी, भीम रावल पराजित

अछाम- प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत अछाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँर विजयी भएका छन्। ...
अछाम- १ मा भीम रावल पछि, भरतकुमार स्वाँरको अग्रता

अछाम- १ मा भीम रावल पछि, भरतकुमार स्वाँरको अग्रता

अछाम क्षेत्र नम्बर १ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ। नेपाली कम्युनिष्ट पार्टीका भीम रावल...
बझाङमा एमालेका ऐन महरको अग्रता कायमै, कांग्रेसका स्नेही पछ्याउँदै

बझाङमा एमालेका ऐन महरको अग्रता कायमै, कांग्रेसका स्नेही पछ्याउँदै

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बझाङमा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार ऐन महरले अग्रता बढाउँदै गइरहेका छन्। हालसम्मको ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज