Advertisement

वीरको निर्देशकबाट हटाएपछि डा सन्तोषले भने- स्वास्थ्यमन्त्रीको हर्कतबाट लोकतन्त्र लजाएको छ

Advertisement

काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालको निर्देशकको जिम्मेवारीबाट हटाएर स्वास्थ्य मन्त्रालयमा तानेपछि डा सन्तोष पौडेलले स्वास्थ्यमन्त्री मोहन बस्नेतको निर्णयको विरोध गरेका छन्। 

डा पौडेलले मन्त्रालयको पत्र सामाजिक सञ्जाल फेसबुकमा राख्दै ‘मन्त्रीको हर्कतबाट लोकतन्त्र लजाएको’ लेखेका छन्। 

डा पौडेलले दुई वर्षको अवधि तोकी नियुक्ति पाएको आफूलाई राजनीतिक अस्थाका आधारमा निर्देशकबाट हटाइएको र हाडजोर्नी विशेषज्ञ सर्जनलाई मन्त्रालयमा तानिएको विषय पनि लेखेका छन्। 

उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाज्ञ अक्षम भनेर तत्कालिन राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्रीबाट हटाएको विषय लेख्दै मन्त्रालयको निर्णयको विरोध गरेका हुन्।

यस्तो छ डा सन्तोषले फेसबुकमा लेखेको विवरण
अधिनायक तत्कालिन राजा ज्ञानेन्द्र शाहले शेर बहादुर देउवालाई प्रमबाट हटाउँटा ‘निर्वाचन गराउन नसकेको अक्षम’ भनेर आरोप लगाएर हटाएको इतिहास छ!  दुई वर्षको अवधि तोकी नियुक्त्ती पाएको मलाई त राजनीतिक आस्थाका आधारमा निर्देशकबाट हटाएको मात्र हैन हाडजोर्नीको बिशेषज्ञ सर्जनलाई मन्त्रालयमा तानियो!!??  यो राणा शासन भन्दा कडा अधिनयकबाद हो!! 
विधिको शासनको रट लगाएर नथाक्ने नेपाली कांग्रेसका मन्त्रीको यो हर्कतबाट “लोकतन्त्र लजाएको छ”!!

निर्वाचन आयोगले वीर अस्पतालका कार्यकारी निर्देशक डा पौडेल नेपाल कम्युनिष्ट पार्टी एमालेको सदस्य र जनसंगठनको महासचिव पदमा क्रियाशील रहेको भन्दै आवश्यक कार्यार्थका लागि स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको थियो। सोही पत्रपछि मन्त्री बस्नेतले बिहीबार डा पौडेललाई मन्त्रालयमा तान्ने निर्णय गरेका थिए।

डा सन्तोष गत फागुनमा नेकपा एमालेबाट स्वास्थ्य मन्त्री बनेका पदम गिरीको पालामा अस्पतालको निर्देशक नियुक्त भएका थिए। 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

अछाममा नाबालिकामाथि नग्न भिडियो बनाएर ४ वर्षसम्म ब्ल्याकमेल र बलात्कार, आरोपी शाहीविरुद्ध १० वर्ष कैद माग

अछाममा नाबालिकामाथि नग्न भिडियो बनाएर ४ वर्षसम्म ब्ल्याकमेल र बलात्कार, आरोपी शाहीविरुद्ध १० वर्ष कैद माग

सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान गरी एक किशोरीलाई नग्न भिडियोको डर देखाएर विगत ४ वर्षदेखि निरन्तर बलात्कार र ब्ल्याकमेल गर्दै आए...
अछाममा एमालेतर्फ आकर्षण : चौरपाटीमा रामबहादुर साउँदसहित डुङ्ग्री टोलनै एमालेमा प्रवेश

अछाममा एमालेतर्फ आकर्षण : चौरपाटीमा रामबहादुर साउँदसहित डुङ्ग्री टोलनै एमालेमा प्रवेश

अछाम- अछामको चौरपाटी गाउँपालिका-३ को एक गाउँ नै नेकपा एमालेमा प्रवेश गरेको छ। पूर्व समाजवादी गाउँ कमिटी अध्यक्ष तथा निर्वाचित वडाध...
प्रतिनिधि सभा निर्वाचन २०८२ : प्रत्यक्षतर्फ मतगणना अन्तिम चरणमा, ४ सिटको नतिजा आउन बाँकी

प्रतिनिधि सभा निर्वाचन २०८२ : प्रत्यक्षतर्फ मतगणना अन्तिम चरणमा, ४ सिटको नतिजा आउन बाँकी

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। अब केवल चार वटा निर्वाचन क्षेत्रको नतिजा ...
अछाम- २ मा एमालेका यज्ञबहादुर बोगटी विजयी, पुष्प शाहलाई ४७२ मतले पराजित

अछाम- २ मा एमालेका यज्ञबहादुर बोगटी विजयी, पुष्प शाहलाई ४७२ मतले पराजित

अछाम- अछाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।  अन्तिम सार्वजनिक परिणाम अनुसार नेक...
पराजयपछि पनि जनतामाझ दिपक : संसद नपुगे पनि सडकबाट जनताको आवाज उठाउँछु

पराजयपछि पनि जनतामाझ दिपक : संसद नपुगे पनि सडकबाट जनताको आवाज उठाउँछु

अछाम- प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका नेकपा एमालेका उम्मेदवार दिपक साउँद मतदातालाई धन्यवाद ज्ञापन गर्न चौरपाटी गाउँपालिक...
अछाम- १ मा भरत स्वाँरलाई दिपक साउँदको पहिलो बधाई, मतदाताप्रति आभार, राजनीतिक संस्कारको उदाहरण प्रस्तुत

अछाम- १ मा भरत स्वाँरलाई दिपक साउँदको पहिलो बधाई, मतदाताप्रति आभार, राजनीतिक संस्कारको उदाहरण प्रस्तुत

अछाम - अछाम- १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली काँग्रेसका भरत कुमार स्वाँरलाई नेकपा एमालेका उम्मेदवार दिपक साउँदले बधाई ...
अछाम- १ मा कांग्रेसका भरतकुमार स्वाँर विजयी, भीम रावल पराजित

अछाम- १ मा कांग्रेसका भरतकुमार स्वाँर विजयी, भीम रावल पराजित

अछाम- प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत अछाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँर विजयी भएका छन्। ...
अछाम- १ मा भीम रावल पछि, भरतकुमार स्वाँरको अग्रता

अछाम- १ मा भीम रावल पछि, भरतकुमार स्वाँरको अग्रता

अछाम क्षेत्र नम्बर १ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ। नेपाली कम्युनिष्ट पार्टीका भीम रावल...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज