Advertisement
Wednesday, July 9

वीरको निर्देशकबाट हटाएपछि डा सन्तोषले भने- स्वास्थ्यमन्त्रीको हर्कतबाट लोकतन्त्र लजाएको छ

Advertisement

काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालको निर्देशकको जिम्मेवारीबाट हटाएर स्वास्थ्य मन्त्रालयमा तानेपछि डा सन्तोष पौडेलले स्वास्थ्यमन्त्री मोहन बस्नेतको निर्णयको विरोध गरेका छन्। 

डा पौडेलले मन्त्रालयको पत्र सामाजिक सञ्जाल फेसबुकमा राख्दै ‘मन्त्रीको हर्कतबाट लोकतन्त्र लजाएको’ लेखेका छन्। 

डा पौडेलले दुई वर्षको अवधि तोकी नियुक्ति पाएको आफूलाई राजनीतिक अस्थाका आधारमा निर्देशकबाट हटाइएको र हाडजोर्नी विशेषज्ञ सर्जनलाई मन्त्रालयमा तानिएको विषय पनि लेखेका छन्। 

उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाज्ञ अक्षम भनेर तत्कालिन राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्रीबाट हटाएको विषय लेख्दै मन्त्रालयको निर्णयको विरोध गरेका हुन्।

यस्तो छ डा सन्तोषले फेसबुकमा लेखेको विवरण
अधिनायक तत्कालिन राजा ज्ञानेन्द्र शाहले शेर बहादुर देउवालाई प्रमबाट हटाउँटा ‘निर्वाचन गराउन नसकेको अक्षम’ भनेर आरोप लगाएर हटाएको इतिहास छ!  दुई वर्षको अवधि तोकी नियुक्त्ती पाएको मलाई त राजनीतिक आस्थाका आधारमा निर्देशकबाट हटाएको मात्र हैन हाडजोर्नीको बिशेषज्ञ सर्जनलाई मन्त्रालयमा तानियो!!??  यो राणा शासन भन्दा कडा अधिनयकबाद हो!! 
विधिको शासनको रट लगाएर नथाक्ने नेपाली कांग्रेसका मन्त्रीको यो हर्कतबाट “लोकतन्त्र लजाएको छ”!!

निर्वाचन आयोगले वीर अस्पतालका कार्यकारी निर्देशक डा पौडेल नेपाल कम्युनिष्ट पार्टी एमालेको सदस्य र जनसंगठनको महासचिव पदमा क्रियाशील रहेको भन्दै आवश्यक कार्यार्थका लागि स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको थियो। सोही पत्रपछि मन्त्री बस्नेतले बिहीबार डा पौडेललाई मन्त्रालयमा तान्ने निर्णय गरेका थिए।

डा सन्तोष गत फागुनमा नेकपा एमालेबाट स्वास्थ्य मन्त्री बनेका पदम गिरीको पालामा अस्पतालको निर्देशक नियुक्त भएका थिए। 

माहाओम राज जोशी

माहाओम राज जोशी यस कामना टेलिभिजनको अन्लाइन पत्रीका कामना टुडेका सम्पादक हुनुहुन्छ | त्रीभुवन विश्वविद्यालय बाट फार्मेशी विषयमा स्नातक गर्नु भयका उनले समय सार्न्दर्भिक तथा स्वास्थ्य क्षेत्रमा कलम चलाउछन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

गोदावरी नदीको टापुमा फसेका ६ जनाको सकुशल उद्दार

गोदावरी नदीको टापुमा फसेका ६ जनाको सकुशल उद्दार

धनगढी- कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीमा अचानक आएको बाढीले टापुमा फसेका ६ जनाको सकुशल उद्दार गरिएको छ। इलाका प्र...
दार्चुलाको शैल्यशिखरमा ‘ओखर पकेट कार्यक्रम’को रकम हिनामिना : जीवितलाई मृत देखाएर फर्जी कागज बनाइएको खुलासा

दार्चुलाको शैल्यशिखरमा ‘ओखर पकेट कार्यक्रम’को रकम हिनामिना : जीवितलाई मृत देखाएर फर्जी कागज बनाइएको खुलासा

दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालिकामा सञ्चालित ‘ओखर पकेट क्षेत्र कार्यक्रम’मा रकम हिनामिना गर्न जीवित व्यक्तिलाई मृत देखाएर फ...
रसुवा बाढी अपडेट : चिनियाँ नागरिकसहित १९ बेपत्ता, ९ को शव भेटियो

रसुवा बाढी अपडेट : चिनियाँ नागरिकसहित १९ बेपत्ता, ९ को शव भेटियो

काठमाडौँ– रसुवामा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीमा परी ज्यान गुमाउनेको संख्या ९ पुगेको छ भने १९ जना अझै बेपत्ता ...
मनसुन सक्रिय : आज दिउँसो तीन र राति चार प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय : आज दिउँसो तीन र राति चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यू...
भारी वर्षा नपरे पनि भोटेकोशीमा किन आयो बाढी

भारी वर्षा नपरे पनि भोटेकोशीमा किन आयो बाढी

काठमाण्डाै– जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको भू–भागमा भारी वर्षा नभए पनि रसुवाकाे नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा ...
इन्जिनियर दीपक बोहराको लगनशीलता: विकट बस्तीमा विकासको उज्यालो

इन्जिनियर दीपक बोहराको लगनशीलता: विकट बस्तीमा विकासको उज्यालो

बझाङ, मष्टा — सुदूरपश्चिमको विकट बस्ती मष्टा गाउँपालिकामा विकासको उज्यालो फैलाउन इन्जिनियर दीपक बोहराको योगदान उल्लेखनीय बन्दै गए...
छोरी गुमाएका धामीलाई नेपाल कम्युनिष्ट पार्टी (विप्लव) टोल कमिटीद्वारा आर्थिक सहायता

छोरी गुमाएका धामीलाई नेपाल कम्युनिष्ट पार्टी (विप्लव) टोल कमिटीद्वारा आर्थिक सहायता

बझाङ — जिल्लाको केदारस्यूँ गाउँपालिका–५ का भरत धामीलाई छोरी गुमाएको पीडामा थोरै भए पनि राहत पुगोस् भनेर नेपाल कम्युनिष्ट पार्टी (व...
स्वास्थ्य शाखाद्वारा नर्सिङ कर्मचारीलाई स्वास्थ्य सामाग्री वितरण

स्वास्थ्य शाखाद्वारा नर्सिङ कर्मचारीलाई स्वास्थ्य सामाग्री वितरण

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाले नर्सिङ कर्मचारीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । स्वास्थ्य सेवामा खटिएका ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज