Advertisement

हाम्रो बारेमा

सुदूरको कला संस्कृत झल्काउँदै धनगढी 

समाचार
धनगढी -  धनगढीस्थित पार्क क्षेत्रको पर्खाल कला संस्कृतिले सुसज्जित हुन थालेको छ । सार्वजनिक पर्खालमा वाल पेन्टिङ गरेर धनगढी उपमहानगरपालिकाले सौन्दर्यीकरण गर्न थालेको हो ।  राजनीतिक नारा लेख्न प्रयोग भएका पर्खालमा कला, संस्कृति झल्किने र पर्यटकीय स्थल चिनाउने चित्र कोरिन थालिएको छ ।  धनगढीपार्क क्षेत्रका पर्खाल विगतमा पर्चा, पम्प्लेटले भरिभाउ हुन्थ्यो । अब भने त्यसमा थारू समुदायको सखिया नाच, पहाडी समुदायको भुवा नाच, रानाथारू समुदायको मौलिकता झल्काउने चित्र बनाइएको छ ।  यसै गरी सुदूरपश्चिमका पर्यटकीय क्षेत्रसहित प्रसिद्ध धार्मिक स्थलको चित्र पनि पर्खालमा उतारिएको छ । धनगढीको सौन्दर्य बढाउने उद्देश्यका साथ पर्खालमा कला, संस्कृति झल्किने र पर्यटकीय स्थलको उजागर गर्ने खालका चित्र बनाउने कार्य भइरहेको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताए । पर्खालमा ब...

कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु 

समाचार
धनगढी - कैलालीको लम्कीमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।  बिहिवार साँझ पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ५ ख ८७०० नम्बरको बसले ठक्कर दिँदा मोहोन्याल गाउँपालिका ७ का ३७ वर्षीय डम्बरबहादुर विष्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। लम्कीचुहा नगरपालिका वडा नम्बर २ गणेशपुर चोकमा पैदलयात्रा गरीरहेका बिष्टलाई बसले ठक्कर दिदा गम्भीर घाईते भएका बिष्टलाई उपचारको लागि लालरत्न अस्पताल लगीएको थियो। त्यहाँ उपचार सम्भव नभएपछी थप उपचारका लागि उनलाई नेपालगञ्ज मेडीकल कलेज कोहलपुर रिफर गरिएको थियो ।  घाईते बिष्टको उपचारको क्रममा कोहलपुरमा गएराति १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय लम्कीको नियन्त्रणमा रहेका छन् ।...
बैतडीको डिलासैनी गाउँपालिकाले अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता गर्ने

बैतडीको डिलासैनी गाउँपालिकाले अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता गर्ने

खेलकुद, बैतडी, सुदूरपश्चिम
हरिशचन्द्र भाटबैतडी : बैतडीको डिलासैनी गाउँपालिकाले अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता गर्ने भएको छ। पुस २ गतेदेखि शुरू हुने प्रतियोगिताको प्रथम पुरस्कार ५१ हजार रहेको डिलासैनी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख महादेव भट्टले बताए । यस्तै द्वितीय पुरस्कार ३१ हजार र तृतीय हुने टोलीले १६ हजार पुरस्कार पाउने जनाइएको छ। डिलासैनी गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार प्रतियोगिताको आयोजना गरिएको गाउँपालिका अध्यक्ष सन्तोशप्रकाश जोशीले जानकारी दिनुभयो। पुस ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू हरिनगर खेलमैदानमा सञ्चालन हुने डिलासैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्ट यदुले बताए।प्रतियोगितामा सहभागी हुने टोलीका खेलाडीहरू डिलाशैनी गाउँपालिका भित्रका स्थायी बासिन्दा मात्र हुनुपर्ने गाउपालिकाले जनाएको छ। टीम दर्ताको शुल्क ५ हजार रहेको र दर्ता समय मंसिर ३० देखि पुस १ गतेक...

एनएसएलमा बुटवल लुम्बिनीलाई हराउँदै धनगढी विजयी

समाचार
कैलाली - नेपाल सुपर लिग (एनएसएल) मा धनगढीले जित हासिल गरेको छ । बिहीबार साँझ दशरथ रङ्गशालामा भएको खेलमा बुटवल लुम्बिनिलाई १–० ले पराजित गरेको हो । धनगढीको जितमा ओलावाले आफिजले इन्जुरी समयमा गरेको एकमात्र गोल निर्णायक बन्यो । धनगढीको यो लगातार दोस्रो जिते हो भने बुटवल लुम्बिनीको दोस्रो हार हो । एनएसएलको दोस्रो संस्करणमा ९ वटा टोली सहभागी छन् । एनएसएलमा आज शुक्रवार वीरगञ्ज युनाइटेड एफसी र चितवन एफसीबीच खेल हुनेछ । खेल बेलुकी साढे ५ बजे दशरथ रङ्गशालमा सुरु हुनेछ ।...

कैलालीमा बंगुरमा देखियो रेविज

समाचार
धनगढी - कैलालीका बंगुरमा पहिलो पटक रेविज पुष्टि भएको छ।  कैलालीको लम्की चुहा नगरपालिका–१० मा मरेको बंगुरको मस्तिष्कको बिहीवार नमूना परिक्षण गर्दा रेविज पाइएको हो। पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले बंगुरमा रेविज अन्वेषण भएको यो पहिलो घटना भएको जनाएको छ । साथै बिहीवार नै कञ्चनपुरको बेलौरीबाट लिइएको स्यालको मस्तिष्कको नमूनामा पनि रेविज पुष्टि भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले बताएको छ ।...

आज विश्व एड्स दिवस मनाइँदै

समाचार
कैलाली - आज ३६ औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य गरौँ’ भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।  एचआईभी र एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन हरेक वर्ष डिसेम्बर १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले दिवसको अवसरमा विभिन्न चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गर्दै आएको छ । केन्द्रका अनुसार नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिमा एचआईभी सङ्क्रमण भएको अनुमान छ ।  नेपालमा हरेक दिन एक जना एचआईभीबाट सङ्क्रमित हुने गरेको तथ्याङ्क छ ।  सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने तथा असुरक्षित शारीरिक सम्पर्कका कारण एचआईभी एड्सको जोखिम हुने केन्द्रले जनाएको छ । दिगो विकास लक्ष...

यस्तो छ आजको मौसम 

समाचार
कैलाली - हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।  जसको प्रभावले हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।  आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा  आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका  उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको  उच्च पहाड...

सुप समाज कोरियाद्वारा धनगढीको मानव सेवा आश्रमलाई पलङ्ग सहयोग

समाचार
धनगढी - कैलालीको धनगढीमा रहेको मानव सेवा आश्रमलाई १४ थान पलङ्ग सहयोग गरिएको छ ।  सुदूरपश्चिम समाज दक्षिण कोरियाले एक लाख १५ हजार मूल्यका १४ थान पलङ्ग सहयोग गरेको हो। मानव सेवा आश्रम सुदूरपश्चिमका संयोजक आदर्श ढकालका अनुसार समाजका पूर्व अध्यक्ष सन्तोष सर्वणकार र पूर्व वरिष्ठ उपाध्यक्ष डिआर पनेरुले पलङ्ग हस्तान्तरण गरेका हुन् ।  सुदूरपश्चिम समाज दक्षिण कोरियाले विगतका दिनदेखि आश्रमलाई सहयोग गर्दै आइरहेको छ ।...

धनगढीमा अपाङ्गता युवा उद्यमशीलता मिनी महोत्सव हुने

समाचार
धनगढी - कैलालीको धनगढीमा अपाङ्गता युवा उद्यमशीलता र स्वरोजगार मिनी महोत्सव हुने भएको छ। मंसिर १७ र १८ गते धनगढी उपमहानगरपालिकाको प्राङ्गणमा महोत्सव हुने राष्ट्रिय अपाङ्ग महासंघका सुदूरपश्चिम अध्यक्ष मानबहादुर साउँदले बताए।  ‘दिगो विकासका लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिहरूको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धत’ भन्ने मुल नाराका साथ दुई दिने मिनी महोत्सवमा अपाङ्गता भएका व्यक्तिले निर्माण गरेका विभिन्न सामग्री राखिने उनले बताए । महोत्सवमा विभिन्न १० वटा स्टल रहने, अपाङ्गगता भएका व्यक्तिहरूको जीवनी राखिने र विभिन्न व्यवसायी, विद्यालयका बालबालिका र सर्वसाधारणलाई महोत्सव अवलोकन गर्ने व्यवस्था मिलाइने जनाइएको छ ।  महोत्सवमा अपाङ्गगता भएका व्यक्तिको क्षमता पहिचान गर्ने, उनीहरूका लागि रोजगार प्रबर्द्धन गर्ने र अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारी दिने निजी क्षे...

मोटरसाइकल दुर्घटना हुँदा एकै घरका तीन जनाको मृत्यु

समाचार
कैलाली - मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो १ बजे मकवानपुरगढी गाउँपालिका-२ धवाडीपुलस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा आमा-छोरीसँगै बुवाको पनि मृत्यु भएको हो । सुकौराबाट कान्तिलोकपथतर्फ जाँदै गरेको प्रदेश ३-०२-०१२ प ६९११ नं.को मोटरसाइकल आफैं अनियन्त्रित भएर पुलछेउबाट अन्दाजी १० मिटर तल खसेको थियो । दुर्घटनामा चालक मकवानपुरगढी-२ कुर्लेपाखा बस्ने अन्दाजी ३५ वर्षीय भीमबहादुर स्याङतानको टाउकोमा चोट लागेको थियो । गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा प्रारम्भिक उपचारपछि चितवन मेडिकल कलेज पठाइएको थियो । त्यहाँ लग्नेक्रममा बाटोमै मृत्यु भएको जनाइएको छ ।  मोटरसाइकलमा सवार उनकी श्रीमती ३४ वर्षीया रूपा र अन्दाजी ४ महिने छोरीको घटनास्थलमै मृत्यु भएको हो ।...

झुलाघाटमा झन्डोत्तोलन गरी सुरु गरियो एमालेको सङ्कल्प यात्रा

समाचार
कैलाली - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डा झन्डोत्तोलन गरी झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा प्रारम्भ गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले बिहीबार बिहान साढे ८ बजे झुलाघाटको महाकाली नदी किनारमा झन्डोत्तोलन गरी सङ्कल्प यात्राको उद्घाटन गरेका हुन् ।   सङ्कल्प यात्रा आरम्भको उद्घाटन सत्रमा बोल्न हुँदै ओलीले यो यात्रा संवादको यात्रा, सम्भावनाको यात्रा, अध्ययनको यात्रा र सुखी नेपाली समृद्ध नेपाल बनाउने यात्रा भएको बताए ।  अध्यक्ष ओलीले बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङसम्मको मध्य पहाडी भूभागको अध्ययन, अवलोकन गरी विकासको सम्भावना पहिल्याउने बताए । ...

ओलीले गरे सहिद दशरथ चन्दको जन्मघर अवलोकन

समाचार
कैलाली - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहिद दशरथचन्दको जन्मघरको अवलोकन गरेका छन् । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा शुभारम्भ गर्न बैतडी पुगेका अध्यक्ष ओलीलगायतका नेताले आज बिहान बैतडीको दशरथचन्द नगरपालिका-५ बस्कोटस्थित सहिद दशरथचन्दको जन्मघरमा अवलोकन गरेका हुन् । ओली लगायतका नेताहरूले घरको बाहिर रहेको चन्दको सालिकमा माल्यार्पण गरी उनको सम्मान व्यक्त गरिएको दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताए ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज