कैलाली - बैतडीमा एक जना मृत अवस्थामा फेला परेका छन् ।
डिलाशैनी गाउँपालिका–३ तल्लाछेपट्टाका ३० वर्षीय श्रीकान्त बोहरा मृत अवस्थामा फेला परेका हुन्।
बोहरा मंगलबार दिउँसो आफ्नै घरभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
२०८० मंसिर १९, मंगलवार १५:२९२०८० मंसिर १९, मंगलवार १५:२९२०८० मंसिर १९, मंगलवार १५:२९ by बचन राज जोशीNo Comments
धनगढी - कैलालीको धनगढीमा प्रहरीका श्रीमतीका लागि सिलाइ कटाई तालिम सुरु भएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा श्रीमती संघले तीन महिने तालिमको आयोजना गरेको हो ।
नेपाल प्रहरी, श्रीमती संघ, सुदूरपश्चिमले २४ महिलालाई तीन महिने सिलाइ कटाई तालिम दिन सुरु गरेको नेपाल प्रहरी, श्रीमती संघकी सदस्यसमेत रहेकी प्रशिक्षक गीता देवी थलालले जानकारी दिइन् ।
उनका अनुसार धनगढीमा उनीहरूलाई आत्मनिर्भर बनाउन तालिम दिन थालिएको हो ।
तीन महिने सिलाइ कटाई तालिममा २४ जना महिला सहभागी छन् ।...
२०८० मंसिर १९, मंगलवार १५:२०२०८० मंसिर १९, मंगलवार १५:२०२०८० मंसिर १९, मंगलवार १५:२० by बचन राज जोशीNo Comments
कैलाली - दार्चुलामा जेठाजुको कुटाइबाट एक महिला गम्भीर घाइते भएकी छिन् ।
नौगाड गाउँपालिका–१ कसाड बस्ने ३० वर्षीया वसन्ती ठगुन्नालाई जेठाजु नाता पर्ने जयराम ठगुन्नाले कुटपिट गर्दा गम्भीर घाइते भएकी हुन् ।
मङ्सिर १५ गते राति वसन्तीलाई जेठाजु जयरामले टाउकोमा हानेपछि उपचारका लागि मङ्सिर १६ गते जिल्ला अस्पताल दार्चुला ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुला अस्पतालमा वसन्तीको उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रेफर गरिएको हो ।
कुटपिटमा संलग्न जयरामलाई पक्राउ गर्न दल्लेख प्रहरी चौकीबाट प्रहरी टोली खटाएको छ । जयराम पूर्वनेपाली सेनामा कार्यरत रहेको बताइएको छ । फरार रहेका जयरामको खोजी भइरहेको प्रहरीले जनाएको छ ।...
२०८० मंसिर १९, मंगलवार १४:१३२०८० मंसिर १९, मंगलवार १४:१३२०८० मंसिर १९, मंगलवार १४:१३ by बचन राज जोशीNo Comments
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपालका लागि इजरायली राजदूत हनान गोडरबिच भेटवार्ता भएको छ ।
मंगलबार मुख्यमन्त्री शाहले इजरायलमा हमास आक्रमणबाट ज्यान गुमाएका नेपालका १० जना विद्यार्थीको परिवारलाई राहत उपलब्ध गराउन राजदूतलाई आग्रह गरेका छन्।
मृतकका अभिभावकलाई भेट गर्न पनि मुख्यमन्त्रीले राजदूतलाई मुख्यमन्त्री शाहले आग्रह गरेका हुन् ।
‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको डेढ महिना अगाडि हमास आक्रमणबाट ज्यान गएको थियो ।
हमासले बन्दी बनाएर लगेको कञ्चनपुरका विपिन जोशीको तत्काल उद्धार र परिवारलाई राहतका लागि पनि मुख्यमन्त्रीले राजदूतलाई आग्रह गरेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ।...
२०८० मंसिर १९, मंगलवार १४:०३२०८० मंसिर १९, मंगलवार १४:०३२०८० मंसिर १९, मंगलवार १४:०३ by बचन राज जोशीNo Comments
कैलाली – आज विश्व माटो दिवस, ‘माटो र पानी, जीवनको थालनी’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, कृषि विभाग, नेपाल माटो समाज, संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठन (एफएओ) लगायतको संयुक्त साझेदारीमा नेपालमा विश्व माटो दिवस मनाउन लागिएको हो ।
दिवसका अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले गएको मङ्सिर १६ गतेदेखि नै कार्यक्रम गर्दै आएको छ । ...
२०८० मंसिर १९, मंगलवार १०:०२२०८० मंसिर १९, मंगलवार १०:०२२०८० मंसिर १९, मंगलवार १०:०२ by कामना संवाददाताNo Comments
विश्व कुइँकेल
सामान्यत: सुशासन भन्नासाथ भ्रष्टाचारमुक्त समाज भन्ने बुझिन्छ तथापि यो विधिको शासन, जवाफदेहिता, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणरुपी मुख्य पिलरहरुमा अडेको शासन प्रणाली हो । सुशासनका अन्य विशेषताहरुलाई कार्यकारण सम्वन्धमा जोड्ने हो भने प्रमुख प्रतिफलको रुपमा भ्रष्टाचार नियन्त्रण नै आउने हुँदा भ्रष्टाचारमुक्त समाजलाई यसको पर्याय मान्नु अन्यथा पनि होइन । सुशासनको विषय एक गम्भिर विषयको रुपमा हरेक मुद्दाहरुमा टास्सिएर आएको नै देखिन्छ र सबै अविकास र अवाञ्छित अवस्थाको लागि यसलाई जिम्मेवार ठानिन्छ । यसै सन्दर्भमा जब सुशासनको लागि आवाज उठाउने कुरा आउँछ, अधिकांशतः कुनै सार्वजनिक पदाधिकारीले कुनै प्रश्नको जवाफ नदिएको, सूचना लुकाएको, कानुनको अक्षरसः पालना नगरेको विषयभन्दा पनि बढी खास निर्णय लिंदा वा सार्वजनिक खरिद गर्दा घुस, रिसवत, कमिसन लिएको अनावश्यक खर्च गरेको, सार्वजनिक सम्पत्तिको...
२०८० मंसिर १९, मंगलवार ०९:२२२०८० मंसिर १९, मंगलवार ०९:२२२०८० मंसिर १९, मंगलवार ०९:२२ by बचन राज जोशीNo Comments
कैलाली - दार्चुलाको नौगाडमा राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ ।
नौगाड गाउँपालिकाको २ का विभिन्न बस्तीहरुमा ट्रान्समिटरसहित लाइन तान्ने काम सम्पन्न गरेपछि दल्लेख लगायतका अन्य बस्तीहरुमा राष्ट्रिय प्रसारणको पहुँच पुगेको हो ।
नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रले गाउँपालिकाको वडा नम्बर २ अन्तरर्गत पर्ने दल्लेख धार, बेडुपाल, टोलमा सोमवारदेखि प्रसारण लाइनको पहुँच पुगेको प्राधिकरण दार्चुला वितरण केन्द्रका प्रमुख आनन्द सापकोटाले जानकारी दिए । उक्त क्षेत्रका दुई बस्तीमा सोमवारबाट ट्रान्सफरमर चार्जगरी विद्युत सेवा सुचारु गरिएको उनले बताए ।
नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रका अनुसार दुई वस्तीका २५ घरधुरीमा मात्रै राट्रिय प्रसारण लाइनको पहुँच पुगेको जनाएको छ । बाँकी रहेका घरधुरीहरुमा समेत विद्युत विस्तारको काम निरन्तर रुपमा संञ्चालन हुने प्राधिकरणले जनाएको...
२०८० मंसिर १९, मंगलवार ०८:५८२०८० मंसिर १९, मंगलवार ०८:५८२०८० मंसिर १९, मंगलवार ०८:५८ by बचन राज जोशीNo Comments
कैलाली - सिन्धुपाल्चोकको बाह्रबिसेमा आगो ताप्ने क्रममा घर जल्दा एकजनाको मृत्यु भएको छ ।
आगलागीमा परी बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।
सोमबार साँझ भएको आगलागीबाट लोकबहादुरको पूरै शरीर जलेर घटनास्थलमै मृत्यु भएको उनले बताए । लोकबहादुरको परिवारका अन्य सदस्यलाई भने प्रहरीले उद्धार गरेको थियो ।
घरभित्र आगो बालेर ताप्ने क्रममा आगलागी भई खाना पकाउने ग्यास सिलिण्डर पड्किएको थियो । काठले बारेको जस्तापाताको छानो भएको एकतले घर क्षतिग्रस्त भएको छ । क्षतिको अन्य विवरण भने आउन बाँकी छ ।...
२०८० मंसिर १९, मंगलवार ०८:५४२०८० मंसिर १९, मंगलवार ०८:५४२०८० मंसिर १९, मंगलवार ०८:५४ by बचन राज जोशीNo Comments
कैलाली - हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती प्रदेशको पहाडी भूभागमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी त...
२०८० मंसिर १८, सोमबार २१:५८२०८० मंसिर १८, सोमबार २१:५८२०८० मंसिर १८, सोमबार २१:५८ by कल्पना उपाध्यायNo Comments
बझाङ : बझाङमा नियम विपरीत स्थानीयले पेस्तोल पट्काएको घटना छानविन गर्न प्रदेश प्रहरी कार्यालय धनगढीबाट एक टोली बझाङ आएको छ । गत कार्तिक ६ गते फुलपातिको दिन छविसपाथिभेरा गाउँपालिका–३ पाटागाउँमा खुलस्त रुपमा नियम विपरीत हातहतियारको दुरुपयोग गरेको घटना बाहिरिएपछि प्रदेश प्रहरी कार्यालयबाट छानबिनका लागि एक टोली बझाङ आएको हो ।
ब्याँसी प्रहरी चौकीका असई पुस्कल चन्दले गत कार्तिक ६ गते फुलपातिको दिन छविसपाथिभेराका पूर्व गाउँपालिका अध्यक्षसमेत रहेका अक्कल धामीलाई रमाइलोको लागि आफ्नो पेस्तोल पट्काउन दिएका थिए। खुलस्त रुपमा नियम विपरीत हातहतियारको दुरुपयोग गरेको उक्त विषयलाई कामना टेलिभिजन टिमले मंसिर ७ गते बाहिर ल्याएको थियोे । घटना घटेको एक महिना भए पनि अनविज्ञ रहेको बझाङ प्रहरीले उक्त कुरा थाहा पाएपछि अनुसन्धान सुरु गरेको थियो। अनुसन्धान पश्चात् घटनामा संलग्न असईलाई बझाङ प्रहरी प्रमुख तथा डिएसप...
२०८० मंसिर १८, सोमबार २१:२९२०८० मंसिर १८, सोमबार २१:२९२०८० मंसिर १८, सोमबार २१:२९ by बचन राज जोशीNo Comments
राणा शासनको विरुद्धमा आवाज उठायौ
राजतन्त्रको विरुद्धमा आवाज उठायौ ,
आज फेरि लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा आवाज उठाउने तिमी
देशमा थुप्रै परिवर्तन आए
व्यवस्था परिवर्तन भए ,
तर पनि देशका समस्याहरू कहिल्यै हल भएनन् ।
किन कसैले यो बुझ्दैनन् कि
अब देशमा व्यवस्था परिवर्तन होइन ,
नेतृत्व परिवर्तनको आवश्यकता छ ।
अहिले चलिरहेको कार्य प्रवृत्तिको विरुद्ध मा अवाज उठ्नु जरूरी छ ।
व्यवस्थाको विरुद्धमा आवाज त हर कोहिले उठाउँछ
तर
किन कसैले नेतत्त्व परिवर्तनको विरुद्धमा आवाज उठाउने साहस गर्दैन ?
किन कसैले गलत प्रवृत्तिको विरुद्धमा बोल्ने आट राख्दैन ?
आउनुस् अब व्यवस्थाको विरुद्ध होइन
नेतत्त्वको विरुद्धमा आवाज उठाऔ ,
काम गर्ने कार्यशैलीको विरुद्धमा बोलौ ,
अठोट हिम्मतका साथ एक नयाँ उद्घोष गरौँ
शङ्ख फुकौँ ,
नेतृत्व परिवर्तनको ।
नयाँ नेतृत्व...
२०८० मंसिर १८, सोमबार २१:०१२०८० मंसिर १८, सोमबार २१:०१२०८० मंसिर १८, सोमबार २१:०१ by बचन राज जोशीNo Comments
कैलाली - नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दसहितका प्रमुख नेताहरुविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ ।
उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंमा राज्यविरुद्धको कसुरमा ४ वर्षअघि मुद्दा दायर भएको थियो ।
अदालतको सूचनामा उल्लेख भएअनुसार २०८० साल मंसिर १० गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ (१३) बमोजिम ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको अदालतको सूचनामा उल्लेख छ ।
विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), माइला लामा, अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष राजु कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
जिल्ला अदालत काठमाडौंले सोमबार गोरखापत्रमा प्रकाशन गरेको सूचनाअनुसार राज्यविरुद्धको कसुरको अर्को मुद्दामा माइला लामा र विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जीको सूचना प्रकाशित भएको मितिले बाटो...