Advertisement

नियम विपरीत पेस्तोल पट्काएको घटना छानविनका लागि प्रदेशको टोली बझाङमा

Advertisement

बझाङ : बझाङमा नियम विपरीत स्थानीयले पेस्तोल पट्काएको घटना छानविन गर्न प्रदेश प्रहरी कार्यालय धनगढीबाट एक टोली बझाङ आएको छ । गत कार्तिक ६ गते फुलपातिको दिन छविसपाथिभेरा गाउँपालिका–३ पाटागाउँमा खुलस्त रुपमा नियम विपरीत हातहतियारको दुरुपयोग गरेको घटना बाहिरिएपछि प्रदेश प्रहरी कार्यालयबाट छानबिनका लागि एक टोली बझाङ आएको हो ।

ब्याँसी प्रहरी चौकीका असई पुस्कल चन्दले गत कार्तिक ६ गते फुलपातिको दिन छविसपाथिभेराका पूर्व गाउँपालिका अध्यक्षसमेत रहेका अक्कल धामीलाई रमाइलोको लागि आफ्नो पेस्तोल पट्काउन दिएका थिए। खुलस्त रुपमा नियम विपरीत हातहतियारको दुरुपयोग गरेको उक्त विषयलाई कामना टेलिभिजन टिमले मंसिर ७ गते बाहिर ल्याएको थियोे । घटना घटेको एक महिना भए पनि अनविज्ञ रहेको बझाङ प्रहरीले उक्त कुरा थाहा पाएपछि अनुसन्धान सुरु गरेको थियो। अनुसन्धान पश्चात् घटनामा संलग्न असईलाई बझाङ प्रहरी प्रमुख तथा डिएसपी भरतबहादुर शाहले तत्काल पदबाट निलम्बन गरेका थिए । तर पेस्तोल पट्काउने पूर्व गाउँपालिका अध्यक्षलाई कारबाही गर्ने अधिकार जिल्लामा नभएकाले प्रदेशमा पत्र पठाइएको थियोे ।

केही दिनमै प्रदेश प्रहरी कार्यलयबाट एसपीको कमान्डमा अनुसन्धान तथा छानबिन समिति गठन गरिएको थियो। अहिले एक टोली अनुसन्धानका लागि बझाङ आएको हो । टोलीले असई पुस्कल चन्द, छविसपाथिभेराका पूर्व गाउँपालिका अध्यक्षसमेत रहेका अक्कल धामीमाथि अनुसन्धान थालेको छ । कानुनमा खुलस्त रुपमा नियम विपरीत हातहतियारको दुरुपयोग नगर्न पाइने उल्लेख छ ।

कल्पना उपाध्याय

कल्पना उपाध्याय कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकामा बझाङबाट पत्रकारिता गर्नुहुन्छ । उहाँ समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

थलारा गाउँपालिकामा खोज तथा उद्धार सामग्रीको नमुना प्रदर्शनी अभिमुखिकरण कार्यक्रम

थलारा गाउँपालिकामा खोज तथा उद्धार सामग्रीको नमुना प्रदर्शनी अभिमुखिकरण कार्यक्रम

बझाङ- बझाङको थलारा गाउँपालिकामा खोज तथा उद्वार सामाग्रीको नमुना प्रदर्शनी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय स्तरमा तय...
रामेश्वरमस्थित ‘श्री जगदम्बा नेपाली धर्मशाला’ संकटमा, संरक्षण पहलको अपेक्षा

रामेश्वरमस्थित ‘श्री जगदम्बा नेपाली धर्मशाला’ संकटमा, संरक्षण पहलको अपेक्षा

रामेश्वरम (तमिलनाडु)। दक्षिण भारतको प्रसिद्ध धार्मिक स्थल रामेश्वरम मन्दिर नजिकै रहेको ‘श्री जगदम्बा नेपाली धर्मशाला’ अहिले जीर्...
केदारस्यूँमा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक अन्तरक्रिया, कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन हुने

केदारस्यूँमा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक अन्तरक्रिया, कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन हुने

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गा...
कैलालीको घोडाघोडीमा जिपको ठक्करमा एक जनाको मृत्यु, तीन घाइते

कैलालीको घोडाघोडीमा जिपको ठक्करमा एक जनाको मृत्यु, तीन घाइते

धनगढी- कैलालीको घोडाघोडी नगरपालिका–२ टनकपुरमा आइतबार बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। ...
कोशी र गण्डकीका हिमाली क्षेत्रमा आज हल्का वर्षा तथा हिमपातको सम्भावना

कोशी र गण्डकीका हिमाली क्षेत्रमा आज हल्का वर्षा तथा हिमपातको सम्भावना

काठमाण्डौ– कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आज एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम पूर्वा...
बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा विस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न

बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा विस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न

बझाङ- बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा बिस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको केदारस्यूँ गाउँपालिका...
घोडाघोडीमा सञ्चारकर्मी समूह गठन, अध्यक्षमा खेम ढुङ्गाना

घोडाघोडीमा सञ्चारकर्मी समूह गठन, अध्यक्षमा खेम ढुङ्गाना

कैलाली : कैलालीको घोडाघोडी नगरपालिकामा घोडाघोडी सञ्चारकर्मी समूह गठन गरिएको छ। शनिबार सम्पन्न भेलाले खेम ढुङ्गानाको अध्यक्षतामा सा...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न “हाम्रो अभियान, कला संस्कृतिको पहिचान” भन्न...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज