Advertisement

नियम विपरीत पेस्तोल पट्काएको घटना छानविनका लागि प्रदेशको टोली बझाङमा

Advertisement

बझाङ : बझाङमा नियम विपरीत स्थानीयले पेस्तोल पट्काएको घटना छानविन गर्न प्रदेश प्रहरी कार्यालय धनगढीबाट एक टोली बझाङ आएको छ । गत कार्तिक ६ गते फुलपातिको दिन छविसपाथिभेरा गाउँपालिका–३ पाटागाउँमा खुलस्त रुपमा नियम विपरीत हातहतियारको दुरुपयोग गरेको घटना बाहिरिएपछि प्रदेश प्रहरी कार्यालयबाट छानबिनका लागि एक टोली बझाङ आएको हो ।

ब्याँसी प्रहरी चौकीका असई पुस्कल चन्दले गत कार्तिक ६ गते फुलपातिको दिन छविसपाथिभेराका पूर्व गाउँपालिका अध्यक्षसमेत रहेका अक्कल धामीलाई रमाइलोको लागि आफ्नो पेस्तोल पट्काउन दिएका थिए। खुलस्त रुपमा नियम विपरीत हातहतियारको दुरुपयोग गरेको उक्त विषयलाई कामना टेलिभिजन टिमले मंसिर ७ गते बाहिर ल्याएको थियोे । घटना घटेको एक महिना भए पनि अनविज्ञ रहेको बझाङ प्रहरीले उक्त कुरा थाहा पाएपछि अनुसन्धान सुरु गरेको थियो। अनुसन्धान पश्चात् घटनामा संलग्न असईलाई बझाङ प्रहरी प्रमुख तथा डिएसपी भरतबहादुर शाहले तत्काल पदबाट निलम्बन गरेका थिए । तर पेस्तोल पट्काउने पूर्व गाउँपालिका अध्यक्षलाई कारबाही गर्ने अधिकार जिल्लामा नभएकाले प्रदेशमा पत्र पठाइएको थियोे ।

केही दिनमै प्रदेश प्रहरी कार्यलयबाट एसपीको कमान्डमा अनुसन्धान तथा छानबिन समिति गठन गरिएको थियो। अहिले एक टोली अनुसन्धानका लागि बझाङ आएको हो । टोलीले असई पुस्कल चन्द, छविसपाथिभेराका पूर्व गाउँपालिका अध्यक्षसमेत रहेका अक्कल धामीमाथि अनुसन्धान थालेको छ । कानुनमा खुलस्त रुपमा नियम विपरीत हातहतियारको दुरुपयोग नगर्न पाइने उल्लेख छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज