एलपीएलमा आज : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी
धनगढी - कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी भएका छन्।
धनगढी क्रिकेट एकेडेमीले कैलाली मल्टिपल क्याम्पसलाई तथा धनगढी स्पोर्ट्स क्लबले कैलाली जिल्ला क्रिकेट क्लबलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गर्यो।
आजको पहिलो खेलमा समुह ‘बि’ अन्तर्गत धनगढी क्रिकेट एकेडेमीले कैलाली मल्टिपल क्याम्पसलाई ४३ रनले पराजित गर्दै प्रतियोगिताको विजयी सुरुवात गर्यो।
फाप्ला क्रिकेट मैदानमा निर्धारित १५ ओभरमा १२५ रनको लक्ष्य पछ्याएको कैलाली मल्टिपल क्याम्पसले पुरै ओभर ब्याटिंग गरेता पनि ९ विकेट गुमाएर ८१ रन मात्र बनाउन सक्यो।
धनगढी क्रिकेट एकेडेमीका बलर निरज ऐरले ४ विकेट लिंदै कैलाली मल्टिपलको इनिंग्स धरासायी बनाए। प्लेयर अफ द म्याच घोषित ऐरले ३ ओभरमा १ मेडन ओभर फा...



