
धनगढी – कैलालीको धनगढीमा प्रहरीका श्रीमतीका लागि सिलाइ कटाई तालिम सुरु भएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा श्रीमती संघले तीन महिने तालिमको आयोजना गरेको हो ।
नेपाल प्रहरी, श्रीमती संघ, सुदूरपश्चिमले २४ महिलालाई तीन महिने सिलाइ कटाई तालिम दिन सुरु गरेको नेपाल प्रहरी, श्रीमती संघकी सदस्यसमेत रहेकी प्रशिक्षक गीता देवी थलालले जानकारी दिइन् ।
उनका अनुसार धनगढीमा उनीहरूलाई आत्मनिर्भर बनाउन तालिम दिन थालिएको हो ।
तीन महिने सिलाइ कटाई तालिममा २४ जना महिला सहभागी छन् ।