
कैलाली – आज विश्व माटो दिवस, ‘माटो र पानी, जीवनको थालनी’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, कृषि विभाग, नेपाल माटो समाज, संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठन (एफएओ) लगायतको संयुक्त साझेदारीमा नेपालमा विश्व माटो दिवस मनाउन लागिएको हो ।
दिवसका अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले गएको मङ्सिर १६ गतेदेखि नै कार्यक्रम गर्दै आएको छ ।

