
कैलाली – दार्चुलामा जेठाजुको कुटाइबाट एक महिला गम्भीर घाइते भएकी छिन् ।
नौगाड गाउँपालिका–१ कसाड बस्ने ३० वर्षीया वसन्ती ठगुन्नालाई जेठाजु नाता पर्ने जयराम ठगुन्नाले कुटपिट गर्दा गम्भीर घाइते भएकी हुन् ।
मङ्सिर १५ गते राति वसन्तीलाई जेठाजु जयरामले टाउकोमा हानेपछि उपचारका लागि मङ्सिर १६ गते जिल्ला अस्पताल दार्चुला ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुला अस्पतालमा वसन्तीको उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रेफर गरिएको हो ।
कुटपिटमा संलग्न जयरामलाई पक्राउ गर्न दल्लेख प्रहरी चौकीबाट प्रहरी टोली खटाएको छ । जयराम पूर्वनेपाली सेनामा कार्यरत रहेको बताइएको छ । फरार रहेका जयरामको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


