
धनगढी – कैलालीको धनगढीमा बालिका करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।
धनगढी उपमहानगरपालिका–२ की ११ वर्षीया बालिकालाई करणी गरेको आरोपमा १४ वर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
२० गतेको घटना भएपनि जिल्ला प्रहरी कार्यालय कैलालीमा सोमवार जाहेरी दर्ता भएको हो ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।
बालिकाको स्वास्थ्य परीक्षण गरेर कानुनी प्रक्रिया अघि बढेको बताइएको छ ।

