
कैलाली – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि आक्रमण भएको छ।
मंगलबार झापामा आयोजित एक कार्यक्रममा सहभागी हुन आउने क्रममा दमक नगरपालिका-५ स्थित सगरमाथा पेट्रोल पम्पअगाडि मुख्यमन्त्री कार्की सवार गाडीमा ढुंगा प्रहार भएको हो ।
ढुंगा प्रहार हुँदा मुख्यमन्त्री चढ्ने गाडीको सिसा चर्किएको र मुख्यमन्त्री कार्की सकुशल रहेका प्रहरीले जनाएको छ । आक्रमणकारीको खोजी भइरहेको जनाइएको छ ।