
धनगढी – नेकपा एमाले अछामको जिल्ला अधिवेशन फागुनमा गर्ने तय गरेको छ ।
जिल्ला कमिटीको साँफेबगरमा सम्पन्न सचिवालय बैठकले फागुन मसान्तभित्र जिल्ला अधिवेशन गर्नेगरी सचिवालयले निर्णय गरेको एमाले अछामका इन्चार्ज लालबहादुर थापाले जानकारी दिए ।
जिल्ला अधिवेशनको मिति भने यसपछि तोकिने र अन्य तयारीका काम गर्ने बताइएको छ ।


