
कैलाली – नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आज मङ्गलवार कोशी प्रदेश प्रवेश गरेको छ ।
यही मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट शुरु भएकाे १९ दिने मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आज कोशी प्रदेश प्रवेश गरेको हो ।
कोशी प्रदेशको पश्चिमी सीमा उदयपुरको कटारी नगरपालिका–१४ को घुर्मी बजारमा बाग्मती प्रदेश एमालेले यात्राको जिम्मा कोशी प्रदेश एमालेलाई लगाएको एमाले कोशी प्रदेशका सचिवालय सदस्य ज्ञानेन्द्र श्रेष्ठले बताए ।

