कैलाली – सुदूरपश्चिम र बागमती प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार जित निकालेका छन् ।
त्रिवि मैदानमा भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ८१ रनले हरायो । सुदूरपश्चिमको यो दोस्रो जित हो । कर्णालीले लगातार तेस्रो हार खेपेको छ ।
जितको लागि १ सय ५२ रनको विशाल विजयी लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ७० रन बनायो ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १ सय ५१ रन बनाएको थियो ।
यस्तै मूलपानी मैदानमा भएको अर्को खेलमा बागमतीले गण्डकी प्रदेशलाई चार विकेटले हरायो ।
बागमतीको यो दोस्रो जित हो । जितको लागि १ सय १३ रनको मध्यम लक्ष्य पछ्याएको बागमतीले १८.४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले २० ओभरमा चार विकेटको क्षतिमा १ सय १२ रन बनाएको थियो ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३