
बझाङ – बझाङमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
बझाङको मष्टा गाउँपालिका- ४ घर भई हाल सदरमुकाम चैनपुरमा डेरा गरि बस्ने २२ वर्षीय कलक कठायत मृत फेला परेका हुन् ।
आइतबार साँझ साढे आठ बजे तिर उनी आफ्नै कोठामा मृत अवस्थामा भेटिएपछि मृतकका दाई सुशिल कठायतले प्रहरीलाई खबर गरेका थिए ।
खबर पाएपछि जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दिपेश चौधरी नेतृत्वको टोली घटनास्थल पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।