
डडेल्धुरा – डडेल्धुरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
आइतबार जिल्लाको गन्यापधुरा गाउँपालिका–३ सकायलमा करेन्ट लागेर अन्दाजी ५० वर्षीय मकरबहादुर शाहीको मृत्यु भएको हो ।
रुखमा चढेर घाँस काट्ने क्रममा आइतबार साझ विद्युतको लाइनमा छुन गई करेन्ट लागेर रुखबाट खसेर शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।