Advertisement
Monday, May 19

बर्दगोरियाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्कीको बिदाई

Advertisement

तपेन्द्र ढुङ्गाना, बर्दगोरिया – बर्दगोरिया गाउँपालिकाका सेवा निवृत्त भएका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्कीको बिदाई गरिएको छ ।

आईतवार गाउँपालिकाको  कार्यालयमा आयोजित एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर र उपाध्यक्ष गणेश राज गिरिले मायाको चिनो र दोसल्ला ओढाएर प्रमुख प्रशासकीय अधिकृत कार्कीको बिदाई गरेका हुन् ।

बिदाई कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले प्रमुख प्रशासकीय अधिकृत कार्कीको कार्यकालको प्रसंशा गरेका छन् । 

उनले आगामी दिनमा सल्लाह सुझाव सहित सहयोग जारी राख्न आग्रह गर्दै करिब ५ बर्ष ७ महिना प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्दा कार्कीको महत्वपूर्ण भूमिका रहेको बताए । 

सेवा निवृत्त प्रमुख प्रशासकीय अधिकृत कार्कीले आगामी दिनमा पालिकालाई अझ विकासका दृष्टिकोणले नमूना भएको हेर्ने चाहना रहेको बताएका छन् ।

कार्कीले पालिकालाई नमूना बनाउन आफूले जानेको काम कर्तव्य र अधिकारका बारेमा  समन्वय गरिरहने प्रतिबद्धता समेत गरेका छन् । 

पालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर २०७५ साल बैशाख २३ गते देखि हालसम्म जिम्मेवारी सम्हाल्न सहजता प्रदान गरेकोमा कार्कीले पालिका अध्यक्ष, उपाध्यक्ष, पूर्व अध्यक्ष पूर्व उपाध्यक्ष लगायत सम्पूर्ण जनप्रतिनिधिहरु प्रति आभार व्यक्त गरेका छन् ।

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

आज हावाहुरी सहित यिँ प्रदेशमा भारी वर्षा हुने

आज हावाहुरी सहित यिँ प्रदेशमा भारी वर्षा हुने

काठमाडौं : कोशी प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आ...
सरकारको सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब

सरकारको सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब

सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ देखिएको छ । सार्वजनिक ऋण व्यस्थापन कार्यालयले आइतबार सार्वजनिक गर...
पुल अभावले बागथला–बिजगडा सडक वर्षातमा अवरुद्ध हुने- सरोकारवाला मौन

पुल अभावले बागथला–बिजगडा सडक वर्षातमा अवरुद्ध हुने- सरोकारवाला मौन

बागथला–बिजगडा सडक खण्डअन्तर्गत रातागडा खोला । तस्बिर : सुरेश धामी बझाङ: बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका हुँ...
राष्ट्रिय युवा संघ नेपाल : महासचिव पदमा विनय शाहको किन बलियो दाबी ?

राष्ट्रिय युवा संघ नेपाल : महासचिव पदमा विनय शाहको किन बलियो दाबी ?

कैलाली: नेकपा एमालेको सबैभन्दा बलियो मानिने जनसंगठन, राष्ट्रिय युवा संघ नेपाल, आफ्नो दशौँ राष्ट्रिय महाधिवेशनको तयारीमा छ । जेठ ९ ...
हुलाकी राजमार्गकेन्द्रित अभियानपछि माओवादी मध्यपहाडी लोकमार्गमा 

हुलाकी राजमार्गकेन्द्रित अभियानपछि माओवादी मध्यपहाडी लोकमार्गमा 

प्रमुख प्रतिपक्ष दल माओवादीले शुक्रबारदेखि बैतडीको पाटनबाट मध्यपहाडी लोकमार्गकेन्द्रित जनतासँग माओवादी जागरण अभियानको थालनी गरेक...
प्रचण्ड देउवा टेलीफोन वार्ता पछि जनार्दन बुढानिलकण्ठमा

प्रचण्ड देउवा टेलीफोन वार्ता पछि जनार्दन बुढानिलकण्ठमा

प्रमुख प्रतिपक्षी दल माओवादीले कांग्रेस सभापति तथा सत्तागठबन्धनका मुख्य नेता शेरबहादुर देउवासँग एकैदिन दुईपटक संवाद गरेको छ । शुक्...
अज यी प्रदेशमा चट्याङ सहित वर्षा

अज यी प्रदेशमा चट्याङ सहित वर्षा

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको ...
स्थानीय सञ्चालन ऐन पास गर्ने तयारीमा प्रदेश सरकार

स्थानीय सञ्चालन ऐन पास गर्ने तयारीमा प्रदेश सरकार

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट स्थानीय सञ्चालन ऐन पास गर्ने तयारीमा प्रदेश सरकार लागेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज