Advertisement

हाम्रो बारेमा

त्रिविको उपकुलपतिको लागि दोस्रो आवेदन

समाचार
काठमाण्डाैं - त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपतिमा नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रो पटक दरखास्त आह्वान गरेको हो ।  यसअघि पहिलो पटक आह्वान गरिएको सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको ब्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गनुपर्नेलगायत विभिन्न मापदण्ड तोकिएको थियो । यसको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री एवं विश्वविद्यालयका कुुलपति पुुष्पकमल दाहाल प्रचण्डले विज्ञापनमा कसैलाई पनि बन्देज नहुनेगरी फराकिलो मापदण्ड राखेर अर्को सूचना प्रकाशन गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि समितिले यसअघिको सूचना रद्द गरेर दोस्रो पटक दरखास्त आह्वान गरेको हो । आज प्रकाशित भएको दोस्रो सूचनामा उपकुलपतिका लागि इच्छुक र योग्य व्यक्ति...

शेयर बजारमा हरियाली, चार अर्ब ६७ करोड रुपैयाँको कारोबार

समाचार
काठमाण्डाैं  – शेयर बजार आज साेमवार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ५७ अङ्कले बढेर दुई हजार ५९ दशमलव ४९ विन्दुमा पुगेको छ । आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, लगानी, फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज आठ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आजदेखि कारोबारमा आएको हिमालयन रि–इन्सुरेन्सको शेयरमा पनि पहिलो दिन सकारात्मक सर्किट लागेको छ । आज कुल एक करोड ३७ लाख कित्ता शेयर कारोबार भएकामा सबैभन्दा धेरै निफ्राकाे मात्रै पाँच लाख २६ हजार कित्ता शेयर खरिद/बिक्री भएकाे छ ।  आज चार अर्ब ६७ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २१ करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भएका छन् ।...

राष्ट्रियसभा सदस्य निर्वाचन : सुदूरपश्चिमबाट तीन सदस्यको चयन हुँदै

समाचार
कैलाली - राष्ट्रियसभा सदस्य निर्वाचन २०८० अन्तर्गत सुदूरपश्चिम प्रदेशबाट रिक्त हुन लागेका तीन पदमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ ।  सुदूरपश्चिम प्रदेशबाट पदावधि सकिन लागेका महिला, अपाङ्गता तथा अल्पसङ्ख्यक र अन्य समूह (खुला) गरी तीन पदका लागि निर्वाचन हुन लागेको निर्वाचन अधिकृतको कार्यालय कैलालीले जनाएको छ । महिला कोटाबाट निर्वाचित नेकपा (एमाले) का इन्दु कडरिया (कञ्चनपुर), अपाङ्गता तथा अल्पसङ्ख्यक कोटाबाट निर्वाचित नेकपा (माओवादी केन्द्र) का महेशकुमार महरा (डडेलधुरा) र अन्य कोटाबाट निर्वाचित सोही पार्टीका हरिराम चौधरी (कैलालीका) को पदावधि आगामी फागुनमा सकिँदैछ । प्रदेशसभा सदस्य, स्थानीय पालिकाका प्रमुख उपप्रमुख र अध्यक्ष उपाध्यक्ष रहेको निर्वाचनमण्डलले राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनमा मतदान गर्न पाउने राष्ट्रियसभा सदस्य निर्वाचन ऐनमा व्यवस्था छ । सुदूरपश्चिम प्रदेशसभामा...

दस हजार मेगावाट विद्युत भारत निर्यात गर्ने सम्झाैता

समाचार
काठमाडौं - नेपालले आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने कार्यले मूर्तरुप पाएको छ । त्यससम्बन्धी सम्झौतामा बिहीबार दुई देशका तर्फबाट हस्ताक्षर भएको छ ।  नेपालका तर्फबाट ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले यो सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।  यो सम्झौताको अवधि २५ वर्ष हुने र प्रत्येक १० वर्ष पुनः नवीकरण हुँदै जानेछ । जेठ १७ मा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल र भारतका ऊर्जासचिवका बिचमा प्रारम्भिक हस्तक्षर भएको थियो । त्यही सम्झौतालाई अन्तिम रुप दिने पूर्वसमझदारी अनुरुप हस्ताक्षर भएको हो ।  यो हस्ताक्षरले नेपालको विद्युत् भारतका सरकारी तथा निजी क्षेत्रले अल्पकालीन, मध्यकालीन र  दीर्घकालसम्म खरिद सम्झौता गरी विद्युत् किन्न सक्ने जनाइएको छ । विद्युत् ...

धनगढीको केएमसीमा राष्ट्रिय प्राज्ञिक सम्मेलन सम्पन्न

समाचार
धनगढी – कैलाली बहुमुखी क्याम्पसको आयोजना र काठमाण्डौ विश्वविद्यालयसँगको सहकार्यमा अङ्ग्रेजी भाषा शिक्षामा हालको अनुसन्धान प्रवृत्ति सम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।  शनिबार र आइतबार भएको उक्त सम्मेलनमा सुदूरपश्चिम विश्वविद्यालय, काठमाण्डौ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र भारतको बाबा साहेव अम्वेडकर शिक्षा विश्वविद्यालय गरी पाँचवटा विश्वविद्यालयका प्राज्ञिकहरूको जमघट भएको थियो। उक्त सम्मेलन आइतबार सम्पन्न भएको हो । उद्घाटन सत्र कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख सह–प्राध्यापक ठाकुरप्रसाद ढुङगेलको अध्यक्षतामा सुरु भएको सम्मेलनका प्रमुख अतिथि नेपाल खुला विश्वविद्यालयका रजिष्ट्रार डा. गोविन्दसिंह विष्ट तथा विशिष्ट अतिथि सुप विश्वविद्यालयका ब्यवस्थापन संकायका डीन प्रा.डा. पदमराज जोशी तथा शिक्षाशास्त्र संकायका डीन डा. भवा...

यस्तो छ आजको मौसम 

समाचार
काठमाडौँ - हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली  रहेको छ । तराईका केही स्थानमा हुस्सु लागेको छ । दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी  भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।...

पश्चिम सेतीको काम छिट्टै सम्पन्न गर्न मुख्यमन्त्रीको निर्देशन

समाचार
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पश्चिम सेती जलविद्युत आयोजनाको काम छिट्टै सम्पन्न गर्न निर्देशन दिएका छन् । प्रदेशको आर्थिक विकासका लागि गेमचेन्जर परियोजनाको रूपमा रहेको पश्चिम सेतीको निरीक्षण गर्दै उनले परियोजना निर्माण कम्पनीका महाप्रबन्धक प्रकाशचन्द्र उपाध्यायलाई काम छिटो पूरा गर्न निर्देशन दिएका हुन् । ७५० मेगावाटको पश्चिमसेती जलविद्युत आयोजनालाई भारतीय कम्पनी एनएचपीसीले निर्माण गर्नेछ ।  आयोजना अन्तर्गत राता पड, लुवाखडी सुरुङको काम गर्न माटो परीक्षणको कार्य थालिएको छ । माटो परीक्षण गर्ने कार्यको मुख्यमन्त्री शाहले उद्घाटन गरेका छन् । ...

कञ्चनपुरमा आजदेखि जलपन्छी गणना सुरु

समाचार
कञ्चनपुर -  कञ्चनपुरमा आजदेखि जलपन्छी गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पन्छी संरक्षण सङ्घ, हिमालयन नेचरगाइड, शुक्लाफाँटा नेचर गाइड एसोसिएसनलगायत सङ्घसंस्थाले जलपन्छी गणना थालेका हुन् । जलपन्छी गणना आजदेखि माघ ७ गतेसम्म जारी रहने नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डंगौराले बताए । उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रमा सिमसार क्षेत्र, ताल तलैया, नदीलगायत र निकुञ्जबाहिरका जलाधार क्षेत्रमा जलपन्छी गणना हुनेछ । निकुञ्जबाहिरका क्षेत्रमा डिभिजन वन कार्यालयसँग समन्वय गरी जलपन्छी गणना हुने चराविज्ञ डंगौराले बताए ।  सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराको विवरण तथा अवस्था पत्ता लगाउन, सङ्ख्याको अद्यावधिक गर्न हरेक वर्षको यसै दिनदेखि जलपन्छी गणना हुँ...

बाजुराको एक पसलमा आगलागी हुँदा ६ लाखको क्षति

समाचार
बाजुरा - बाजुराको एक पसलमा आगलागी भएको छ । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–७ लमगाउँका भीमबहादुर रावतको खद्रा पसलमा बिजुलीको तार सर्ट भएर आज (शनिबार) बिहान आगलागी भएको हो ।  आगलागीबाट करिब ६ लाख मुल्यको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ । पसलभित्र रहेका चामल, लत्ताकपडा, मदिरा, खुद्रा सामान, इलेक्ट्रोनिक सामाग्री, भाडाबर्तन, रिचार्ज कार्ड, नगद लगायतका सामानहरु जलेर करिब पाँच लाख ९१ हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।  प्रहरी र स्थानीय सहयोगमा आगो नियन्त्रणमा लिने काम भएको थियो । क्षतिको एकिन विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...

धनगढी–अत्तरिया सडकमा साइकल लेन उद्घाटन

समाचार
धनगढी - कैलालीको धनगढी–अत्तरिया सडकमा साइकल सेन निर्माण गरिएको छ । कैलाली भन्सारदेखि धनगढी विमानस्थल मार्गसम्मको सडकमा उपमहानगरपालिकाले साइकल लेन निर्माण गरेको हो । धनगढी उपमहानगरपालिकाले गत कात्तिकमा १४ किलोमिटर सडकमा साइकल लेन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो ।

एनआइसी एसिया लघुवित्त वित्तीय संस्था बौनियाद्वारा साक्षरता तालिम तथा सहयोग

समाचार
धनगढी - एनआइसी एसिया लघुवित्त वित्तीय संस्था सुदूरपश्चिम प्रदेश अन्तर्गत उप प्रदेश कार्यालय बौनिया शाखाद्वारा वित्तीय साक्षरता तालिम तथा सहयोग कार्यक्रम गरिएको छ । उक्त शाखाद्वारा बसन्त मुरारी नमूना माध्यमिक विद्यालयका माध्यमिक तहमा अध्यनरत विद्यार्थीहरुलाइ वित्तीय साक्षरता तालिम  र अती विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाइ जुत्ता र झोला वितरणका साथै उत्कृष्ट विद्यार्थीलाई पुरस्कारसमेत वितरण गरिएको हो । साथै विद्यालयलाई फोहोर व्यवस्थापन गर्न डस्ट्बिन पनि वितरण गरिएको थियो । उक्त कार्यक्रममा विद्यालय  व्यवस्थापन समितिका  पदाधिकारी  बर्दगोरिया गाउँपालिकाका शिक्षा शाखा प्रमुख, विद्यालयका सम्पूर्ण शिक्षकका साथै अभिभावकको पनि बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको उप प्रदेश प्रमुख भुवन राज भट्ट र शाखा प्रमुख नैन बहादुर बिष्ट ले सहजीकरण गरेका थिए ।...

धनगढी रङ्गशालामा भुवा प्रतियोगिता हुने

समाचार
धनगढी - धनगढीमा भुवा प्रतियोगिता हुने भएको छ ।  बाजुरेली सेवा समाजको आयोजनामा पुष २६ गतेदेखि धनगढी रङ्गशालामा भुवा प्रतियोगिता हुने भएको हो ।  आज शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै समाजले पुस २५ गतेभीत्र टीम दर्ता गराउन आग्रह गरेको छ । भुवा पर्वका लागि १० वटा टीम सहभागी हुनसक्ने अनुमान गरिएको बाजुरेली सेवा समाजका अध्यक्ष बजिर सिह धामीले बताए ।  उनले कैलाली र कञ्चनपुरमा बसोबास गर्ने बाजुरालगायत भुवा पर्व मनाउनेहरुलाई प्रतियोगितामा सहभागिताका लागि समाजले आग्रह गरेको छ । प्रतियोगिता सहभागी हुने टिम दर्ता शुल्क ९ सय ९९ रुपैयाँ रहेको बताइएको छ । प्रतियोगितामा प्रथम, दृतिय,तृतिय हुने टिमलाई पुरस्कार,प्रमाण पत्र, प्रशंसा पत्र, भुवा प्रदर्शनी हुने बाजुरेली सेवा समाजले जनाएको छ । ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज