Advertisement

धनगढीको केएमसीमा राष्ट्रिय प्राज्ञिक सम्मेलन सम्पन्न

Advertisement

धनगढी – कैलाली बहुमुखी क्याम्पसको आयोजना र काठमाण्डौ विश्वविद्यालयसँगको सहकार्यमा अङ्ग्रेजी भाषा शिक्षामा हालको अनुसन्धान प्रवृत्ति सम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । 

शनिबार र आइतबार भएको उक्त सम्मेलनमा सुदूरपश्चिम विश्वविद्यालय, काठमाण्डौ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र भारतको बाबा साहेव अम्वेडकर शिक्षा विश्वविद्यालय गरी पाँचवटा विश्वविद्यालयका प्राज्ञिकहरूको जमघट भएको थियो। उक्त सम्मेलन आइतबार सम्पन्न भएको हो ।

उद्घाटन सत्र कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख सह–प्राध्यापक ठाकुरप्रसाद ढुङगेलको अध्यक्षतामा सुरु भएको सम्मेलनका प्रमुख अतिथि नेपाल खुला विश्वविद्यालयका रजिष्ट्रार डा. गोविन्दसिंह विष्ट तथा विशिष्ट अतिथि सुप विश्वविद्यालयका ब्यवस्थापन संकायका डीन प्रा.डा. पदमराज जोशी तथा शिक्षाशास्त्र संकायका डीन डा. भवानसिंह चलाउने रहेका थिए । कैलाली बहुमुखी क्याम्पसका सह–प्राध्यापक डा. शिवप्रसाद सापकोटाले स्वागत गरेको कार्यक्रममा पुस्तक विमोचन कार्यक्रम समेत सम्पन्न भएको थियो ।

दुई दिनसम्म चलेको उक्त सम्मेलनमा बाबा साहेब अम्वेडकर शिक्षा विश्वविद्यालयका प्रा.डा. कल्याण पाण्डे, काठमाण्डौ विश्वविद्यालयका डा. टिकाराम पौडेल तथा त्रिभुवन विश्वविद्यालयका डा.बलराम अधिकारी किनोट स्पिकर रहेका थिए भने सुदूरपश्चिम विश्वविद्यालय कैलाली बहुमुखी क्याम्पसका सह–प्राध्यापक मोहनसिंह साँउद, काठमाण्डौ विश्वविद्यालयका डा. भरत प्रसाद न्यौपाने र सुरेन्द्र भट्ट प्लिनरी स्पिकर रहेका थिए ।

त्यसैगरी कमल पौडेल, गीता काफ्ले, शान्ति भट्ट, घनश्याम आचार्य, रेनुका भट्टराई, ठाकुर प्रसाद ढुङ्गेल, मोहन साउद, सम्झना अर्याल, अशोकराज खाती, देवी भट्ट, सुमन श्रेष्ठ, रमेश बहादुर सिंह, कृष्णा महरा साउद, कल्पना पौडेल, रीत रिजाल, सिताराम भट्ट, राजेन्द्र प्रसाद पन्त, ब्रीन्दा शाही, अनिता ढकाल, कमल सापकोटा, ज्योती पाण्डेय, सुनिता सुरी, सन्जय तिमल्सिना, बुद्धिलक्ष्मी लाखे श्रेष्ठ र पुनराम घिमिरेले अनुसन्धानमूलक २६ वटा कार्यपत्रहरू प्रस्तुत गरेका थिए ।

आइतबार कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. लोक बहादुर बिष्टको अध्यक्षता समापन भएको उक्त सम्मेलनको  शनिबार उद्घाटन भएको थियो ।

सम्मेलन सबैका लागि महत्त्वपूर्ण भएको स्नातकोत्तर चौथो सेमेस्टरमा अध्ययनरत रोशमा भुलले बताइन् । अङ्ग्रेजीमा प्रस्तुती गर्न आफूलाई सहज भएको उनले बताइन् । त्यस्तै सम्मेलनमा सहभागी तिर्थराज जोशीले सम्मेलन अत्यन्तै राम्रो भएको र म स्वयम शिक्षक भएर पनि आफैमा सुधार्नुपर्ने र सरकारको मात्रै मुख ताकेर नहुने बताए । सम्मेलन सोचेकोभन्दा राम्रो भएको र अगामी दिनमा पनि केएमसीसँग सहकार्य गरेर अगाडि बढ्ने काठमाडौं विश्वविद्यालयका सह–प्राध्यापक टिकाराम पौडेलले बताए । 

अन्तमा उक्त सम्मेलनका संयोजक मोहनसिंह साउदले सम्पूर्णलाई  धन्यवाद ज्ञापन गरेका छन् । सम्मेलनको सञ्चालन कैलाली बहुमुखी क्याम्पसका सह-प्राध्यापक सिताराम भट्टले गरेका थिए ।

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ । हाल उहाँ विगत ४ वर्ष देखि कामना टेलिभिजन तथा कामनाटुडे अन्लाईन पत्रीकाको अध्यक्षको रुपमा हुनुहुन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

भिरबाट खसेर घाइते भएका योगेन्द्र र  बस दुर्घटनामा मृत्यु भएकी टिकेस्वरिलाइ आर्थिक सहयोग

भिरबाट खसेर घाइते भएका योगेन्द्र र बस दुर्घटनामा मृत्यु भएकी टिकेस्वरिलाइ आर्थिक सहयोग

धनगढी। कैलालीको चुरे गाउँपालिका–२ बसन्तपुरका १० वर्षीय योगेन्द्र साउद भिरबाट खसेर गम्भीर घाइते भएका थिए। गोठालो जाने क्रममा भिरबाट...
अब स्थायी लेखा नम्बरसहितका करका सेवाहरु पालिकाबाटै पाइने

अब स्थायी लेखा नम्बरसहितका करका सेवाहरु पालिकाबाटै पाइने

काठमाडौँ- सरकारले स्थायी लेखा नम्बर (प्यान) लगायतका कर सेवा स्थानीय तहबाटै उपलब्ध गराउने व्यवस्था गरेको छ। अब सेवाग्राहीले आफ्नो न...
दार्चुलामा ४.१ रेक्टरको भूकम्प, सीमा आसपास धक्का महसुस

दार्चुलामा ४.१ रेक्टरको भूकम्प, सीमा आसपास धक्का महसुस

दार्चुला– दार्चुला र भारतीय सीमा नाका आसपास भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, ब...
देशभर मौसम सामान्य, उच्च हिमाली भेगमा हल्का वर्षा-हिमपातको सम्भावना

देशभर मौसम सामान्य, उच्च हिमाली भेगमा हल्का वर्षा-हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा कुनै महत्वपूर्ण मौसमी प्रणाली सक्रिय छैन । त्यसैले देशका अधिकांश भागमा मौ...
बझाङमा पूर्व कार्यपालिका सदस्यको भीरबाट लडेर मृत्यु

बझाङमा पूर्व कार्यपालिका सदस्यको भीरबाट लडेर मृत्यु

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकाकी पूर्व कार्यपालिका सदस्य कल्पना बोहरा (कलमती) को भीरबाट लडेर मृत्यु भएको छ । बित्थडचिर गाउँपाल...
सुदूरपश्चिममा मन्त्री र सांसदका स्वकीय सचिव नहटाउने सर्वदलीय समझदारी

सुदूरपश्चिममा मन्त्री र सांसदका स्वकीय सचिव नहटाउने सर्वदलीय समझदारी

धनगढी- सुदूरपश्चिम प्रदेशमा मन्त्री र प्रदेश सांसदका स्वकीय सचिव नहटाउने सहमति सर्वदलीय बैठकले गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाह...
आज यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

आज यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको ज...
त्रिदेशीय श्रृङ्खलाका सबै खेलमा नेपाल पराजित

त्रिदेशीय श्रृङ्खलाका सबै खेलमा नेपाल पराजित

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृङ्खलामा नेपालले सबै खेलमा हार बेहोरेको छ। अन्तिम खेलमा नेपाल यूएईसँग ४ विकेट...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज