Advertisement

राष्ट्रियसभा सदस्य निर्वाचन : सुदूरपश्चिमबाट तीन सदस्यको चयन हुँदै

Advertisement

कैलाली – राष्ट्रियसभा सदस्य निर्वाचन २०८० अन्तर्गत सुदूरपश्चिम प्रदेशबाट रिक्त हुन लागेका तीन पदमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ । 

सुदूरपश्चिम प्रदेशबाट पदावधि सकिन लागेका महिला, अपाङ्गता तथा अल्पसङ्ख्यक र अन्य समूह (खुला) गरी तीन पदका लागि निर्वाचन हुन लागेको निर्वाचन अधिकृतको कार्यालय कैलालीले जनाएको छ ।

महिला कोटाबाट निर्वाचित नेकपा (एमाले) का इन्दु कडरिया (कञ्चनपुर), अपाङ्गता तथा अल्पसङ्ख्यक कोटाबाट निर्वाचित नेकपा (माओवादी केन्द्र) का महेशकुमार महरा (डडेलधुरा) र अन्य कोटाबाट निर्वाचित सोही पार्टीका हरिराम चौधरी (कैलालीका) को पदावधि आगामी फागुनमा सकिँदैछ ।

प्रदेशसभा सदस्य, स्थानीय पालिकाका प्रमुख उपप्रमुख र अध्यक्ष उपाध्यक्ष रहेको निर्वाचनमण्डलले राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनमा मतदान गर्न पाउने राष्ट्रियसभा सदस्य निर्वाचन ऐनमा व्यवस्था छ । सुदूरपश्चिम प्रदेशसभामा ५३ सदस्य रहेकोमा बझाङ जिल्लाको प्रदेशसभामा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित पृथ्वीबहादुर सिंहको केही महिनाअघि दुर्घटनामा परेर निधन भएको थियो । 

प्रदेशका सबै नौ जिल्लामा गरी ८८ स्थानीय तह छन् । प्रदेशसभा सदस्य र पालिका तहका प्रमुख उपप्रमुखरअध्यक्ष उपाध्यक्ष गरेर यो प्रदेशमा जम्मा मतदाता दुई सय २८  छन् । प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख र अध्यक्ष उपाध्यक्षको मतभार भने फरक रहेको छ । 

प्रदेशसभामा सबैभन्दा ठूलो दल  कांग्रेसका (निधन भएका एक जनाबाहेक) १८ सदस्य छन् । माओवादी केन्द्र का ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपाका एक र स्वतन्त्र एक सदस्य छन् । 

पालिका तहका प्रमुख उपप्रमुखरअध्यक्ष उपाध्यक्षमा सबैभन्दा बढी सङ्ख्यामा कांग्रेसका छन् । दोस्रो स्थानमा एमाले र तेस्रो स्थानमा माओवादी केन्द्र छ । निर्वाचन आयोगद्वारा प्रकाशित राष्ट्रियसभा सदस्य २०८० अन्तर्गतको निर्वाचन कार्यक्रमअनुसार आइतबार निर्वाचन अधिकृतको कार्यालय कैलालीमा मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको छ । 

आज उम्मेदवारीको मनोनयन दर्ता गर्ने कार्यक्रम छ । पुस २४ मा उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ /२६ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, २६ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, २७ मा उम्मेदवारको नाम फिर्ता लिने, २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र माघ ११ गते मतदान गर्ने कार्यक्रम छ । 

निर्वाचनका लागि उम्मेदवारीको मनोनयन गर्ने दिन नजिकिएसँगै दल उम्मेदवार छनोटमा लागेका छन् । राष्ट्रियसभा सदस्यको पद रिक्त हुनुभन्दा ३५ दिनअगावै निर्वाचन गरी सदस्य चुन्नुपर्ने कानुनी व्यवस्था छ ।  रासस

प्रतिक्रिया

छुटाउनुभयो कि ?

अछाममा नाबालिकामाथि नग्न भिडियो बनाएर ४ वर्षसम्म ब्ल्याकमेल र बलात्कार, आरोपी शाहीविरुद्ध १० वर्ष कैद माग

अछाममा नाबालिकामाथि नग्न भिडियो बनाएर ४ वर्षसम्म ब्ल्याकमेल र बलात्कार, आरोपी शाहीविरुद्ध १० वर्ष कैद माग

सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान गरी एक किशोरीलाई नग्न भिडियोको डर देखाएर विगत ४ वर्षदेखि निरन्तर बलात्कार र ब्ल्याकमेल गर्दै आए...
अछाममा एमालेतर्फ आकर्षण : चौरपाटीमा रामबहादुर साउँदसहित डुङ्ग्री टोलनै एमालेमा प्रवेश

अछाममा एमालेतर्फ आकर्षण : चौरपाटीमा रामबहादुर साउँदसहित डुङ्ग्री टोलनै एमालेमा प्रवेश

अछाम- अछामको चौरपाटी गाउँपालिका-३ को एक गाउँ नै नेकपा एमालेमा प्रवेश गरेको छ। पूर्व समाजवादी गाउँ कमिटी अध्यक्ष तथा निर्वाचित वडाध...
प्रतिनिधि सभा निर्वाचन २०८२ : प्रत्यक्षतर्फ मतगणना अन्तिम चरणमा, ४ सिटको नतिजा आउन बाँकी

प्रतिनिधि सभा निर्वाचन २०८२ : प्रत्यक्षतर्फ मतगणना अन्तिम चरणमा, ४ सिटको नतिजा आउन बाँकी

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। अब केवल चार वटा निर्वाचन क्षेत्रको नतिजा ...
अछाम- २ मा एमालेका यज्ञबहादुर बोगटी विजयी, पुष्प शाहलाई ४७२ मतले पराजित

अछाम- २ मा एमालेका यज्ञबहादुर बोगटी विजयी, पुष्प शाहलाई ४७२ मतले पराजित

अछाम- अछाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।  अन्तिम सार्वजनिक परिणाम अनुसार नेक...
पराजयपछि पनि जनतामाझ दिपक : संसद नपुगे पनि सडकबाट जनताको आवाज उठाउँछु

पराजयपछि पनि जनतामाझ दिपक : संसद नपुगे पनि सडकबाट जनताको आवाज उठाउँछु

अछाम- प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका नेकपा एमालेका उम्मेदवार दिपक साउँद मतदातालाई धन्यवाद ज्ञापन गर्न चौरपाटी गाउँपालिक...
अछाम- १ मा भरत स्वाँरलाई दिपक साउँदको पहिलो बधाई, मतदाताप्रति आभार, राजनीतिक संस्कारको उदाहरण प्रस्तुत

अछाम- १ मा भरत स्वाँरलाई दिपक साउँदको पहिलो बधाई, मतदाताप्रति आभार, राजनीतिक संस्कारको उदाहरण प्रस्तुत

अछाम - अछाम- १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली काँग्रेसका भरत कुमार स्वाँरलाई नेकपा एमालेका उम्मेदवार दिपक साउँदले बधाई ...
अछाम- १ मा कांग्रेसका भरतकुमार स्वाँर विजयी, भीम रावल पराजित

अछाम- १ मा कांग्रेसका भरतकुमार स्वाँर विजयी, भीम रावल पराजित

अछाम- प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत अछाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँर विजयी भएका छन्। ...
अछाम- १ मा भीम रावल पछि, भरतकुमार स्वाँरको अग्रता

अछाम- १ मा भीम रावल पछि, भरतकुमार स्वाँरको अग्रता

अछाम क्षेत्र नम्बर १ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ। नेपाली कम्युनिष्ट पार्टीका भीम रावल...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज