धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पश्चिम सेती जलविद्युत आयोजनाको काम छिट्टै सम्पन्न गर्न निर्देशन दिएका छन् ।
प्रदेशको आर्थिक विकासका लागि गेमचेन्जर परियोजनाको रूपमा रहेको पश्चिम सेतीको निरीक्षण गर्दै उनले परियोजना निर्माण कम्पनीका महाप्रबन्धक प्रकाशचन्द्र उपाध्यायलाई काम छिटो पूरा गर्न निर्देशन दिएका हुन् । ७५० मेगावाटको पश्चिमसेती जलविद्युत आयोजनालाई भारतीय कम्पनी एनएचपीसीले निर्माण गर्नेछ ।
आयोजना अन्तर्गत राता पड, लुवाखडी सुरुङको काम गर्न माटो परीक्षणको कार्य थालिएको छ । माटो परीक्षण गर्ने कार्यको मुख्यमन्त्री शाहले उद्घाटन गरेका छन् ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३