
बाजुरा – बाजुराको एक पसलमा आगलागी भएको छ ।
जिल्लाको खप्तड छेडेदह गाउँपालिका–७ लमगाउँका भीमबहादुर रावतको खद्रा पसलमा बिजुलीको तार सर्ट भएर आज (शनिबार) बिहान आगलागी भएको हो ।
आगलागीबाट करिब ६ लाख मुल्यको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ ।
पसलभित्र रहेका चामल, लत्ताकपडा, मदिरा, खुद्रा सामान, इलेक्ट्रोनिक सामाग्री, भाडाबर्तन, रिचार्ज कार्ड, नगद लगायतका सामानहरु जलेर करिब पाँच लाख ९१ हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरी र स्थानीय सहयोगमा आगो नियन्त्रणमा लिने काम भएको थियो । क्षतिको एकिन विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।