
धनगढी – धनगढीमा भुवा प्रतियोगिता हुने भएको छ ।
बाजुरेली सेवा समाजको आयोजनामा पुष २६ गतेदेखि धनगढी रङ्गशालामा भुवा प्रतियोगिता हुने भएको हो ।
आज शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै समाजले पुस २५ गतेभीत्र टीम दर्ता गराउन आग्रह गरेको छ । भुवा पर्वका लागि १० वटा टीम सहभागी हुनसक्ने अनुमान गरिएको बाजुरेली सेवा समाजका अध्यक्ष बजिर सिह धामीले बताए ।
उनले कैलाली र कञ्चनपुरमा बसोबास गर्ने बाजुरालगायत भुवा पर्व मनाउनेहरुलाई प्रतियोगितामा सहभागिताका लागि समाजले आग्रह गरेको छ ।
प्रतियोगिता सहभागी हुने टिम दर्ता शुल्क ९ सय ९९ रुपैयाँ रहेको बताइएको छ । प्रतियोगितामा प्रथम, दृतिय,तृतिय हुने टिमलाई पुरस्कार,प्रमाण पत्र, प्रशंसा पत्र, भुवा प्रदर्शनी हुने बाजुरेली सेवा समाजले जनाएको छ ।