Advertisement

हाम्रो बारेमा

बाजुरामा घरमै खानेपानीको धारा पुगेपछि स्थानीय खुशी

समाचार
बाजुरा - बाजुराको त्रिवेणी नगरपालिका-४ देवस्थली बस्तीको घर घरमा खानेपानीको धारा निर्माण भएपछि यहाँका स्थानीय खुशी भएका छन् ।  पुस्ताैंदेखि खोलाको पानी खानुपर्ने बाध्यता थियो । तर अहिले घरघरमा खानेपानीको धारा निर्माण भएपछि त्यो बाध्यता हटेको छ, ७० वर्षिया स्थानीय काल्चे साउँदले बताए । उनले भने, “यहाँका स्थानीय महिलाहरुले पुस्तौंदेखि एक घण्टा टाढाबाट हिँडेर खोलाको पानी ल्याउँथे । अहिले एक घरमा एक धारा निर्माण भएपछि अहिले यहाँका महिला त्यो समस्याबाट मुक्त भएका छन् ।” पानी नहुँदा घर नजिकैको जमिन पनि बाँझो थियो । अहिले घरमा खानेपानीको धारा निर्माण भएपछि त्यो जमिनमा पनि तरकारी लगाउन सहज भएको साउँदले बताए । यतिबेला त्रिवेणी –४ देवस्थली टोलका झण्डै ३२ घरपरिवार समेत घरघरमा खानेपानीको धारा निर्माण भएपछि हर्षित भएका छन् ।  त्रिवेणी नगरपालिकाले विगत एक वर्षदेखि एक घर एक धारा ह...

दार्चुलाको एक विद्यालयमा आगलागी

समाचार
दार्चला - दार्चुलाको एक विद्यालयमा आगलागी भएको छ । महाकाली नगरपालिका–४ खलंगास्थित पशुपति शिक्षा मन्दिरमा आगलागी भएको हो ।  सोमबार राति विद्युतको तार सर्ट भएर कम्प्युटर कोठामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । आगलागीबाट कम्प्युटर, सिपियु, टेबल, र्‍याकहरु जलेका र क्षतिको विवरण संकलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए ।  आगलागी प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको हो ।...

प्रदेश राजधानी दिपायलमा बनाउन माग

समाचार
धनगढी - सुदूरपश्चिम प्रदेश सभा सदस्य शिवसिंह ओलीले प्रदेशको स्थायी राजधानी डोटीको दिपायलमा बनाउन माग गरेका छन् । यसअघिको प्रदेश सभाले दुई तिहाइ बहुमतले कैलालीको गोदावरीमा तय गरेको राजधानी कार्यान्वयन हुन नसकिरहेको भन्दै उनले सन्तुलित विकासका लागि सबै जिल्लाकाे पायक पर्ने स्थान दिपायलमा राजधानी बनाउन माग गरेका हुन् । सरकार नै राजधानी कार्यान्वयनमा गम्भीर नरहेको उल्लेख गर्दै उनले प्रदेश राजधानीको सवालमा सदनमा नयाँ शिराबाट कुरा अगाडि बढाउन आवश्यक रहेको बताएका छन् ।...

अत्तरिया उद्योग वाणिज्य संघमा तालाबन्दी

समाचार
धनगढी - कैलालीको अत्तरिया उद्योग वाणिज्य संघमा तालाबन्दी गरिएको छ। आज (मंगलबार) अत्तरियाका व्यवसायीले उद्योग वाणिज्य संघमा तालाबन्दी गरेका हुन्। अत्तरियामा आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवको नक्कली टिकट ठेली प्रकरणमा छानबिनको माग गर्दै व्यवसायीले संघको कार्यालयमा ताला लगाएका छन्।  माघ ७ गतेसम्म चलेको महोत्सवमा माघ ४ गते २८ वटा नक्कली टिकट ठेली फेला परेका थिए।...

एमालेले सरकारलाई बुझायो ७५१ वटा मागसहितको ज्ञापन पत्र

समाचार
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ ।  गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म गरिएको संकल्प यात्राको क्रममा स्थानीयबाट प्राप्त भएका सुझाव सम्बोधन गर्न माग गर्दै एमालेले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र बुझाउन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो । ध्यानाकर्षण पत्र बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफूहरुले ४६ वटा क्षेत्रसँग सम्बन्धित ७५१ वटा माग तथा सुझावहरु बुझाएको जानकारी दिए ।  यी सुझावहरु जनताको नासो भनेर प्रधानमन्त्रीलाई बुझाएको र त्यसलाई कार्यान्वयन गर्नु सरकारको कर्तव्य भएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले ती सुझावहरु दराजमा थन्किन नपाउने र कार्यान्वयनका निम्ति स...

कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

समाचार
कैलाली - कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  सोमबार घोडाघोडी नगरपालिका-२ साडेपानीस्थित सुदूरपश्चिम प्रदेश ०१००९ प ४६१९ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल पछाडी सवार बर्दगोरीया गाउँपालिका-५ का २१ वर्षीय कालु बिकको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।  दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक सोही ठाउँ बस्ने ४० वर्षीय प्रदिप बिकको सोही अस्पतालमा उपचार भईरहेको छ । मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ । ...

धनगढीका मेयर हमालको घरमा वैद्य माओवादीले कालो ब्यानर टास्ने

समाचार
धनगढी - मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कैलालीले धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालको घरमा माघ १० गते कालो ब्यानर टाँस्ने बताएको छ। सोमवार धनगढीमा पत्रकार सम्मेलन गर्दै उपमहानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा सम्बोधनका लागि हुलाकमार्फत अल्टीमेटम पठाउँदासमेत समाधानतर्फ ध्यान नदिएपछि वैद्य माओवादीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको हो। धनगढी उप महानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका बिषयमा पौष २१ गते नगर प्रमुखलाई सम्बोधन गरी ४८ बुँदे मागपत्र १५ दिने अल्टीमेटम सहित हुलाक मार्फत पठाइएको र उक्त मागहरु सम्वन्धमा कुनै सुनुवाई नभएकोले समस्याहरुको समाधानका लागि कुनै काम नभएको भन्दै पार्टीका १७ वटा संघर्षका कार्यक्रम पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ। पार्टीले उपलब्ध गराएको प्रेस व्यक्तव्यमा पहिलो चरणमा माघ १० गते वडा कार्य...

बाजुराको एक वडा कार्यालयमा तालाबन्दी

समाचार
बाजुरा - बाजुराको बुढीगंगा नगरपालिकाको एक वडा कार्यालयमा तालाबन्दी गरिएको छ । नगरपालिकाको ७ नम्बर वडा कार्यालयमा तालाबन्दी गरिएको हो । लामो समयदेखि वडा सचिव, पंजिकाधिकारी र प्राविधिक नहुँदा नागरिकलाई समस्या भएको भन्दै नेपाली काँग्रेस, नेकपा एमाले, माओबादी केन्द्र र एकीकृत समाजबादी गरी चार राजनीतिक दलले तालाबन्दी गरेका हुन् ।...
धनगढीका मेयर हमालको घरमा कालो ब्यानर टाँस्ने चेतावनी

धनगढीका मेयर हमालको घरमा कालो ब्यानर टाँस्ने चेतावनी

समाचार
कैलाली । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले धनगढीका नगर प्रमुख गोपाल हमालको घरमा कालो झन्डा टाँस्ने चेतावनी दिएको छ । सोमबार कैलालीको धनगढीमा क्रान्तिकारी युवा सङ्गठनले आयोजन गरिएको पत्रकार सम्मेलनमा  क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बाजुरा इन्चार्ज केशव उपाध्यायले ले यस्तो चेतावनी दिएका हुन् । कैलाली संयोजक अनमोलले जारी गरेको प्रेस विज्ञप्ति वाचन गर्दै उनले आफूहरू सङ्घर्षमा उत्रिन बाध्य भएको बताए । उक्त विज्ञप्तिमा मेयरको घरमा कालो ब्यानर टाँस्ने देखी कार्यालय समय र सम्बन्धित व्यक्तबाहेक सवारी साधन चलाएको पाइएमा कालो मोसो दल्ने सम्मको चेतावनी उल्लेख गरिएको छ ।  उपमहानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा सम्बोधनका लागि हुलाकमार्फत अल्टिमेटम पठाउँदा समेत समाधानतर्फ ध्यान नदिएपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको उपाध्यायले पत्रकार...
नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि बझाङको मष्टा गाउँपालिका छनौट

नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि बझाङको मष्टा गाउँपालिका छनौट

बझाङ, मुख्य समाचार
बझाङ : बझाङको मष्टा गाउँपालिका नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि छनौट भएको छ । बझाङको मष्टा सहित सुदूरपश्चिमका १२ पालिका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि छनौट भएका हुन् । देश भरबाट छानिएका १०४ पालिकाध्ये प्रदेशका १२ वटा पालिका छनौटमा परेका हुन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि मष्टा गाउँपालिका पनि छनौटमा परेको गाउँपालिकाका अध्यक्ष ज्ञान बहादुर बोहोराले जानकारी दिनुभयो । यस वापत पालिकाले विशेष अनुदान पाउने बताइएको छ । गाउँपालिकाले नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सम्वन्धी कार्यविधि २०८० अनुसार स्थानीयको आर्थिक विकास गर्न ७५ लाख बजेट पाउने बताइएको छ । सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रस्...
जिल्ला प्रहरी कार्यालय बझाङमा नागरिक सनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जिल्ला प्रहरी कार्यालय बझाङमा नागरिक सनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बझाङ, मुख्य समाचार
बझाङ : जिल्ला प्रहरी कार्यालय बझाङमा नागरिक सनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङको आयोजनामा नागरिक सनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । प्रमुख प्रहरी नायव उपरीक्षक एवं डिएसपी भरत बहादुर शाहको अध्यक्षतामा सञ्चालन भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिश्वामित्र कुईकेल प्रमुख आतिथी रहनुभएको थियो । विशिष्ट अतिथीमा जयपृथ्वी नगरपालिका, सुर्मा गाउँपालिका र मष्टा गाउँपालिकाका केहि जनप्रतिनिधीहरु रहनुभएको थियो । कार्यक्रममा जिल्लाको शान्ती सुरक्षा, अपराध अनुसन्धान, रोकथाम तथा नियन्त्रण, समुदाय साझेदारी कार्यक्रम, प्रहरी प्रतिको गुनासो तथा सल्लाह सुझाव लगायतका विषयमा छलफल एंवम् अन्तरक्रिया गरिएको डिएसपी भरत बहादुर शाहले जानकारी दिनुभयो । नागरिक सनुवाई कार्यक्रममा प्रहरी, जिल्लाका व्यवसायी, संघ संस्थाका प्रमुख तथा ...

अयोध्यामा प्राण-प्रतिष्ठा : धनगढीमा शोभायात्रा र दीप प्रज्वलन 

समाचार
धनगढी - सोमबार धनगढीमा शोभायात्रा र दीप प्रज्वलन गरिएको छ । आज रामको जन्मभूमि अयोध्यामा निर्माण भएको नयाँ मन्दिरमा भगवान् रामको मूर्तिको प्राण-प्रतिष्ठा गरिएको दिनका अवसरमा धनगढीमा शोभायात्रा र दीप प्रज्वलन गरिएको हो । विश्व हिन्दु परिषद् नेपाल धनगढी नगर समितीको आयोजनामा आज सोमबार अपराह्न ३ बजेर ३० मिनेमा धनगढीको ट्राफिक चौराहबाट धनगढीको एलएन चोक हुँदै पार्कमोडसम्म शोभायात्रा गरिएको हो भने साझ ५ बजे पार्कमोडमा दीप प्रज्वलन गरिएको छ । भारतको अयोध्यामा भएको उक्त नयाँ मूर्तिको प्राण प्रतिष्ठालाई धनगढीको रामजानकी मन्दिर, लक्ष्मीनारायण मन्दिर, मानवसेवा आश्रम र ब्रह्मकुमारी इश्वरिय विश्वविद्यालयबाट आज दिउँसो १२ बजेर ३० मिनेटमा ठुलो पर्दामा देखाइएको छ ।  भगवान् राम भारतमा मात्रै नभई विश्वभरिका हिन्दू सनातनीहरूका आस्थाको केन्द्रविन्दु रहेको समितिका अध्यक्ष महेन्द्रराज पन्तले बताएका छन्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज