
बाजुरा – बाजुराको बुढीगंगा नगरपालिकाको एक वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।
नगरपालिकाको ७ नम्बर वडा कार्यालयमा तालाबन्दी गरिएको हो ।
लामो समयदेखि वडा सचिव, पंजिकाधिकारी र प्राविधिक नहुँदा नागरिकलाई समस्या भएको भन्दै नेपाली काँग्रेस, नेकपा एमाले, माओबादी केन्द्र र एकीकृत समाजबादी गरी चार राजनीतिक दलले तालाबन्दी गरेका हुन् ।

