
कैलाली – कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सोमबार घोडाघोडी नगरपालिका-२ साडेपानीस्थित सुदूरपश्चिम प्रदेश ०१००९ प ४६१९ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल पछाडी सवार बर्दगोरीया गाउँपालिका-५ का २१ वर्षीय कालु बिकको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भिर घाईते भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक सोही ठाउँ बस्ने ४० वर्षीय प्रदिप बिकको सोही अस्पतालमा उपचार भईरहेको छ । मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।