Advertisement

हाम्रो बारेमा

सेती प्रादेशिक अस्पताल परिसरका होटेलबाट बासी खानेकुरा बरामद

सेती प्रादेशिक अस्पताल परिसरका होटेलबाट बासी खानेकुरा बरामद

समाचार
धनगढी: धनगढी उपमहानगरपालिकाको बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण समितिले सेती प्रादेशिक अस्पताल परिसरमा रहेका तीन होटेलबाट बासी खानेकुरा बरामद गरी नष्ट गरेको छ। सोमवार गरिएको अनुगमनमा अस्पताल परिसरमा रहेको चमेना गृहसहित थप दुई होटेलबाट बासी र अखाद्य खाना बरामद गरी नष्ट गरिएको हो। उपमहानगरपालिकाका अनुसार सेती अस्पताल परिसरमा रहेको खाना तथा नास्ता पसल, भूमिराज होटेल र डडेल्धुरा होटेलमा अखाद्य बस्तु बरामद गरेको बजार अनुगमन समितिका संयोजक टेकराज भट्टले बताए । अस्पताल परिसरको चमेना गृह अर्थात् खाना तथा नास्ता पसलबाट बिग्रिएको म:म ४०, मुसाले खाएको चाउचाउ तीन प्याकेट, बासी समोसा तीन वटा र रङ्ग प्रयोग गरेको कुखुराको मासु तीन केजी बरामद गरिएको बजार अनुगमन समितिका संयोजक भट्टले बताए। चमेना गृह अर्थात् खाना तथा नास्ता पसलमा सात दिन भित्र भान्सा र भाडा धुने ठाउँ अलग-अलग बनाउन र मा...

१३ लाख बढी मुल्य बराबरको सुनसहित ३ जना पक्राउ

समाचार
कैलाली - रसुवागढी नाकाबाट १३ लाखभन्दा बढी मूल्य बराबरका औंठीसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा रसुवाको आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ गोङ्गाङ बस्ने २९ वर्षीय सुरेश तामाङ, सोही गाउँपालिकाको वडा नम्बर ५ तातोपानी बस्ने ३७ वर्षीय निमा टासी तामाङ र गोसाईकुण्ड गाउँपालिका-३ बि्रदीम बस्ने २३ वर्षीय ङ्वाङ लोप्साङ तामाङ छन् । चीनबाट नेपाल आइरहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको सशस्त्र प्रहरीको टोली र रसुवा भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार साँझ पक्राउ गरेको थियो । उनीहरुको साथबाट एक/एक थान बेरुवा औंठी बरामद भएको प्रहरीले जनाएको छ । ती औंठीको तौल १२ तोला रहेको र मूल्य १३ लाख ८८ हजार ४०० रुपैयाँ बराबरको रहेको प्रहरीको भनाइ छ ।...

कलुवापुर–बेलौरी सडकको कालोपत्रे छिट्टै सुरु हुने

समाचार
कञ्चनपुर - परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले कलुवापुर– बेलौरी सडकखण्डको कालोपत्रे गर्ने कार्यलाई चाँडै अगाडि बढाइने बताएका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरले आयोजना गरेको कार्यक्रममा मन्तव्य राख्दै उनले चुनावका बेला सडक कालोपत्रे गर्ने प्रतिबद्धता गरेको कुरालाई नबिर्सिएको बताए । “सडकको अवस्थाबारे मलाई राम्ररी थाहा छ”, उनले भने, “अबेर जरुर भएको छ, अन्धेर हुन दिदैनौँ ।” सडकको क्षेत्राधिकार कायम गर्नेबारे नगरपालिकाले समन्वय गर्नुपर्ने उल्लेख गर्दै उनले कालोपत्रका लागि सुदूरपश्चिम प्रदेशका मुख्य सचिव, भौतिक पूर्वाधार मन्त्रालयका सचिव र निर्माण व्यवसायीलाई निर्देशन दिइसकेको बताए । सडककै लागि गुनासो सुन्नु नपरोस् ठेक्का सम्झौता बमोजिमको कार्य निर्धारित समयभित्रै पूरा गर्न गराउनका लागि निर्माण व्यवसायी र सम्बद्ध पक्षसँग कुरा गरेको उनले बताए । “सडक कालोपत्रे नहुँदा हि...

माछा मार्ने क्रममा करेन्ट लागेर एक दम्पतीको मृत्यु

समाचार
कैलाली - माछा मार्ने क्रममा करेन्ट लागेर पोखरामा एक दम्पतीको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं २९, पट्नेरीस्थित कुलोमा सोमबार दिउँसो करेन्ट लगाएर माछा मार्ने क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।  मुस्ताङ स्थायी घर भई हाल पोखरा २९ बस्दै आएका ४६ वर्षीय भीमलाल सुनार र उनकी ४६ वर्षीया श्रीमती सावित्री सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकले जानकारी दिए । दिउँसो करिब ४ बजे माछा मार्नका लागि तार बिछ्याउने क्रममा उनीहरुलाई करेन्ट लागेको थियो । पोखरा २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले जलकुम्भी कुलो भनिने उक्त कुलोमा बेलाबखत मानिसहरु माछा मार्ने गरेकोमा सोमबार अप्रिय घटना घटेको भन्दै दुःख व्यक्त गरे । अहिले मृतकका शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा राखिएको प्रहरीले जनाएको छ ।&nbs...
सेती प्रादेशिक अष्पतालमा सिकलसेलको निःशुल्क परीक्षण

सेती प्रादेशिक अष्पतालमा सिकलसेलको निःशुल्क परीक्षण

समाचार
धनगढी । सेती प्रादेशिक अस्पतालले अबदेखि सिकलसेल एनमियाको निःशुल्क प्रयोगशाला परीक्षण गरिने भएको छ । प्रादेशिक अस्पतालले सूचना जारी गर्दै सिकलसेल एनमियाको निदानका लागि गरिने प्रयोगशाला जाँच (इलेक्ट्रोफोरोसिस) निःशुल्क गर्ने जनाएको छ । प्रदेश तथा सङ्घीय सरकारले अस्पताललाई विनियोजन गर्ने बजेट घटाउँदा र अस्पतालको आम्दानीमा कमी आएपछि सिकलसेलका विरामीले शुल्क तिरेर जाँच गराउनुपर्ने अवस्था रहेको थियो । सिकलसेल एनिमियाका बिरामीले बाहिर परीक्षण गर्दा सहङ्गो शुल्क तिर्नुपर्ने बाध्यता हटाउन भन्दै अस्पतालले आन्तरिक स्रोत तथा प्रदेश र संघ सरकारबाट प्राप्त हुने बजेटबाट स्रोत जुटाएर निःशुल्क परीक्षण गराउने व्यवस्था गरेको जनाएको छ । यसअघि अस्पतालले सिकलसेल परीक्षण गराउने विरामीबाट एक हजार शुल्क लिदै आएको थियो ।...

दाङमा एउटै कोठामा दाजुभाइ मृत अवस्थामा फेला

समाचार
धनगढी - दाङको तुलसीपुरमा एकै घरका दुई दाजुभाइ मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६, गाइडहरमा कोठा भाडामा लिएर बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका भाइ ३० वर्षीय टेकबहादुर बस्नेत मृत फेला परेका हुन् । मृतक पूर्णबहादुर परिवारका साइला र टेकबहादुर कान्छा सन्तान रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी ठाकुरप्रसाद पोखरेलले बताए । उनीहरू बस्दै आएको घरमा घरधनी भने बस्ने गरेका थिएनन् । मृतक टेकबहादुरकी श्रीमती रुकुम पश्चिमस्थित माइतीमा गएकाले उनी फर्किएपछि मात्रै शव निकाल्ने प्रहरीको भनाइ छ । मंगलबार शव निकालेर परीक्षण गरेपछि घटनाका बारेमा विस्तृत विवरण आउने प्रहरी नायब उपरीक्षक पोखरेलको भनाइ छ । डीएसपी पोखरेलका अनुसार सोमबार साँझ मात्रै उनीहरू कोठामा मृत अवस्थामा फेला परेको सूचना प्रहरीलाई आएको हो । एउटै कोठाका दुई वटा...
गोदावरीमा भएको मिनी ट्रक दुर्घटनामा एक महिलाको मृत्यु, १३ घाइते

गोदावरीमा भएको मिनी ट्रक दुर्घटनामा एक महिलाको मृत्यु, १३ घाइते

समाचार
कैलालीको गोदावरीमा भएको मिनी ट्रक दुर्घटनामा एक महिलाको मृत्यु भएको खुलेको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ सोमवार साँझ तिर भएको दुर्घटनामा महिलाको मृत्यु भएको हो। प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाका अनुसार उनको परिचय खुलेको छैन। पहाडबाट धनगढी आउदै गरेको से १ ख १४३८ नम्बरको ट्रक दुर्घटनामा अन्य १३ जना घाइते भएका छन्। दुर्घटनामा परि डोटी जोरायल गाउँपालिका वडा नम्बर २ का ३४ वर्षीय ललिता सारू, पाँच वर्षीय आर्यान सारू, दुई वर्षीय आरसी सारू, ४० वर्षीय हुकुम विक, १४ वर्षीय जिवन विक, ६० वर्षीय रँग कामी, २५ भरत मल्ल, १८ वर्षीय भुवन मडै, २८ वर्षीय यादव रावल, ४० वर्षीय राम बहादुर रावत घाइते भएका छन्। उनीहरूको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको जनाइएको छ। यस्तै १२ वर्षीय विपिन विक, ३६ वर्षीय टेक बहादुर सारू, ३४ वर्षीय कल्पना विकको धनगढीस्थित माया मेट्रोमा उपचार भ...
बझाङको धमेना केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भुकम्प

बझाङको धमेना केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भुकम्प

बझाङ, समाचार
बझाङ : बझाङमा भुकम्पको धक्का महशुस गरिएको छ । आज बिहान ११ : ३७ बजे बझाङको तलकोट गाउँपालिका धमेना केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेत ले जनाएको छ । पटकपटकको भुकम्पबाट त्रसित स्थानीयहरु अहिले भुकम्पको त्रासले खुल्ला चौरमा निस्किएका छन् । बझाङ केन्द्रबिन्दु बनाएर गत असोज १६  गते ६. २ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि लगातार पराकम्प आइरहेका छन् । दर्जनौं पराकम्पनले घरहरू भत्किएका थिए भने एक वृद्धाको मृत्युसमेत भएको थियो। केहि समय अघि भूकम्पले भौतिक तथा मानवीय क्षति गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मन्त्रीहरू बझाङ पुगेका थिए। पछिल्लो समयमा पश्चिम नेपाल त्यसमा पनि सुदूरपश्चिम प्रदेश उच्च भूकम्पीय जोखिमको खतरामा छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाका अनुसार पछिल्लो ५ सय १८ वर्षदेखि नेपालको पश्चिम...
खलंगा जाँदै गरेको गाडी भेरी किनारमा खस्यो !

खलंगा जाँदै गरेको गाडी भेरी किनारमा खस्यो !

समाचार
रूकुम पश्चिममा २२ यात्रु बोकेको* गाडी दुर्घटनामा परेको छ। सोमबार बिहान चौरजहारीबाट खलङ्गा जाँदै गरेको लु १ ज २२९७ नम्बरको जिप चौरजहारी नगरपालिका-८ गोइरीजिउलास्थित मध्यपहाडी राजमार्गमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्स्पेक्टर) विष्णुप्रसाद श्रेष्ठले जिप सडकबाट डेढ सय मिटर तल भेरी नदी किनारमा खसेको जानकारी दिए। जिपमा २२ जना यात्रु सवार रहेको र ती सबै घाइते भएको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिए। तीमध्ये ७ जनाको अवस्था गम्भीर रहेको उनले बताए। घाइतेहरूको उद्धार गरी उपचारका लागि मिसन अस्पताल पुर्‍याइएको छ। जिपमा क्षमताभन्दा बढी यात्रु चढाइएकाले दुर्घटना भएको प्रहरीको आकलन छ। चालक चौरजहारीकै भीमबहादुर विक पनि घाइते छन्।  दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ...
बझाङका उदायमान कलाकार अविनाशको अर्को गित  ‘छोडी जाने’ सार्वजनिक

बझाङका उदायमान कलाकार अविनाशको अर्को गित ‘छोडी जाने’ सार्वजनिक

बझाङ, समाचार
बझाङ : विगत लामो समयदेखि मोडलिङ्ग क्षेत्रमा जम्दै गरेका बझाङका उदायमान कलाकार अबिनाश थापा काजीको गीत ‘छोडी जाने’ सार्वजनिक भएको छ। बहुचर्चित गायक प्रमोद खरेलको स्वरमा रहेको उक्त गीत कमल अधिकारीको यूट्युब च्यानलाबाट केही दिन अघि सार्वजनिक भएको हो। गीतको निद्रेशन रमेश बिजुली बिसि र छायांकन सोनु बिकले गरेका छन्। यस्तै मोडलिङ्ग थापा काजी, भावाना बान्तोला र प्रभाश सिलवालले गरेका छन्। विगत ८ वर्ष देखि निरन्तर रुपमा मोडलिङ्ग गर्दै आएका अबिनाश थापा काजीले २० वटा आधुनिक गीत र तीन वटा देउडा गीतमा अभिनय गरेका छन्। थापाको केही समय अघि मात्रै 'पागल' गित सार्वजनिक भएको थियोे । https://youtu.be/FEu2kbCxxPY?si=pCWOSDLD-MIWZp0G...
भारतलाई पराजित गर्दै अस्ट्रेलिया बन्यो छैटौं पटक विश्वविजेता

भारतलाई पराजित गर्दै अस्ट्रेलिया बन्यो छैटौं पटक विश्वविजेता

समाचार
भारतलाई घरेलु मैदानमा स्तब्ध पार्दै अस्ट्रेलियाले आइसिसी एकदिवसीय क्रिकेट विश्वकप २०२३ को उपाधि जितेको छ।  आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा १ लाख ३० हजार दर्शक सामू भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलिया च्याम्पियन बनेको हो। यससँगै अस्ट्रेलिया छैटौं पटक विश्वविजेता बन्न सफल भयो। सन् १९८७ मा पहिलो पटक उपाधि जितेको अस्ट्रेलियाले सन् १९९९, २००३ र २००७ मा उपाधि जितेर उपाधिमा ह्याट्रिक गर्ने कीर्तिमान बनाएको थियो। यस्तै अस्ट्रेलियाले २०१५ मा पाँचौ पटक उपाधि जित्ने क्रममा न्युजिल्यान्डलाई पराजित गरेको थियो।  भारतको तेस्रो पटक उपाधि जित्ने लक्ष्य भने पूरा हुन सकेन। सन् १९८३ मा पहिलो उपाधि जितेको भारत पछिल्लो पटक २०११ मा च्याम्पियन बनेको थियो।  यसपटक लिग चरण र सेमिफाइनल गरी लगातार १० खेलमा अपराजित रहदै उत्कृष्ट लयमा रहेको भारत फाइन...
एमाले सुप बाट भुकम्प प्रभावित जिल्लाको सहयोगार्थ प्रस्थान गर्‍यो युवा-विद्यार्थी टिम

एमाले सुप बाट भुकम्प प्रभावित जिल्लाको सहयोगार्थ प्रस्थान गर्‍यो युवा-विद्यार्थी टिम

समाचार
धनगढी ! नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशले भुकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणका निम्ति आफ्नो प्रदेशको प्रतिनिधित्व स्वरुप युवा-विद्यार्थीलाई पश्चिम रुकुम पठाएको छ। आज नेकपा एमालेका सचिव एवं कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट र एमाले सुदूपश्चिम उपसचिव भागिरथि बिष्टले उनीहरुलाई धनगढीबाट बिदाई गर्नु भएको हो। पश्चिम रुकुम प्रस्थान गर्नेमा अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य किशोर शाह,युवा नेता भरत शाह,अनेरास्ववियु सुदूरपश्चिमका संयोजक मनोज राई लगायतको टिम छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज