धनगढी । सेती प्रादेशिक अस्पतालले अबदेखि सिकलसेल एनमियाको निःशुल्क प्रयोगशाला परीक्षण गरिने भएको छ ।
प्रादेशिक अस्पतालले सूचना जारी गर्दै सिकलसेल एनमियाको निदानका लागि गरिने प्रयोगशाला जाँच (इलेक्ट्रोफोरोसिस) निःशुल्क गर्ने जनाएको छ ।

प्रदेश तथा सङ्घीय सरकारले अस्पताललाई विनियोजन गर्ने बजेट घटाउँदा र अस्पतालको आम्दानीमा कमी आएपछि सिकलसेलका विरामीले शुल्क तिरेर जाँच गराउनुपर्ने अवस्था रहेको थियो ।
सिकलसेल एनिमियाका बिरामीले बाहिर परीक्षण गर्दा सहङ्गो शुल्क तिर्नुपर्ने बाध्यता हटाउन भन्दै अस्पतालले आन्तरिक स्रोत तथा प्रदेश र संघ सरकारबाट प्राप्त हुने बजेटबाट स्रोत जुटाएर निःशुल्क परीक्षण गराउने व्यवस्था गरेको जनाएको छ ।
यसअघि अस्पतालले सिकलसेल परीक्षण गराउने विरामीबाट एक हजार शुल्क लिदै आएको थियो ।
