Advertisement

कलुवापुर–बेलौरी सडकको कालोपत्रे छिट्टै सुरु हुने

Advertisement

कञ्चनपुर – परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले कलुवापुर– बेलौरी सडकखण्डको कालोपत्रे गर्ने कार्यलाई चाँडै अगाडि बढाइने बताएका छन् ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरले आयोजना गरेको कार्यक्रममा मन्तव्य राख्दै उनले चुनावका बेला सडक कालोपत्रे गर्ने प्रतिबद्धता गरेको कुरालाई नबिर्सिएको बताए । “सडकको अवस्थाबारे मलाई राम्ररी थाहा छ”, उनले भने, “अबेर जरुर भएको छ, अन्धेर हुन दिदैनौँ ।”

सडकको क्षेत्राधिकार कायम गर्नेबारे नगरपालिकाले समन्वय गर्नुपर्ने उल्लेख गर्दै उनले कालोपत्रका लागि सुदूरपश्चिम प्रदेशका मुख्य सचिव, भौतिक पूर्वाधार मन्त्रालयका सचिव र निर्माण व्यवसायीलाई निर्देशन दिइसकेको बताए । सडककै लागि गुनासो सुन्नु नपरोस् ठेक्का सम्झौता बमोजिमको कार्य निर्धारित समयभित्रै पूरा गर्न गराउनका लागि निर्माण व्यवसायी र सम्बद्ध पक्षसँग कुरा गरेको उनले बताए ।

“सडक कालोपत्रे नहुँदा हिउँदमा धुलाम्मे र वर्षातका बेला हिलाम्मे हुने कुराबारे जानकार छु”, उनले भने, “चिन्ता र चासो लिएर यस कार्यलाई काठमाडौँ फर्केपछि तत्काल अगाडि बढाउन लगाउछु ।” 

नगरपालिकामा निर्माण हुँदै गरेको फोहरमैला व्यवस्थापन केन्द्रमा फोहर प्रशोधन गर्ने ठूला मेसिन राखेर व्यवस्थित गरिने उनले बताए ।

दुई/तीनवटा नगरपालिकाको फोहर व्यवस्थापन गर्ने साझा केन्द्रका रुपमा यसलाई विकास गरिनुपर्ने उनको भनाइ थियो । 

फोहरमैला व्यवस्थापन केन्द्रको प्रभावित क्षेत्रका बासिन्दाका हितलाई ध्यानमा राखेर कार्य अगाडि बढाइनुपर्नेमा उनको जोड थियो । बहुवर्षीय ठेक्का सम्झौता गरी झलारी बजार क्षेत्र भएर बग्ने सनवोरा नदीमा बलियो तटबन्ध निर्माणका लागि पहल गर्ने उनले व्यक्त गरे । विकास गर्ने कुरा जनप्रतिनिधको दायित्वभित्र पर्ने कुरा भएकाले यसबाट पछि हटन नमिल्ने उनको जिकिर थियो ।

शुक्लाफाँटा नगरपालिका–११ का वडाध्यक्ष शेरबहादुर साउदले मन्त्री साउदलाई २२ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका थिए ।

मन्त्री साउदलाई बुझाइएको ज्ञापनपत्रमा कलुवापुर–बेलौरी सडकखण्ड कालोपत्रे गर्ने, रामजानकी मन्दिरमा विवाह मण्डप निर्माणसम्मका योजना समेटिएका छन् । 

यसैगरी, कलुवापुर बजार क्षेत्रमा ढल निकास, वडा कार्यालय तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र वरिपरि पर्खाल निर्माण, प्रादेशिक आयुर्वेदिक अस्पतालको यथाशीघ्र निर्माण, सामुदायिक भूमि व्यवस्थापन स्रोत केन्द्रको कार्यालय भवन निर्माण, वडामा खेलमैदान तथा कभर्ड हल निर्माणको माग ज्ञापनत्रमा गरिएको छ । -रासस

प्रतिक्रिया

छुटाउनुभयो कि ?

च्याउ टिप्न गएका दुई महिलाको गोदावरी नदीमा बाढीले बगाउँदा मृत्यु

च्याउ टिप्न गएका दुई महिलाको गोदावरी नदीमा बाढीले बगाउँदा मृत्यु

धनगढी– कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीमा आएको बाढीले बगाउँदा दुई महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोदावरी नगरपालि...
२७ वर्षपछि पार्टीबाट अलगिए अछामका अविरल, नेपाली कम्युनिष्ट पार्टीलाई ठूलो धक्का

२७ वर्षपछि पार्टीबाट अलगिए अछामका अविरल, नेपाली कम्युनिष्ट पार्टीलाई ठूलो धक्का

अछाम- अछामको मेल्लेख गाउँपालिकाको राजनीतिक वृत्तमा तरंग पैदा हुने गरी नेपाली कम्युनिष्ट पार्टी का पुराना नेता लोकबहादुर बोहरा ‘अवि...
आगलागी पीडित परिवारलाई रु ३२ हजार बढी सहयोग हस्तान्तरण

आगलागी पीडित परिवारलाई रु ३२ हजार बढी सहयोग हस्तान्तरण

धनगढी- कैलालीको चुरे गाउँपालिका- २ देशना सलानीका लालबहादुर सार्कीको परिवारलाई आगलागीबाट भएको क्षतिपछि सङ्कलित सहयोग रकम हस्तान्तरण...
पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ को प्रमुख निर्णायकमा गायिका निरुता खत्री

पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ को प्रमुख निर्णायकमा गायिका निरुता खत्री

चुल्ठिमा रिबनको डोरी, मुन्टा लाउन्या काटा, आउँदा जादा डिठ पणन्छे साइका सुत्न्या कोठा.. यस्तै गीतबाट हजारौँ स्रोता-दर्शकको मन जित...
औषधिको समुचित प्रयोग र फार्मेसी क्षेत्रका चुनौतीबारे नेपालगञ्जमा अन्तरक्रिया

औषधिको समुचित प्रयोग र फार्मेसी क्षेत्रका चुनौतीबारे नेपालगञ्जमा अन्तरक्रिया

  नेपालगञ्ज, । औषधिको समुचित प्रयोग, गुणस्तरीय फार्मेसी सेवा प्रवाह तथा औषधि व्यवस्थापनका समसामयिक चुनौतीबारे सरोकारवालाबी...
आमाको मृत्युपछि भाइ बोकेर विद्यालय जाने बालिका कल्पनाको परिवारलाई रु ४ लाख ५० हजार सहयोग

आमाको मृत्युपछि भाइ बोकेर विद्यालय जाने बालिका कल्पनाको परिवारलाई रु ४ लाख ५० हजार सहयोग

धनगढी- अछामको रामारोसन गाउँपालिका-५ की बालिका कल्पना बुढाको परिवारलाई संकलित रु ४ लाख ५० हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। व...
चुरे गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

चुरे गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

  धनगढी, असार ८ – कैलालीको चुरे गाउँपालिका लाई आर्थिक वर्ष २०८२/०८३ का लागि पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गर...
समाजसेवा र राजनीतिपछि व्यवसायमा युवराज भण्डारी, धनगढीमा ‘होटल लक्ष्मी रेष्टुरेन्ट एण्ड लज’ सञ्चालन

समाजसेवा र राजनीतिपछि व्यवसायमा युवराज भण्डारी, धनगढीमा ‘होटल लक्ष्मी रेष्टुरेन्ट एण्ड लज’ सञ्चालन

धनगढी- बझाङका युवा समाजसेवी तथा राजनीतिक व्यक्तित्व युवराज भण्डारी व्यवसायिक क्षेत्रमा प्रवेश गरेका छन्। लामो समयदेखि समाजसेवा र र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज