Advertisement

कलुवापुर–बेलौरी सडकको कालोपत्रे छिट्टै सुरु हुने

Advertisement

कञ्चनपुर – परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले कलुवापुर– बेलौरी सडकखण्डको कालोपत्रे गर्ने कार्यलाई चाँडै अगाडि बढाइने बताएका छन् ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरले आयोजना गरेको कार्यक्रममा मन्तव्य राख्दै उनले चुनावका बेला सडक कालोपत्रे गर्ने प्रतिबद्धता गरेको कुरालाई नबिर्सिएको बताए । “सडकको अवस्थाबारे मलाई राम्ररी थाहा छ”, उनले भने, “अबेर जरुर भएको छ, अन्धेर हुन दिदैनौँ ।”

सडकको क्षेत्राधिकार कायम गर्नेबारे नगरपालिकाले समन्वय गर्नुपर्ने उल्लेख गर्दै उनले कालोपत्रका लागि सुदूरपश्चिम प्रदेशका मुख्य सचिव, भौतिक पूर्वाधार मन्त्रालयका सचिव र निर्माण व्यवसायीलाई निर्देशन दिइसकेको बताए । सडककै लागि गुनासो सुन्नु नपरोस् ठेक्का सम्झौता बमोजिमको कार्य निर्धारित समयभित्रै पूरा गर्न गराउनका लागि निर्माण व्यवसायी र सम्बद्ध पक्षसँग कुरा गरेको उनले बताए ।

“सडक कालोपत्रे नहुँदा हिउँदमा धुलाम्मे र वर्षातका बेला हिलाम्मे हुने कुराबारे जानकार छु”, उनले भने, “चिन्ता र चासो लिएर यस कार्यलाई काठमाडौँ फर्केपछि तत्काल अगाडि बढाउन लगाउछु ।” 

नगरपालिकामा निर्माण हुँदै गरेको फोहरमैला व्यवस्थापन केन्द्रमा फोहर प्रशोधन गर्ने ठूला मेसिन राखेर व्यवस्थित गरिने उनले बताए ।

दुई/तीनवटा नगरपालिकाको फोहर व्यवस्थापन गर्ने साझा केन्द्रका रुपमा यसलाई विकास गरिनुपर्ने उनको भनाइ थियो । 

फोहरमैला व्यवस्थापन केन्द्रको प्रभावित क्षेत्रका बासिन्दाका हितलाई ध्यानमा राखेर कार्य अगाडि बढाइनुपर्नेमा उनको जोड थियो । बहुवर्षीय ठेक्का सम्झौता गरी झलारी बजार क्षेत्र भएर बग्ने सनवोरा नदीमा बलियो तटबन्ध निर्माणका लागि पहल गर्ने उनले व्यक्त गरे । विकास गर्ने कुरा जनप्रतिनिधको दायित्वभित्र पर्ने कुरा भएकाले यसबाट पछि हटन नमिल्ने उनको जिकिर थियो ।

शुक्लाफाँटा नगरपालिका–११ का वडाध्यक्ष शेरबहादुर साउदले मन्त्री साउदलाई २२ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका थिए ।

मन्त्री साउदलाई बुझाइएको ज्ञापनपत्रमा कलुवापुर–बेलौरी सडकखण्ड कालोपत्रे गर्ने, रामजानकी मन्दिरमा विवाह मण्डप निर्माणसम्मका योजना समेटिएका छन् । 

यसैगरी, कलुवापुर बजार क्षेत्रमा ढल निकास, वडा कार्यालय तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र वरिपरि पर्खाल निर्माण, प्रादेशिक आयुर्वेदिक अस्पतालको यथाशीघ्र निर्माण, सामुदायिक भूमि व्यवस्थापन स्रोत केन्द्रको कार्यालय भवन निर्माण, वडामा खेलमैदान तथा कभर्ड हल निर्माणको माग ज्ञापनत्रमा गरिएको छ । -रासस

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

अछामकी इशरा र सरस्वतीका हत्या आरोपितलाई बाल सुधार गृह पठाइयो

अछामकी इशरा र सरस्वतीका हत्या आरोपितलाई बाल सुधार गृह पठाइयो

धनगढी- अछाममा दुई किशोरीको हत्यामा संलग्न दुई किशोरलाई बाल सुधार गृह पठाएको छ। ढकारी गाउँपालिका-८ पल्साताकी १४ वर्षीया इशरा खड्का ...
विश्वमै लोपोन्मुख गिद्ध डडेल्धुरामा भेटिए

विश्वमै लोपोन्मुख गिद्ध डडेल्धुरामा भेटिए

डडेल्धुरा- डडेल्धुरामा विश्वमै लोपोन्मुखको सूचीमा रहेका गिद्ध देखापरेका छन् । जिल्लाको परशुराम नगरपालिका- ६ सिमलखेतमा आज विहान ४ ...
दलितको घर भत्काएर उठिबास लगाउने पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

दलितको घर भत्काएर उठिबास लगाउने पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

जनकपुरधाम— सिरहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलिप यादवलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ । वडा...
५ लाखभन्दा बढी आप्रवासीलाई देश छोड्न ट्रम्प प्रशासनको आदेश

५ लाखभन्दा बढी आप्रवासीलाई देश छोड्न ट्रम्प प्रशासनको आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ५ लाख ३० हजारभन्दा बढी आप्रवासीहरू प्रवासीहरू प्रभावित हुनेगरी ठूलो निर्णय गरेको छ । ...
नवजीवन सहकारीद्वारा चामल बिक्रि वितरण सुरु

नवजीवन सहकारीद्वारा चामल बिक्रि वितरण सुरु

धनगढी- कैलालीमा नवजीवन सहकारी संस्था लिमिटेडले आफैंले उत्पादन गरेको चामल बिक्रि वितरण सुरु गरेको छ । सुदूरपश्चिम प्रदेशकै ठुलो सहक...
कैलालीमा विद्युतका कर्मचारी चौधरीमाथि खुकुरी प्रहार गर्ने थप २ जना पक्राउ

कैलालीमा विद्युतका कर्मचारी चौधरीमाथि खुकुरी प्रहार गर्ने थप २ जना पक्राउ

धनगढी- कैलालीमा विद्युतका कर्मचारीमाथि दिनदहाडै खुकुरी प्रहार गर्ने थप २ जना पक्राउ परेका छन्। विद्युत् प्राधिकरणको धनगढी वितरण के...
बालमैत्री स्थानीय शासन वडा घोषणामा जोड दिएका छौ: वडासदस्य जोशी

बालमैत्री स्थानीय शासन वडा घोषणामा जोड दिएका छौ: वडासदस्य जोशी

बझाङ- बझाङको जयपृथ्वी नगरपालिका–११ का वडासदस्य पदमराज जोशीले बालमैत्री स्थानीय शासन वडा घोषणाका लागि आवश्यक पर्ने सुचकहरू पूरा गर्...
आज देशका केही स्थानमा वर्षाको सम्भावना

आज देशका केही स्थानमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज