केदारस्यूँ गाउँपालिकाद्वारा प्रजिअ ठकुराठीको दादागिरी, गैरकानुनी हस्तक्षेप र ‘गिरफ्तारी शैलीको’ धम्कीविरुद्ध कडा आपत्ति, संघर्षका कार्यक्रमको चेतावनी
बझाङ - बझाङको केदारस्यूँ गाउँपालिकाले प्रमुख जिल्ला अधिकारी कैलाश बहादुर ठकुराठीले कर्मचारीमाथि दादागिरीपूर्ण व्यवहार, गैरकानुनी हस्तक्षेप र गिरफ्तारी शैलीको धम्कीदिएको भन्दै कडा आपत्ति जनाएको छ । केदारस्यूँ गाउँपालिका वडा नम्बर-४ मा कार्यरत वडा सचिव अमर भण्डारीमाथि प्रमुख जिल्ला अधिकारी ठकुराठीले दादागिरीपूर्ण व्यवहार, गैरकानुनी हस्तक्षेप र गिरफ्तारी शैलीको धम्कीदिएको भन्दै कडा आपत्ति जनाएको हो ।
आज बिहीबार संयुुक्त रुपमा गाउँपालिकामा कार्यरत कर्मचारीले विज्ञप्ति जारी गर्दै प्रजिअको उक्त कार्यप्रति आपत्ति जनाएका छन् ।
विज्ञप्तिअनुसार, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र कर्मचारी समायोजन ऐन २०७५ ले स्थानीय तहमा सेवा गठन तथा कर्मचारी समायोजनका विषयमा पूर्ण अधिकार दिएको भए पनि प्रजिअद्वारा सो अधिकारमा प्रत्यक्ष हस्तक्षेप भएको छ। जिल्ला कारागार कार्यालय बझाङमा खरिदार पदबाट समायोजन भई ...












