बझाङ- बझाङको मष्टा गाउँपालिकामा नेकपा एमालेको वडा अधिवेशन सम्पन्न भएको छ ।
मष्टा गाउँपालिका नेकपा एमाले वडा नं १ को वडा अधिवेशन बिहीबार सम्पन्न भएको हो ।
नेपाल एमाले वडा कमिटी अध्यक्ष नवराज खड्काको अध्यक्षता भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । मदन बहादुर ओखेडाको अध्यक्षतामा १३ सदस्यीय वडा कमिटी गठन गरिएको नेकपा एमाले मष्टाले जनाएको छ । वडा कमिटी उपाध्यक्षमा तुलछी देवी खड्का , सचिवमा भक्त रोकाया, उपसचिवमा सिंगविर खड्का र बिरेन्द्र खड्का रहेका छन् ।
कार्यक्रममा नेकपा एमालेका नेताकार्यकर्ता तथा पार्टी प्रति आस्थावान व्यक्तिहरूको उपस्थिति रहेको थियोे ।

