कोशी प्रदेशका हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपात हुन सक्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले देशभर कुनै ठूलो मौसमी प्रणालीको प्रभाव छैन, त्यसैले अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
दिउँसो कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बादल लाग्ने अनुमान गरिएको छ। त्यसमध्ये पनि कोशी प्रदेशका हिमाल नजिकका एक–दुई ठाउँमा हल्का पानी पर्न वा हिमपात हुने सम्भावना अधिक छ। बाँकी क्षेत्रमा मौसम सफैँ रहनेछ।
राति पनि कोशी, गण्डकी र कर्णालीका पहाडी ठाउँमा केही बादल देखिए पनि अधिकांश भागमा मौसम खुला रहने मौसम महाशाखाले जनाएको छ।
आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस थियो ।

